संसारभरका मानिसको औसत आयु बढ्दो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

सारी भन्नेबित्तिकै सभ्य पहिरनको रूपमा चिनिन्छ । औपचारिक/ अनौपचारिक कार्यक्रममा सारी लगाउने परम्परा नेपाली समाजमा छ । महिलाले सारीलाई विशेष कार्यक्रम, बिहे, पार्टीमा लगाउने गरेको देखिन्छ । यो नेपालीको परम्परागत…
पूरा पढ्नुहोस् »

आत्मनिर्भर अर्थतन्त्रको नेतृत्व लिन निजी क्षेत्रलाई आग्रह प्रमुख तीन दलका शीर्ष नेताले मुलुकको आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । राजनीतिक आन्दोलन लगभग सकिएको भन्दै उनीहरूले अबको सम्पूर्ण…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

एजेन्सी , सिड्नी   |   जेठ ०५, २०७४

संसारभरका मानिसको औसत आयु दरमा वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २००० देखि २०१५ सम्म संसारका प्रायः मानिसको औसत आयु वृद्धि भएको जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनका एक सय ९४ सदस्य राष्ट्रमा डब्लुएचओले सो अनुसन्धान गरेको हो । स्वास्थ्यप्रति सचेतना, जीवनशैलीमा परिवर्तन, उचित खानपान, सरसफाइ र स्वास्थ्य सेवामा बढ्दो पहुँचसँगै विश्वका मानिसको औसत आयु पनि बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

जापान पहिलो स्थानमा
प्रतिवेदनअनुसार जापानीको औसत आयु विश्वमै उच्च छ । औसत जापानीको आयु ८३ दशमलव ७ प्रतिशत छ । विश्वका औसत आयु रहेका देशको सूचीमा जापान विगत दुई दशकदेखि लगातार प्रथम स्थानमा रहँदै आएको छ । जापानी महिला पुरुषभन्दा अझै बढी दीर्धजीवी छन् । समग्रमा जापानी महिलाको औसत आयु ८६ दशमलव ८ छ । स्वस्थ जीवनशैली र उचित खानपानका कारण जापानीको उमेर विश्वका अन्य मानिसभन्दा बढी हुने गरेको छ । स्वास्थ्य क्षेत्रमा जापानले निकै प्रगति गरेको छ । आम जापानीको स्वास्थ्य र शिक्षाको क्षेत्रमा राम्रो पहँुच छ ।

स्वास्थ्य, शिक्षा, सरसफाइ र परिवर्तित जीवनशैलीका कारण मानिसको आयु निरन्तर बढिरहेको छ

अमेरिका र चीनको सन्तोषजनक
आफूलाई संसारकै शक्तिशाली मुलुक दाबी गर्ने अमेरिकाको औसत आयु ७९ दशमलव ३ प्रतिशत छ । अर्कोतर्फ एसियाको शक्तिशाली मुलुक चीनका नागरिकको औसत आयु केवल ८६ दशमलव १ छ । दुवै देशको अर्थतन्त्रमा आएको परिवर्तनले त्यहाँका नागरिकको आयुमा पनि प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ । सरसफाइ, बाल मृत्युदरमा गिरावट, लागुपदार्थ प्रयोगमा नियन्त्रणलगायत कारणले यी देशमा पनि मृत्यु दरमा कमी आएको छ ।

उच्च चार मुलुक
औसत आयु भएका मुलुकको सूचीमा सिंगापुर तथा स्विटजरल्याड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने अस्ट्रेलिया एवं स्पेन क्रमशः चौथो एवं पाँचौं स्थानमा उक्लेका छन् । यी मुलुकको औसत आयु ८२ दशमलव ८ देखि ८३ दशमलव ४ छ । यी मुलुकले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छन् ।

अस्ट्रेलियाको उल्लेख्य प्रगति
दीर्ध जीवनमा अस्ट्रेलियाले  उल्लेख्य प्रगति गरेको छ । सरसफाइ, प्रदूषणमुक्त नगरमा बसोवास र धूमपान नियन्त्रणमा भएका सुधारले अस्ट्रेलियाको राष्ट्रिय औसत आयुमा वृद्धि भएको छ । केही अस्ट्रेलियाली अत्यन्त कडा र निको नहुनेखालका दीर्घ रोगको सिकार भए पनि समग्र राष्ट्रिय औसत आयु दरमा भने अस्ट्रेलियाले विश्वका धेरै मुलुकलाई उछिन्न सफल भएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रवत्ता  डा. कोलिन म्याथर्सका अनुसार स्वास्थ्य र शिक्षाका क्षेत्रमा अस्ट्रेलियाले निरन्तर प्रगति गरिरहेको छ । मातृ मृत्युदर अस्ट्रेलियामा सबभन्दा न्यून छ । अस्टेलिया विश्वमा धूमपान गर्ने मुलुकको सूचीमा अन्तिमबाट आठौंमा नम्बरमा पर्छ । यहाँ कुल जनसंख्याको १७ प्रतिशत जनसंख्या धूमपान गर्छन् । अस्ट्रेलियाली समाजमा केही अँध्यारा पक्ष पनि छन् । राष्ट्रिय आत्महत्याका घटना निरन्तर बढिरेहका छन् । अस्ट्रेलियामा हरेक लाखमध्ये १२ जनाले आत्महत्या गरेका छन् । घरेलु हिंसा र सडक दुर्घटनाका कारण पनि असामयिक मृत्यु हुने मानिसको संख्यामा क्रमिक रूपमा वृद्धि भइरहेको छ ।