१० दिन बाँकी हुँदा अन्योलमा बजेट - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो । विष्ट गत असार…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

जनार्दन बराल/सविन मिश्र, काठमाडौं   |   जेठ ०५, २०७४

संविधानमा तोकिएअनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्छ, तर सरकार परिवर्तनको तयारी र निर्वाचन आचारसंहिताले अन्योल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही हप्ताभित्र राजीनामा दिने बताएपछि आगामी आर्थिक वर्ष ०७४-७५ को बजेट अन्योलमा परेको छ । ३१ जेठमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने भएकाले यसबीचमा बजेट नल्याउन निर्वाचन आयोगले समेत सरकारलाई भनिसकेको छ । बजेट सार्वजनिक गर्ने दिन नजिकै भए पनि सरकारको आयु र निर्वाचन आचारसंहिताको अन्योलका कारण अर्थ मन्त्रालय अझै कस्तो बजेट बनाउने भन्ने विषयमा टुंगोमा पुगेको छैन । अबको १० दिनपछि अर्थात् १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । तर, बजेटको मुखमा सरकार परिवर्तन हुँदा त्यसको प्रत्यक्ष असर बजेटको तयारीमा पर्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

आंशिक बजेटको इतिहास
सरकार कामचलाउ भएको वेला नयाँ कार्यक्रमसहितको बजेट नल्याउने, तर अघिल्ला बजेटका कार्यक्रमलाई निरन्तरता दिने गरी एक तृतीयांश खर्च गर्न पाउने व्यवस्था संसद्बाट पारित गर्ने चलन यसअघि चलाइएको छ । यस्तो बजेटमा पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिइन्छ भने राजस्वका दरमा समेत कुनै हेरफेर गरिन्न ।

चैत ०६४ मा भएको संविधानसभा चुनावपछि काम चलाउ अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई तत्कालीन ठूलो पार्टी माओवादीले पूरा बजेट ल्याउन दिएन । ०६५ असार मसान्तमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले विशेष व्यवस्था भन्दै आव ०६५-६६ का लागि एक तृतीयांश खर्च गर्ने गरी आंशिक (पेस्की) बजेट ल्याएका थिए । भदौमा माओवादी नेतृत्वमा सरकार बनेपछि बनेका अर्थमन्त्री डा. बाबुराम भट्टराईले ३ असोजमा पूर्ण बजेट ल्याए ।

त्यस्तै, माधवकुमार नेपाल सरकारले राजीनामा दिएको, तर नयाँ सरकार नबनेको अवस्थामा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि आव ०६७-६८ का लागि यस्तै बजेट प्रस्तुत गरेका थिए । उनले २८ असार ०६७ मा १ खर्ब १० अर्बको आंशिक बजेट प्रस्तुत गरे । तर, त्यो बजेटको म्याद सकिने वेला असोजसम्म कामचलाउ सरकार कायम नै रह्यो । त्यस्तो अवस्थामा बजेट प्रस्तुत गर्न संसद्मा पुगेका तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हातपात गरेर बजेट ल्याउन दिइएन । पछि उनले अध्यादेशमार्फत बजेट ल्याए ।

०६८ भदौदेखि ०६९ चैतसम्म डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका अर्थमन्त्री रहेका वर्षमान पुनले एकपटक पनि पूरा बजेट ल्याउन पाएनन् । संविधानसभा विघटन भएको अवस्थामा ३१ असार ०६९ मा पुनले आव ०६९-७० का लागि ३ खर्ब ५१ अर्ब ९३ करोडको यस्तै आंशिक बजेट ल्याएका थिए । त्यसपछि पनि पूर्ण बजेट ल्याउने विषयमा सरकार र प्रतिपक्षीबीच सहमति नजुट्दा उनले ५ मंसिरमा दोस्रो पेस्की बजेट ल्याए । खिलराज रेग्मीको नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचनका लागि चुनावी सरकार गठन भएपछि भने तत्कालीन अर्थमन्त्री शंकरप्रसाद पाण्डेले अघिल्ला बजेटमा विनियोजित रकमलाई समायोजन गरेर १७ चैत ०६९ मा पूर्ण बजेट ल्याउन पाए । बजेटमा हुने यस किसिमको राजनीतिलाई निस्तेज पार्न वर्तमान संविधानमा बजेट ल्याउने मिति तोकिएको छ । तर, त्यसो गर्दासमेत बजेटमा राजनीति सकिएको भने छैन ।

पूर्वअर्थसचिव रामेश्वर खनाल भने निर्वाचनलाई प्रभावित नपर्ने गरी सरकारले बजेट ल्याउन सक्ने बताउँछन् । ‘कामचलाउ सरकारले ल्याए पनि आउँदो सरकारले त्यो बजेट कार्यान्वयन गर्नुपर्छ, समयमै तलब–भत्ता दिन, स्थानीय तहलाई तोकिएको अनुदान दिनका लागि बजेट ल्याउनुपर्ने हुन्छ,’ खनाल भन्छन् ।

कार्यक्रममा अन्योल
आगामी आर्थिक वर्षको बजेटको सिलिङ ११ खर्ब ५६ अर्ब रुपैयाँ तोकिएको छ । चालू आर्थिक वर्षको बजेट १० खर्ब ४८ अर्बको १० प्रतिशत आकार बढाएर राष्ट्रिय योजना आयोगले यो सिलिङ दिएको थियो । मन्त्रालयहरूले पनि आफ्नो सिलिङअनुसारको कार्यक्रम अर्थ मन्त्रालयमा पठाइरहेका छन् । तर, अझै पनि कस्ता कार्यक्रम समावेश गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयको बजेट महाशाखाले यकिन गर्न सकेको छैन । ‘स्थानीय तहमार्फत धेरै कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेटको तयारी भइरहेको छ, तर कस्ता कार्यक्रम समावेश गर्ने र ती कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने अझै टुंगो छैन,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । कामचलाउ सरकारले बजेट ल्याउने भएकाले यो बजेटमा महत्वाकांक्षी घोषणा नहुने स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयले बजेटको प्राविधिक तयारी अघि बढाइरहेको छ । तर, ठोस राजनीतिक निर्णय नभएकाले कसरी अघि बढ्ने भन्ने अन्योल कायमै छ । ‘संविधानअनुसार बजेट प्रस्तुतिका लागि हामीले प्राविधिक तयारी अघि बढाइरहेका छौँ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, सरकार परिवर्तन हुने सम्भावना बढेकाले कसरी काम गर्ने भन्ने अन्योल छ ।’

संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छ
 डा. रामशरण महत, पूर्वअर्थमन्त्री
कामचलाउ बजेट भनेको पुराना कार्यक्रमको निरन्तरता मात्रै हो । यसमा नयाँ कार्यक्रम केही पनि समावेश हुँदैनन् । नयाँ सरकार बन्ने तयारी रहेकाले अहिले सरकारले कामचलाउ बजेट ल्याउँदा पनि केही फरक पर्दैन । तर, त्यसमा संवैधानिक व्यवस्था भने ख्याल गर्नुपर्छ । अर्कोतर्फ सभामुखले बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरेर यो धारा निलम्बन गरी बजेटका लागि बाटो फुकाइदिन सक्नुहुन्छ । तर, त्यसका लागि एमालेले सहमति दिने अवस्था नभएकाले बजेट नै ल्याउनुपर्छ ।

हाम्रो तयारी पूर्ण बजेटकै छ
 डा. पुण्य रेग्मी, प्रमुख आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले पूर्ण बजेटको तयारी गरिरहेको छ । तर, कस्तो बजेट आउने भन्ने टुंगो केही दिनमा लाग्छ । अब दुई–तीन दिनमा नै नीति तथा कार्यक्रम पनि सार्वजनिक हुन्छ होला । नीति तथा कार्यक्रमले नै बजेटको मार्गदर्शन गर्ने भएकाले कस्ता कार्यक्रम आउँछन् भन्ने टुंगो त्यहाँ लाग्नेछ ।

सरकारका दुई विकल्प

संविधानको धारा ११९ मा नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष १५ जेठमा संघीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ । आर्थिक वर्ष सुरु हुँदा विनियोजन विधेयक (बजेट) पारित नभएको अवस्थामा मात्रै एक तृतीयांश खर्च गर्न पाउने गरी पेस्की खर्च विधेयक (आंशिक बजेट) सरकारले प्रस्तुत गर्न पाउने व्यवस्था पनि संविधानको सोही धारामा छ । यस्तो अवस्थामा सो मितिमा कुनै न कुनै रूपमा बजेट ल्याउनैपर्ने बाध्यतामा सरकार छ ।

त्यो मितिमा बजेट नल्याउने हो भने संविधान संशोधन गर्ने विकल्प दलहरूसँग छ । बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरेर राष्ट्रपतिले सो धारा निलम्बन गर्न सक्ने तर्क कतिपयले गरेका छन् । तर, संविधानको धारा धारा ३०५ मा संघीय संसद् नभएको अवस्थामा मात्रै बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । यस्तो अवस्थामा दुईतिहाइ बहुमत पुर्याएर सो धारा संशोधन गरे मात्रै बजेट ल्याउने मिति पर सार्न सकिनेछ । तत्कालै यो सरकारले राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै छ । नयाँ सरकार गठनका लागि कम्तीमा १५ दिन लाग्नेछ । त्यस्तै, ३१ जेठमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन घोषणा भएको छ । दुई चरणको निर्वाचनको बीचमा बजेट ल्याउनु आचारसंहिताविपरीत हुने भनेर निर्वाचन आयोगले सरकारलाई भनिसकेको छ । यस्तो अवस्थामा संविधान संशोधन गरी बजेट पछाडि सार्ने प्रतिपक्षी एमालेसमेत सकारात्मक हुन सक्छ । आर्थिक वर्ष साउन मसान्तमा सुरु हुने भएकाले बजेट ३१ जेठपछि ल्याउँदा पनि सरकारी कामकारबाहीलाई भने अप्ठ्यारो पर्नेछैन ।