भरतपुर महानगरपालिकाको मतगणना अझै सुचारु भएन - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, चितवन   |   जेठ ०५, २०७४

सहमति खोज्न बसेको बैठक निष्कर्षहीन, गणना अन्योलमा
भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । निर्वाचन अधिकृतले नै मतगणनामा धाँधली गरेको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाले बहिस्कार गरेपछि मतगणना स्थगित भएको हो ।

गणना पुनः सुचार गर्न सहमति खोज्ने भन्दै गरिएको बैठकमा सहमति नजुटेपछि मतगणना अन्योल बनेको छ । तीन दलले नौ नम्बर वडाको मतगणना गर्दा निर्वाचन अधिकृतले धाँधली गरी मत तलमाथि पारेको, गणना अपारदर्शी बनाएको आरोप लगाएका छन् । नौ नम्बर वडाको परिणाम सार्वजनिक गर्ने क्रममा उनीहरू त्यस्तो आरोप लगाउँदै गणनास्थलबाट बाहिरिएका थिए । बाहिर तीन दल समर्थित कार्यकर्ताले नारावाजी गरेका थिए ।

तीन दलको तर्फबाट मतगणनास्थल परिसरमै पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले निर्वाचन अधिकृतले मत फेरबदल गरी धाँधली गरेको आरोप लगाए । सदर र बदर मतको रेकर्ड पारदर्शी नराखेको, कम्प्युटरमा चढाउनको क्रममा बदनियतपूर्ण तरिकाले घटी–बढी गरिएको, मतगणनासम्बन्धी तथ्यांक सार्वजनिक नगरी लुकाएको उनीहरूको आरोप छ ।