भक्तपुर नगरपालिकामा नेमकिपा अत्यधिक मतले विजयी - Naya Patrika

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’पछि दिनेश राउतले निर्देशन गरेको अर्काे फिल्म ‘पर्व’ शुक्रबारदेखि प्रदर्शनरत छ । सस्पेन्स थ्रिलर जनराको पर्वबाट दर्शकले नयाँ स्वाद पाउने दाबी दिनेशको छ ।…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए, श्रोताको साथ पाए । साँझपख एकान्तमा, तिमी…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

महेश तिमल्सिना, भक्तपुर   |   जेठ ०५, २०७४

मेयरमा सुनिल प्रजापति, उपमेयरमा रजनी जोशी निर्वाचित
भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति निर्वाचित भएका छन् । उपमेयरमा पनि नेमकिपाकी उम्मेदवार रजनी जोशी विजयी भएकी छिन् ।
निकटतम प्रतिद्वन्द्वीभन्दा अत्यधिक मतले दुवै विजयी भएका हुन् । प्रजापतिले २५ हजार पाँच सय ३८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कासुलाले जम्मा ६ हजार पाँच सय ३२ मत ल्याए ।
यस्तै, उपमेयर निर्वाचित जोशीले २५ हजार सात सय एक मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गंगालक्ष्मी अवालले ६ हजार ६ सय ५० मत ल्याइन् ।
मेयरमा एमालेका उम्मेदवारले चार हजार दुई सय १० तथा माओवादीका उम्मेदवारले दुई हजार चार सय ८७ मत प्राप्त गरे । यसैगरी उपमेयरमा एमालेका उम्मेदवारले चार हजार ६ सय ६५ तथा माओवादीका उम्मेदवारले दुई हजार दुई सय ५४ मत प्राप्त गरे ।
भक्तपुर नगरपालिकाका दशवटै वडामा नेमकिपाको पूरै प्यानल निर्वाचित भएको छ । लामो समयदेखि नेमकिपाको किल्लाका रूपमा रहेको भक्तपुर नगरपालिका यसपटक पनि उसैको किल्ला बनेको छ ।