वैकल्पिक आन्तरिक विमानस्थल काभ्रेको ठुलीचौरमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अच्युत पुरी, काठमाडौं   |   जेठ १३, २०७४

ठूला विमानस्थल निर्माण आयोजनाको काम झन्–झन् अन्योलमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रस्तावित नयाँ आन्तरिक विमानस्थल आयोजना अगाडि बढाउने तयारी गरेको छ । प्राधिकरणले काभ्रेको ठूलीचौरमा आन्तरिक विमानस्थल बनाएर त्रिभुवन विमानस्थलको ट्राफिक चाप घटाउने लक्ष्य लिएको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको चाप घटाउने दीर्घकालीन उपायका रूपमा हेरिएका मुलुक अन्य राष्ट्रिय गौरवका विमानस्थल आयोजनाको काम भने ठप्पप्रायः रहेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ (दोस्रो) अन्तर्राष्ट्रिय विमानस्थलको काममा उल्लेखनीय प्रगति देखिएको छैन ।

कहाँ पुग्यो प्रक्रिया ?
प्राधिकरणले सन् २०१२ मै काभ्रेको ठूलीचौरमा आन्तरिक विमानस्थल बनाएर त्रिभुवन विमानस्थलबाट हुने उडान–अवतरण सार्ने गरी प्रारम्भिक अध्ययन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस ०७२ मा सार्वजनिक गरेको दुईवर्षे कार्ययोजना सार्वजनिक गर्दै ठूलीचौरमा आन्तरिक विमानस्थल निर्माणलाई गति दिने बताएको थियो । मन्त्रालयको घोषणाबमोजिम काम भएको भए असार ०७३ सम्म यस आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भई निर्माण सुरु भइसक्ने थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीका अनुसार निकट भविष्यमा डिपिआर बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरिरहेको छ ।

किन चाहियो वैकल्पिक आन्तरिक विमानस्थल
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा आयोजित बैठकमा सचिव अधिकारीले त्रिभुवन विमानस्थलको क्षमता विस्तारमा समय लम्बिने भएपछि वैकल्पिक विमानस्थल आयोजना अगाडि बढाउन लागिएको जानकारी दिए । विस्तृत आयोजना प्रतिवेदन प्राप्त भएपछि लागत, समय र क्षमता निश्चित हुने उनको भनाइ छ । एकातर्फ त्रिभुवन विमानस्थल क्षमता विस्तार आयोजना अगाडि बढाउन नसकेको प्राधिकरण अर्कोतर्फ निर्माणाधीन ठूला विमानस्थल आयोजनाको काममा गति दिनसमेत चुकिरहेको छ ।

प्राधिकरणको लक्ष्यबमोजिम काम भएको भए चैत ०७३ सम्म त्रिभुवन विमानस्थलको क्षमता वृद्धि भइसक्ने थियो भने पुस ०७४ सम्म भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुपर्नेछ । जसले गर्दा अन्य वैकल्पिक विमानस्थल निर्माणका नाममा तत्काल लगानी गर्नुपर्ने आवश्यकता हुँदैनथ्यो ।

यसकारण ठूला आयोजना ठप्प
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको ठेकेदार कम्पनीले समयमा काम नगरेपछि प्राधिकरण अहिले नयाँ प्रक्रियामा छ । अर्कोतर्फ भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पनि उस्तै समस्या दोहोरिन सक्ने खतरा बढेको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिए । उनका अनुसार उक्त आयोजनाको ठेकेदार र स्थानीय निर्माण कम्पनीबीचको विवादले काम प्रभावित भएको छ । समयमा समस्या नसुल्झे ठेकेदार कम्पनीसँगको सम्झौता रद्दसमेत गर्नुपर्ने सोचमा प्राधिकरण पुगिसकेको उनले बताए ।

टिआइएको ट्राफिक चाप घटाउन भएका प्रयास
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार यात्रु र जहाजको भीड बढेपछि त्रिभुवन विमानस्थलको व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ । त्यसक्रममा स्लट (उडान–अवतरणको समय) व्यवस्थापन गरी चाप घटाउनुबाहेक विमानस्थल व्यवस्थापनसँग अर्को विकल्प छैन । अन्तर्राष्ट्रिय उडानबाट आउने ठूला जहाजलाई बिहान र साँझ सार्ने, रात्रिकालीन उडान सुविधा भएका आन्तरिक विमानस्थलमा रातमा उडान गरेर भए पनि व्यवस्थापनको प्रयास भइरहेको उनले जानकारी दिए ।