कोलकाताले मुम्बईको सामना गर्ने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

रमेश, मधुसुधन/नयाँ पत्रिका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारलाई कांग्रेस…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हैदराबाद   |   जेठ ०५, २०७४

कोलकाताले १०औँ इन्डियन प्रिमियर लिगको फाइनल  प्रवेशका लागि मुम्बई इन्डियन्सविरुद्ध शुक्रबार प्रतिस्पर्धा गर्दै

 कोलकाता नाइट राइडर्सले १०औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल प्रवेशका लागि मुम्बई इन्डियन्सविरुद्ध शुक्रबार प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा पुणे यसअघि नै फाइनलमा पुगिसकेको छ । प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न फाइनल प्रवेशको दोस्रो प्लेअफमा कोलकाताले डकवर्थ लेविस नियमअनुसार साबिक विजेता हैदराबादलाई सात विकेटले हरायो ।

४८ रनको लक्ष्य
हैदराबादले घरेलु मैदानमा पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन जोड्यो । हैदराबादको इनिङपछि वर्षाले खेल प्रभावित तुल्यायो । डकवर्थ लेविसअनुसार कोलकाताले जितका लागि ७ ओभरमा ४८ रन पाएको थियो । कोलकाताले ५.२ ओभरमा ३ विकेट गुमाएर ४८ रन बनायो । कोलकातालाई जित दिलाउने क्रममा कप्तान गौतम गाम्भिरले सर्वाधिक ३२ रनको योगदान दिए । उनले १९ बलमा समान २ चौका र छक्का प्रहार गरे ।

कमजोर सुरुवात
लक्ष्य पछ्याएको इनिङमा कोलकाताको सुरुवात राम्रो रहेन । इनिङको १.१ ओभरभित्रै कोलकाताले तीन महत्वपूर्ण  विकेट गुमाएको थियो । रबिन उथपा (१), क्रिस लेयन (६) र युसुफ पठान (०) रनमा आउट हुँदा कोलकाता १२–३ को अवस्थामा रह्यो । त्यसपछि कप्तान गाम्भिरले कप्तानी इनिङ खेले । उनले इशांक जागीसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै कोलकातालाई रोमाञ्चक जित दिलाए ।

कोल्टरको घातक बलिङ
साबिक विजेता हैदराबादलाई मध्यम योगफलमा रोक्न कोलकाताका मध्यक्रम बलर कोल्टर निलेले घातक बलिङ गरे । उनले चार ओभरमा २० रन खर्चेर ३ विकेट हात पारे । उनले केन्स विलियम्स (२४), विजय शंकर (२२) र क्रिस जोर्डान (०) विकेट लिए । सोही प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच घोषित भए ।

वार्नरको सर्वाधिक रन
हैदराबादको इनिङमा कप्तान डेभिड वार्नरले सर्वाधिक ३७ रनको योगदान दिए । उनले ३५ बलमा समान २ चौका र छक्काको सहयोगमा ३७ रनको योगदान दिए । वार्नरले ओपनर शिखर धवनसँग पहिलो विकेटका लागि २५ रनको साझेदारी गरे ।