नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेस विजयी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नवदीप अजनबी , नुवाकोट   |   जेठ ०५, २०७४

नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार सन्तबहादुर घले तामाङले ३ हजार २ सय मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका विन्दा ढुंगानाले २ हजार ३ सय ८५ मत ल्याइन ।


उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु बुढाथोकी ढकालले ३ हजार ३२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका घकुमार लामाले २ हजार ३ सय ७० मत ल्याएका छन् ।

 

५ वटा वडा रहेको सुर्यगढीमा तीन वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा माओवादी केन्द्रले वडाअध्यक्षमा विजय भएको छ । वडा नं. १ को वडा अध्यक्षमा नेकपा माओवादीका इमानसिंह तामाङ, वडा २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बासुदेव अधिकारी, वडा नं. ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ऋषिबहादुर पौडेल, वडा नं. ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार गिरी र वडा नंं ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका भैरवबहादुर अधिकारी भएका छन् ।