भैरहवा विमानस्थलको मुआब्जामा २३ अर्ब लाग्ने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दीपेश पछाई, भैरहवा   |   जेठ ०७, २०७४

विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा आगामी आर्थिक वर्षभित्र वितरण गरिसक्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको थप जग्गाको मुआब्जामा २३ अर्ब रुपैयाँ लाग्ने भएको छ । आगामी आर्थिक वर्षभित्रै मुआब्जा वितरण गरिसक्ने योजना रहेकोमा चालू आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

विमानस्थल निर्माण परियोजनाले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेलगत्तै स्थानीयले उचित मुआब्जाको माग गर्दै आएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको संयोजकत्वमा गठित मुआब्जा निर्धारण समितिको बिहीबारको बैठकले मुआब्जा निर्धारण गरेको हो । समितिमा जिल्ला मालपोत अधिकृत, स्थानीय विकास अधिकारी र विमानस्थल निर्माण परियोजनाका प्रमुख सदस्य छन् ।

यस्तो छ मुआब्जा मूल्यांकन
मुआब्जा निर्धारण समितिले सडकले छोएको जग्गाको मूल्य प्रतिधुर एक लाख ३२ हजारदेखि अधिकतम चार लाख ५९ हजार रुपैयाँसम्म तोकेको छ । त्यस्तै सडकसँग नजोडिएको जग्गाको मूल्य प्रतिकट्ठा न्यूनतम १२ देखि २४ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । पक्की घरको तीन हजार रुपैयाँ प्रतिस्क्वायर फुट कायम गरिएको छ भने कच्ची घरको सात सय ६० रुपैयाँ प्रतिस्क्वायर फुट कायम गरिएको छ । त्यसैगरी घरवरपर रहेका फलफूलका बिरुवा चार फिटभन्दा कमको प्रतिबिरुवा १५ हजार रुपैयाँ र सोभन्दा माथिको भए १८ हजार रुपैयाँ प्रतिबिरुवा भुक्तानी गरिने भएको छ ।

स्थानान्तरणका लागि खर्च
स्थायी रूपमा बसोवास गरिरहेको स्थानबाट अर्को स्थानमा घर सार्न ५ लाख रुपैयाँ प्रतिपरिवार स्थानान्तरण खर्च दिइने भएको छ । विमानस्थलकै कारण पटक–पटक घर सार्नुपरेका परिवारका लागि थप २ लाख रुपैयाँ दिने निर्णय भएको परियोजना प्रमुख ओम शर्माले बताए । माछा पोखरी सार्न प्रतिकट्ठा १० हजार रुपैयाँ, किराना पसल सार्न १८ हजार रुपैयाँ, पेट्रोलपम्प सार्न ५ लाख रुपैयाँ, राइसमिल स्थानान्तरण गर्न ३ लाख रुपैयाँ दिने निर्णय भएको छ । त्यसैगरी, ज्यालादारी गरी घर खर्च चलाएका परिवारलाई ४० हजार रुपैयाँ घर सार्न दिइने भएको छ ।

चरणबद्ध अधिग्रहण
सरकारले विमानस्थल स्तरोन्नतिका लागि गुरुयोजना बनाएर चरणबद्ध रूपमा जग्गा अधिग्रहण गर्दै आएको छ । छैटौँपटक सबैभन्दा धेरै पाँच सय चार बिघा जग्गा अधिग्रहण गरिएको छ । यससँगै विमानस्थलको क्षेत्रफल सात सय १५ बिघा पुगेको छ । विमानस्थल सुरुमा दुई सय ८७ बिगाहामा रहेको थियो । दोस्रो चरणमा एक सय ४० र तेस्रो चरणमा दुई सय ८८ बिघा जग्गा अधिग्रहण गरिएको छ भने ७० बिघा पर्ती जग्गा अधिग्रहण गरिएको परियोजना प्रमुख ओम शर्माले बताए ।