आगामी पाँच वर्ष “उत्पादन वर्ष” - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौं   |   जेठ ०७, २०७४

आँखाको लेन्स, गार्मेन्ट, गलैँचा, विद्युतीय सवारी र कृषि उत्पादनको वर्ष घोषणा गरिँदै

सरकारले आगामी पाँच आर्थिक वर्षलाई ‘उत्पादन वर्ष’का रूपमा मनाउने भएको छ । यसका लागि उद्योग मन्त्रालयले प्रत्येक वर्षलाई भिन्नाभिन्नै वस्तु उत्पादनको वर्ष घोषणा गर्ने तयारी थालेको हो ।

सम्भावना भएका क्षेत्र तथा वस्तुको प्रवद्र्धन तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी पाँच आर्थिक वर्षलाई ‘उत्पादन वर्ष’का रूपमा मनाउने कार्यक्रम बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए ।

उद्योग मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष ०७४-७५ लाई आँखाको लेन्स उत्पादनको वर्ष घोषणा गरिनेछ । उक्त वर्षभर लेन्स उत्पादन तथा निर्यातमा सरकारले विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछ । त्यस्तै, आव ०७-७६ लाई छाला तथा गार्मेन्ट, आव ०७६-७७ लाई विद्युतीय सवारी, आव ०७७-७८ लाई कृषि तथा वन्यजन्तु उत्पादन तथा बजारीकरण र आव ०७८-७९ लाई खानी तथा खनिज वर्ष घोषणा गरिने उनले बताए ।

‘उद्योग क्षेत्रको विकास र प्रवद्र्धनका लागि पर्यटन र जलविद्युत्का साथै पाँचवटा प्राथमिकता निर्धारण गरिएको हो,’ उनले भने, ‘अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिनेछ ।’

उत्पादन प्रवद्र्धनका लागि कार्यक्रम
प्रत्येक वर्ष तोकिएको वस्तुको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउने मन्त्रालयले जनाएको छ । ‘सम्बन्धित वस्तु उत्पादन तथा प्रवद्र्धनको वर्ष मनाइरहँदा त्यस्ता वस्तुको उत्पादन वृद्धि, बजारीकरण र निर्यातमा समेत सहयोग गरिनेछ,’ उनले भने, ‘यसका लागि नीतिगत सुधार तथा सहजीकरणको काम उद्योग मन्त्रालयले गर्नेछ ।’ मन्त्रालयले सम्बन्धित वस्तुको उत्पादन वृद्धि तथा प्रवद्र्धनका लागि पूर्वाधार पहुँच निर्माणमा समेत सहयोग गर्ने जनाएको छ । यसका लागि विशेष औद्योगिक क्षेत्र स्थापना, सडक तथा विद्युत्को पहुँच वृद्धिलगायतमा सहयोग गर्ने उनले बताए ।

निजी क्षेत्र उत्साहित
सरकारको उत्पादन वर्ष मनाउने तयारीबाट निजी क्षेत्र उत्साहित भएको छ । निजी क्षेत्रका विभिन्न वस्तुगत संघले यसअघि गलैँचा, गार्मेन्ट, पश्मिना, चियालगायत वस्तुको प्रवद्र्धनका लागि उत्पादन तथा निर्यात वर्ष घोषणा गर्नुपर्ने माग गर्दै आएका थिए । तय गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने नेपाल तयारी पोसाक उत्पादक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । ‘गार्मेन्ट वर्ष मनाउने कार्यक्रम बनाएकोमा हामी उत्साहित छौँ,’ उनले भने, ‘अब विशेष कार्यक्रम बनाएर यसको उत्पादन तथा निर्यात प्रवद्र्धनमा सबै जुट्नुपर्छ ।’

प्रत्येक वर्ष उद्यमी सम्मान
सरकारले प्रत्येक वर्ष उद्यमीलाई सम्मान गर्ने भएको छ । ७५ वटै जिल्लाबाट प्रत्येक जिल्लाका एक–एकजना पर्ने गरी उत्कृष्ट महिला उद्यमी छान्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए । ‘यसै महिनाको अन्त्यसम्ममा एक समारोह आयोजना गरी पुरस्कार वितरण तथा सम्मान गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने, ‘यसलाई क्यालेन्डर बनाएर वार्षिक रूपमै गरिनेछ ।’ यस्ता कार्यक्रमले उत्पादन वृद्धिमा विशेष योगदान पुग्ने मन्त्रालयले विश्वास लिएको उनले बताए ।