‘निरपेक्ष आत्मनिर्भर अर्थतन्त्र असम्भव’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   जेठ १३, २०७४

कुनै पनि मुलुक आत्मनिर्भर भए पनि त्यो निरपेक्ष हुन नसक्ने तर्क

पूर्वअर्थमन्त्री तथा अर्थशास्त्रीहरूले निरपेक्ष रूपमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताएका छन् । कुनै पनि मुलुक आत्मनिर्भर भए पनि त्यो निरपेक्ष हुन नसक्ने उनीहरूको तर्क छ ।

‘संसारका कुनै पनि मुलुक निरपेक्ष रूपमा आत्मनिर्भर हुन सक्दैनन्,’ पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने, ‘अहिलेको संसारमा अर्थ व्यवस्था एकअर्कामा गाँसिएर चलेको हुन्छ, कुनै पनि मुलुक एक्लै रहन सक्दैन ।’ महतले आर्थिक उदारीकरणको सुरुवातसँगै आत्मनिर्भरतामा थप सहयोग पुगेको बताए । ‘उदारीकरणले आत्मनिर्भरतामा धक्का पुगेको होइन, यसले धेरै अवस्थामा हामीलाई फाइदा पुर्याएको छ,’ महतले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पनि कुनै पनि मुलुकको अर्थ व्यवस्था एक्लै चल्न नसक्ने बताए । ‘अहिलेको समयमा अर्थतन्त्रका धेरै कुरा एकअर्कामा गाँसिएका छन्,’ उनले भने, ‘अब निरपेक्ष रूपमा आत्मनिर्भरता होइन, हुन सक्ने कुरामा आत्मनिर्भर र बाँकी कुरामा अन्तरनिर्भरता बढाउनुपर्छ ।’

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

सबै उत्पादन प्रतिस्पर्धी हुन सक्दैनन्
कार्यक्रममा पूर्वअर्थमन्त्री एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले राजनीतिज्ञले एसियाली विकास बैंक र विश्व बैंकका एजेन्डा बोकेर हिँड्दा समस्या भएको बताए । ‘अर्काको एजेन्डा बोकेर हिँड्दा समस्या भयो,’ उनले भने, ‘जसले बोकेका थिए, उनीहरू नै गलत रहेछ भन्नेमा पुगेका छन्, यो राम्रो कुरा हो ।’

नेपालमा कमजोर संरचना भएका कारण विकासमा पछि परेको भन्दै संरचनात्मक कमजोरीले व्यावसायिक लागत बढाएको बताए । ‘हामी सबै उत्पादनमा विश्वसँग प्रतिस्पर्धी क्षमतामा पुग्दैनौँ,’ उनले भने, ‘कृषिलगायतका उत्पादनमा हामीले गर्न सक्ने काम गर्यौँ भने राम्रो हुन सक्छ ।’