रियललाई एक अंक आवश्यक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, म्याड्रिड   |   जेठ ०५, २०७४

अर्को खेलमा मालागालाई गोलरहित बराबरीमा रोक्दा पनि रियल म्याड्रिड चार वर्षपछि स्पेनिस ला लिगा च्याम्पियन बन्नेछ

चार वर्षपछि रियल म्याड्रिड स्पेनिस ला लिगा च्याम्पियननजिक पुगेको छ । स्पेनिस लिगअन्तर्गत बुधबार राति रियलले सेल्टा भिगोमाथि ४–१ को जित निकाल्दै उपाधिको एकदम नजिक रहेको हो । रियलले ३७ खेलबाट ९१ अंक जोडेको छ । साबिक विजेता बार्सिलोनाले ३७ खेलबाट ८७ अंक हात पारेको छ । रियललाई उपाधि जित्न १ अंक आवश्यक छ । अर्को खेलमा रियलले मालागालाई गोलरहित बराबरीमा रोक्दा पनि च्याम्पियन बन्नेछ ।

रोनाल्डोको दुई गोल
रियलले सेल्टा भिगोविरुद्ध जित निकाल्दा सदावहार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २ महत्वपूर्ण गोल गरेका थिए । खेलको १०औँ मिनेटमा डिबक्सभित्र बायाँ खुट्टा प्रहारमा गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । खेलको ४८औँ मिनेटमा उनले अफसाइड ट्याप बिट गरी रियललाई २–० को स्थितिमा पुर्‍याए ।

क्रुज र बेन्जिमा पनि चम्किए
रोनाल्डो छाएको खेलमा टोनी क्रुज तथा करिम बेन्जिमा पनि चम्किए । दोस्रो हाफमा लागो अस्पास दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए । मध्यान्तरपछि जोनले सेल्टा भिगोलाई खेलमा फर्काउने प्रयास गर्दै गोल गरे । तर क्रुज र बेन्जिमाले १–१ गोल गरेपछि सेल्टा भिगो खेलमा फर्कन सकेन ।

रियलमा रमाउँदै
सन् २००९ मा कीर्तिमानी सम्झौतामा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियलमा अनुबन्धित भएका रोनाल्डोले प्रत्येक सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ३२ वर्षीय रोनाल्डोले स्पेनिस लिगमा आसत ५४ गोल गरेका छन् । युरोपका पाँच लिगमध्ये स्पेनिसमा रोनाल्डोले २ सय ८४ गोल गरेका छन् । उनले सेभिल्लाविरुद्ध सर्वाधिक २३ गोल गरेका छन् ।

बार्सिलोनाविरुद्ध ८ गोल मात्र
रोनाल्डोले चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध केवल ८ गोल मात्र गरेका छन् । बार्सिलोनाविरुद्ध रोनाल्डोको प्रदर्शन औसत रहने गरेको छ । रोनाल्डोले इंग्लिस क्लब एस्टोन भिल्लाविरुद्ध पनि समान ८ गोल गरेका छन् । उनले गेटाफेविरुद्ध २०, एट्लेटिको म्याड्रिडविरुद्ध १६ तथा सेल्टा भिगोविरुद्ध १५ गोल गरेका छन् । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडबाट प्रतिनिधित्व गरिरहँदा रोनाल्डोले ८४ गोल विपक्षी पोस्टमा ठोकेका थिए ।

रोनाल्डोको अर्को रेकर्ड
पोर्चुगिज स्ट्राइकर रोनाल्डो युरोपको पाँच महत्वपूर्ण लिगमा सर्वाधिक गोल गर्ने फुटबलर बनेका छन् । स्पेनिस लिगमा सेल्टा भिगोविरुद्ध २ गोल गर्दै रोनाल्डोले युरोपका पाँच महत्वपूर्ण लिगमा ३ सय ८६ गोलको नयाँ कीर्तिमान रचेका हुन् । यसअघि इंग्ल्यान्डका जेमी ग्रेएभको नाममा ३ सय ६६ गोल संख्या थियो । जेमीले चार क्लबबाट खेल्दै सन् १९७१ मा रेकर्ड बनाएका थिए । उच्च फर्ममा रहेका रोनाल्डोले सेल्टा भिगोविरुद्ध १०औँ मिनेटमा गोल गर्दै जेमीको रेकर्ड बराबरी गरे । मध्यान्तरपछि उनले बायाँ खुट्टाले गोल गर्दै जेमीको रेकर्ड तोडे ।

विपक्षीविरुद्ध कति गोल
२३ सेभिल्ला
२० गेटाफे
१६ एट्लेटिक विल्बाओ
१५ सेल्टा भिगो, मालागा, इस्पानोल
१३ भ्यालेन्सिया
१२ ग्रानडा, रायो भाल्कानो, रियल सोसिडाड, भिल्ला रियल
११ लेभान्टे, एट्लेटिको म्याड्रिड, ओसासुना, डेपोर्टिभो ला कुराना
८ बार्सिलोना, एस्टोन भिल्ला
७ इल्चे, मालोका, रियल जारागोजा, अल्मेरिया, फुलहाम
६ स्पोर्टिङ गिजोन, विंगान, बोल्टन, पोट्समाउथ
५ इल्बार, रियल बेटिस, न्युकास्टल, वेस्टह्याम
४ एरेज, एभर्टन, रेडिङ, आर्सनल, टोटनह्याम
३ अल्भास, लास पाल्मास, रियल भालाडोडी, वेस्टब्रुम, ब्ल्याकब्रुम, म्यानचेस्टर सिटी
२ हेक्रुल्स, स्टोक, हल सिटी, लिभरपुल, डर्बी, मिडल्सबर्ग, बर्मिघम
१ कोर्डोवा, टेनेरिफे, सन्डरल्यान्ड, वाट्फोर्ड, चाल्टोन, साउथह्याम्टन
युरोपमा सर्वाधिक गोल
सन् फुटबलर कुन राष्ट्रमा कति गोल कुल
२००३ देखि क्रिस्टियानो रोनाल्डो ८८ (इंग्ल्यान्ड), २८४ (स्पेन) ३६८
१९५७–७१ जिमी ग्रेएभेस ३५७ (इंग्ल्यान्ड), ९ (इटाली) ३६६
१९६५–७९ गर्ड मुलर ३६५ (जर्मनी) ३६५
२००४ देखि लियोनल मेसी ३४७ (स्पेन) ३४७
१९८२–१९१४ स्टिभ ब्रुमेर ३१४ (इंग्ल्यान्ड) ३१४