पूर्वाधार निर्माणपछि ५ वर्षसम्म व्यवसायी जिम्मेवार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

जीवन बस्नेत, काठमाडौं   |   जेठ १९, २०७४

व्यवसायीलाई जिम्मेवार बनाउने तथा सार्वजनिक निर्माणलाई प्रभावकारी बनाउन कानुन बनाइँदै

सरकारले ठूला पूर्वाधार आयोजनामा निर्माण सम्पन्न भएको ५ वर्षसम्म निर्माण कार्यको जिम्मा निर्माण व्यवसायीले लिनुपर्ने गरी कानुनी व्यवस्था गर्ने भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय बैठकबाट यससम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । ‘प्रस्तावलाई मन्त्रिपरिषद् हुँदै कानुनी रूपमै संशोधन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइसकिएको छ,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने ।

सडक, सञ्चार, ऊर्जा, सिँचाइलगायतका पूर्वाधारमा पर्याप्त लगानी भइरहेको र यसरी निर्माण भएका पूर्वाधारको गुणस्तरीयता र दिगोपना कायम राख्न निर्माण व्यवसायी जिम्मेवार हुनुपर्ने आवश्यकता देखिएको मन्त्रालयले पारित गरेको प्रस्तावमा उल्लेख छ । निर्माण सम्पन्न गरेको ५ वर्षसम्म बिग्रिएमा, भत्किएमा, क्षति भएमा त्यो सबैको जिम्मेवार निर्माण व्यवसायी हुनेछ । जसलाई ‘डिफेक्ट लाएबिलिटी पिरियड’ पनि भनिन्छ ।

सार्वजनिक निर्माणलाई प्रभावकारी र दिगो बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीलगायतका कानुनी व्यवस्था भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको मन्त्रालयको भनाइ छ । ‘गुणस्तरीय र समयमै काम सम्पन्न गर्न यस्तो व्यवस्थाले सहयोग पुग्नेछ,’ मन्त्री लेखकले भने ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रमेश लेखकले आफ्नो १० महिने कार्यकालमा भएको उपलब्धिबारे जानकारी गराए । काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु हुने अवस्थामा पुग्नुलाई उनले ठूलो उपलब्धि भएको बताए । ‘यस आयोजनाले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा मात्र दुई क्षेत्रलाई नजिक पुर्याउने नभई मनोवैज्ञानिक रूपमा पनि देशलाई एकढिक्का बनाउन भूमिका खेल्नेछ,’ उनले भने ।

त्यस्तै, हुलाकी राजमार्गमा ८ सय किलोमिटर सडक निर्माण चरणमा पुगेकामा पनि सन्तुष्टि व्यक्त गरे । केही वर्षदेखि प्रगति न्यून रहेको आयोजनामा अहिले दु्रत गतिमा काम सुरु भएको छ,’ मन्त्री लेखकले भने । मध्यपहाडी राजमार्ग, भारत र चीन जोड्ने व्यापारिक मार्गलाई पनि आफ्नो कार्यकालमा उच्च प्राथमिकता पाएको बताए ।

नेपालमा सुरुङ मार्ग निर्माणले प्राथमिकता पाउनुपर्ने भए पनि अहिलेसम्म ओझेलमा रहेको र भर्खर नागढुंगाबाट सुरुङ निर्माण प्रक्रिया सुरु भएको जानकारी दिए । त्यस्तै, संरचनागत रूपमा सडक विभागमा सुरुङसम्बन्धी शाखा खोल्ने कामलाई पनि उनले उल्लेख गरे । पूर्वपश्चिम राजमार्गलाई ४ लेन बनाउने कामको थालनीस्वरूप अहिले नारायणघाट–बुटवल खण्ड र भैरहवा–लुम्बिनी खण्डमा काम भइरहेको जानकारी दिए । ‘यस खण्डमा अझै विस्तार गर्न दातृनिकायस“ग छलफल भइरहेको छ,’ मन्त्री लेखकले भने । गुणस्तरीय काम नहुने र समयमा सम्पन्न नहुने भौतिक पूर्वाधार आयोजना निर्माणको सबैभन्दा ठूलो चुनौती रहको उनको भनाइ छ ।