प्रतिबन्धित भारुको कारोबार बढ्याे - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   जेठ ०८, २०७४

नेपालमा रहेका पाँच सय र एक हजार दरका पुराना भारु सटही प्रक्रिया लम्बिँदै जाँदा अवैध कारोबार बढेको छ । प्रहरीले एक सातामा उपत्यकामा करिब साढे दुई करोड प्रतिबन्धित भारु बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले शनिबार २९ लाख २८ हजार अवैध भारुसहित गुल्मीका कृष्ण श्रेष्ठलाई पक्राउ गरेको छ । उनको साथबाट २९ लाख ५९ हजार भारु बरामद भएको महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए । उनका अनुसार ती नोटहरू सस्तोमा सटही गरेर जम्मा गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

भारतबाट समेत भित्रिँदै

भारतबाट समेत नेपालमा पुराना भारतीय नोट नेपालमा भित्रन थालेको छ । प्रहरीले गत मंगलबार दुई करोड १६ लाख प्रतिबन्धित भारुसहित १५ जनालाई पक्राउ गरेको थियो । भारतमा पुराना नोट साट्ने अवधि सकिएको, तर नेपालमा अझै निर्णय नभएकाले नेपालमार्फत साट्न उक्त भारु नेपाल ल्याइएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाली र भारतीय नागरिक संलग्न गिरोहलाई पक्राउ गरेको हो । उक्त प्रतिबन्धित नोटहरू नेपालका बैंकहरूमार्फत साट्ने भन्दै एक समूहले भारतबाट भिœयाएको सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीले बताइन् । पक्राउ पर्नेमा भारतीय नागरिक दिनेश अग्रवाल र अंकुर अग्रवाल छन् ।

नेपालतर्फ भने सञ्जयकुमार चौधरी र नवराज गुरुङ मुख्य नाइके हुन् । गुरुङले आफ्नो विभिन्न ठाउँमा चिनजान रहेको भन्दै प्रतिबन्धित भारु संकलन गरेका थिए । प्रहरीले इटहरीकी कमला भण्डारी, विराटनगरका दिलीपकुमार लाल, मेघबहादुर थापा, काठमाडौं भीमसेनस्थानका सानुराजा रञ्जित, नागार्जुनका राजकुमारी गिरी, सुन्धाराका अनीलकुमार पन्साली, पर्साका सुरेन्द्रकुमार संघाई, अछामका पृथ्वी शाह, बौद्धका मजेन लामा, बौद्धका अमिरुद्दिन र नवलपरासीका पूर्णबासी गुप्तालाई प्रहरीले पक्राउ गरी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

त्यस्तै, गौरीघाटस्थित कमला भण्डारीको डेराबाट प्रहरीले ९८ हजार भारु बरामद गरेको थियो । देवर नाता पर्ने व्यक्तिले पैसा आउने लोभ देखाएर उक्त भारु उनको डेरामा राखेको अनुसन्धानमा खुलेको छ । बरामद भारु भारतीय नागरिक दिनेश अग्रवालको समूहको हो । यसैगरी, तिलगंगाबाट एक करोड १८ लाख ६१ हजार भारु बरामद भएको थियो । तिलगंगामा लु२च १९० नम्बरको कारबाट उक्त भारु बरामद भएको हो । उक्त भारु सञ्जय चौधरी र नवराज गुरुङको समूहले काठमाडौं ल्याएको हो । पक्राउ परेका अभियुक्तहरूका तीनवटा कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सटही गर्दा भारु सयको २५ देखि ६० प्रतिशतसम्म दिने ‘उनीहरूले प्रतिबन्धित भारु संकलन गर्दा एक सयको २५ देखि ६० प्रतिशत दिने गरेको देखिन्छ,’ एसपी चौधरीले भनिन्, ‘नेपालमा रहेका पुराना भारुका नोट साट्न बाँकी रहेकाले नेपालबाट साटेर उनीहरूले पैसा कमाउन खोजेको देखिन्छ ।’ धेरै नाफा कमाउने उद्देश्यले उनीहरू भारतमा स्रोत नखुलेर सटही हुन नसकेका नोटहरू नेपाल भिœयाएको प्रहरी अधिकारीहरू बताउँछन् ।

के हुँदै छ नोट सटही ?

नेपालमा रहेका पुराना भारतीय नोट सटहीका बारेमा अहिलेसम्म टुंगो लागेको छैन । भारतीय पक्षसँग नेपाल राष्ट्र बैंकका अधिकारीहरूले पटकपटक छलफल गरे पनि टुंगो लागेको छैन । भारतले प्रतिव्यक्ति ४५ सय भारु साट्न सक्ने प्रस्ताव राखेको थियो । सोहीअनुसार आफूहरूले भारतीय रिजर्ब बैंकलाई पत्राचार गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । राष्ट्र बैंकले पत्राचार गरेको करिब तीन साता बिते पनि आइआरबीले जवाफ दिएको छैन । जसका कारण पुराना नोट सटही अन्योलमा परेको हो । सुरुमा नेपालले प्रतिव्यक्ति २५ हजार साट्नुपर्ने प्रस्ताव राखेको थियो । तर, भारतीय पक्षले नमानेपछि भारतकै प्रस्तावमा नेपालका अधिकारीहरू सहमत भएका थिए । तैपनि भारतीय पक्षले निर्णय भने गरिसकेको छैन ।

कालो धन नियन्त्रण गर्न गत ८ अप्रिलदेखि भारतमा एक हजार र ५ सय दरका पुराना नोट निषेध गरिएको छ । डिसेम्बर ३१ देखि मार्च ३१ सम्म पुराना नोट साट्न समय दिइएको थियो । खुला सीमानाका कारण नेपालमा पनि ठूलो संख्यामा ५ सय र एक हजार दरका नोट रहेको अनुमान गरिएको छ । भारतबाट समेत भित्रिएकाबारे आफूहरूलाई जानकारी नभएको राष्ट्र बैंकका प्रवक्ता पौडेल बताउँछन् ।