पाँच क्विन्टल चाँदी बरामद : राजस्व कार्यालयले बुझ्न मानेन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विदुर पौडेल, सिन्धुली   |   जेठ ०६, २०७४

सिन्धुली प्रहरीले ठूलो परिमाणमा चाँदी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बिहीबार राति चेकजाँचको क्रममा पाँच क्विन्टल चाँदी फेला पारेको हो । बिपी राजमार्ग हुँदै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बा.१६प ६४७ नम्बरको स्कार्पियो जिपमा सो परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

जनकपुर उपमहानगरपालिका बस्ने अमित गुप्ताले चलाएर ल्याएको जिपमा खानतलासी गर्दा पाँच क्विन्टल चाँदी फेला परेपछि शंका लागेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक उमाशंकर पंजियारले बताए । ‘यदि वैधानिक थियो भने यति ठूलो परिमाणको चाँदी ल्याउँदा हेलिकोप्टर प्रयोग गरिन्थ्यो या सडकमार्गबाट ल्याउँदा सुरक्षाविना ल्याइँदैन थियो,’ पंजियारले भने, ‘एक त यति ठूलो परिमाणको बहुमूल्य धातु, त्यसमा पनि रातको समयमा काभ्रे–सिन्धुली हुँदै जनकपुर लैजान लाग्नुले पनि आशंका पैदा भएको हो ।’

प्रहरीले नियन्त्रण लिएर अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय महोत्तरीलाई बिहीबार राति नै बुझाउन लगे पनि कार्यालयले बुझ्न नमानेको प्रहरी उपरीक्षक पंजियारले बताए । आन्तरिक राजस्व कार्यालय बर्दिबासले चाँदी बुझ्न नमानेपछि प्रहरीले आन्तरिक राजस्व कार्यालय बारा पथलैया लगेको छ । तर, आन्तरिक राजस्व कार्यालय पथलैयाले पनि बुझ्न आनाकानी गरेको छ ।

कार्यालयले बुझ्न नमानेपछि चाँदीको सुरक्षासहित सिन्धुलीबाट गएको सुरक्षाकर्मीलाई राजस्व कार्यालयको कम्पाउन्डभित्र गाडी राखेर फोटो खिचेर ल्याउनू भन्ने आदेश दिएको प्रहरी उपरीक्षक पंजियारले बताए । चाँदीको बिल देखिए पनि राति ल्याउनु, ठूलो परिमाण देखिनु र राजस्व कार्यालयले बुझ्न नमान्नुले आशंका पैदा गरेको छ । ‘कार्यालयमा कर्मचारी छन्, तर बुझ्न र छानबिन गर्न तयार हुँदैनन्,’ पंजियारले भने ।