रुपन्देहीमा बालविवाह बढ्दो आमाबुबाविरुद्धसमेत उजुरी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, बुटवल   |   जेठ ११, २०७४

रुपन्देहीमा बालविवाहविरुद्ध चेतनामूलक कार्यक्रम निरन्तर भइरहे पनि बालविवाह गर्ने क्रम भने रोकिएको छैन । बालविवाहविरुद्धको अभियान सञ्चालन गर्ने संस्थाहरू ग्रामीण स्तरसम्म पुग्न नसक्दा कलिला बालबालिका विवाहबन्धनमा बाँधिनुपरेको हो । बालविवाह रोक्न प्रहरीले सक्रियता बढाएपछि प्रहरी कार्यालयमा पीडित बालिकाहरू नै उजुरी दिन आउन थालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यही साता मात्रै बालविवाहविरुद्ध दुईवटा मुद्दा दर्ता भएका छन् । एउटा उजुरी त बालिकाले आफ्नै बाबुआमा, दाजु र केटा पक्षविरुद्ध दिएकी छिन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ (साबिक छिपागढ–७) बस्ने १४ वर्षीया बालिकाले जबरजस्ती विवाह गरिदिएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । कक्षा ९ मा अध्ययनरत ती बालिकाले बुबा, आमा र दाइले जबरजस्ती विवाह गरिदिएको प्रहरीलाई बताएकी छिन् ।

परिवारले इच्छाविपरीत भारत महाराजगन्ज थाना सुनौलीग्राम रोला सामकार बस्ने २० वर्षीय युवकसँग विवाह गराइदिएको उनको आरोप छ । उनीहरूलाई कारबाही गर्न बालिकाले माग गरेकी छिन् । ‘बालविवाह गराइदिने बुबा–आमा, दाइ र श्रीमान्समेतलाई पक्राउ गरी कारबाही गरी पाऊ“ भनी पीडित बालिकाले उजुरी दिएकी छिन्,’ प्रनाउ पाण्डेले भने । जबरजस्ती विवाहपछि भारत पु¥याइएकी बालिका भारतबाट भागेर फुपूको सहयोगमा प्रहरीमा जाहेरी दिएकी थिइन् । बालिकाकी आमा रुमछली मल्लाह र दाजु सञ्जयकुमार मल्लाहलाई प्रहरीले सोमबार पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान बढाएको प्रनाउ पाण्डेले बताए । बालविवाह गर्न र गराउन भूमिका खेलेका बाबु, विवाह गर्ने केटा र केटाका बाबुआमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पन्जाब पुर्‍याएर बालविवाह
यता, रुपन्देही समईमाई गाउँपालिका–१ की १२ वर्षीया बालिकालाई ललाइफकाई भारतको पन्जाब लगी विवाह गरिदिएको उजुरीसमेत प्रहरीमा आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोही गाउँ बस्ने पुजारी भन्ने श्यामनारायण मिश्र, निजको छोरा लब मिश्रले बालिकाको बाबुआमालाई जानकारी नै नगराई भारत पन्जाबमा पु¥याएका थिए । उनीहरूले पन्जाब पु¥याएपछि समईमाई गाउँपालिकाकै सुग्रिम कहारको छोरा छोटे भन्ने पवनकुमार कहारसँग विवाह गराइदिएका थिए । बालिकाका बाबुले छोरीको जबरजस्ती विवाह भएको भन्दै उनीहरूलाई कारबाहीको जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । बालिका विवाह गर्ने छोटे भन्ने पवनकुमार कहार, उनका बाबु सुग्रिम कहारलगायत दुईजनालाई गत सोमबार पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताए । अपराधमा संलग्न फरार श्यामनारायण मिश्र र निजको छोरा लब मिश्रको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यौनसम्पर्क गर्न दबाब दिएपछि भागेँ’
बालिकाले प्रहरीमा दिएको बयानअनुसार विवाह गरी भारत लगेपछि श्रीमान्ले यौनसम्पर्क गर्न दबाब दिन थाले । यौनसम्पर्कका लागि दैनिक दबाब बढेपछि विवाहको चार दिनपछि भागेको उनको भनाइ छ ।  यता, माइती पक्षले घर नआउन र घरमा बस्न सक्ने अवस्था नै नभएपछि उनी भागेर फूपूको सम्पर्कमा पुगेकी थिइन् । ‘भागेर आएपछि बालिकाका दाजुले प्रहरीमा उजुरी दिए मारिदिन्छु भनी धम्कीसमेत दिएको रहेछ,’ प्रनाउ पाण्डेले भने । तर, प्रहरीमा उजुरीपछि आमा र दाजु पक्राउ परिसकेका छन् । उनका बुबा रोजगारीको सिलसिलामा विदेश गएका छन् । आमा र दाजु पक्राउ परेका छन् ।