प्रत्यक्ष अन्तर्वार्तामा महिलाको स्तन समाइदिए बिबिसीका पत्रकारले - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, लन्डन   |   जेठ ०५, २०७४

एउटा प्रत्यक्ष अन्तर्वार्तामा बिबिसीका एक पत्रकारले महिलाको स्तन समाएका छन् । बिबिसीका संवाददाता वेन ब्राउनले महिलाको स्तन समाएका हुन् । ब्राउनले आफ्ना सहकर्मी तथा राजनीतिक मामिलासम्बन्धी सहायक सम्पादक नोमान स्मिथसँग लेबर पार्टीको चुनावी घोषणापत्रबारे ब्राडफोर्डमा अन्तर्वार्ता लिइरहेका थिए, जसको प्रत्यक्ष प्रसारण भइरहेको थियो । 

अन्तर्वार्ता भइरहेका वेला अकस्मात एक अर्धबैँसे महिला उनीहरूको बीचमा पुगेर अवरोध गरिन् । धेरै झोला बोकेकी, चितुवाको रंगजस्तो टिसर्ट र कालो ज्याकेट लगाएकी ती महिलाले एउटा औँला ठड्याएर ‘निकै राम्रो’ भनिन् । तत्कालै ब्राउनले दायाँ हातले ती महिलाको स्तन समाएर पन्छाए । ब्राउनको व्यवहारले आक्रोशित महिलाले ब्राउनको काँधमा जोडले हिर्काएर क्यामेराबाट भागेकी थिइन् ।

हात फैलाउँदा संयोगवश महिलाको स्तनमा हात पुगेको ब्राउनले जिकिर गरेका छन् । तर, ब्राउनले महिलाको स्तन नै ताकेर समाएको क्यामेरा मेन जासन फरिङटनले बताएका छन् । फरिङटन भन्छन, ‘ब्राउनले महिलाको स्तन समाएकै हुन् ।’ सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहको छ । उनलाई बिबिसीले बर्खास्त गर्नुपर्ने र सो घटनाबारे प्रहरीले अनुसन्धान गर्नुपर्ने केही ट्विटर प्रयोगकर्ताले बताएका छन् । तर, सो घटना संयोगवश भएकाले ब्राउन दोषी नभएको पनि केही प्रयोगकर्ताको भनाइ छ । ‘बिचरो ! बेन ब्राउन । यो उनको गल्ती होइन । स्तन काण्डमा उनले थप झमेला सामना गर्नुपर्ने छैन भन्ने मेरो आशा छ ।,’ एक ट्विटर प्रयोगकर्ताले लेखेका छन् ।

महिलाले प्रत्यक्ष प्रशारणमा नियोजित ढंगले अवरोध गरेकाले उनीमाथि दुव्र्यवहार गरिएको हुन सक्ने ट्विटरका अर्का प्रयोगकर्ता स्र्टट फ्राईको छ ।

यसैबीच आफूले नियतवश महिलाको स्तन नसमाएको ब्राउनले ट्विटमार्फत स्पष्ट पारेका छन् । ‘ब्रार्ड फोर्डमा प्रशारण भइरहँदा दुर्भाग्यपूर्ण अवरोध । अवरोधलाई हटाउने प्रयास मात्र गरेको हुँ तर नियतवश भने होइन,’ उनले ट्विट गरेका छन् । ट्विटरमा उनका ५९ जना फलोअर छन् । सो घटनाबारे बिबिसीले कुनै टिप्पणी गरेको छैन ।

अक्सफोर्डबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेका ब्राउनले बिबिसी प्रवेश गर्नुअघि ग्लासगो र लिभरपुलको स्थानीय रेडियोमा काम गरेका थिए । सन् १९८८ मा बिबिसी सेवामा प्रवेश गरेका उनी विदेश मामिलामा रिपोर्टिङ गर्छन् । उनले बर्लिन वालको पतन र पहिलो गल्फ युद्धबारे सनसनीपूर्ण रिपोर्टिङ गरेका थिए ।