विश्व हाँक्नेको यो बालापन - Naya Patrika

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए, श्रोताको साथ पाए । साँझपख एकान्तमा, तिमी…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

डेभिड ब्रुक्स   |   जेठ ०५, २०७४

डोनाल्ड ट्रम्पका फरक–फरक बान्की छन् । उनी कहिले उदाउँदै गरेका तानाशाहजस्ता, कहिले भ्रष्ट अमेरिकी पूर्वराष्ट्रपति निक्सनजस्ता, कहिले भीडलाई उराल्ने लोकप्रियतावादीजस्ता, अनि कहिले ठूला व्यापारिक कर्पोरेटवादी लाग्थे ।

ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले शृङ्खलाबद्ध रूपमा लामा अन्तर्वार्ता दिएका छन् । तिनको लिपिलाई अध्ययन गर्दा के कुरा प्रस्ट हुन्छ भने आधारभूत रूपमा ट्रम्प माथि उल्लिखित केही पनि होइनन् ।

खास कुरो के हो भने ट्रम्पमा बालापन अझै गएको छैन । धेरैजसो सबभन्दा परिपक्व वयस्कहरू २५ वर्ष पुगेपछि खासगरी तीनवटा कुरामा अभ्यस्त भइसक्छन् । तर, ट्रम्पले ती कुनै पनि कुरामा सिद्धहस्तता हासिल गरेका छैनन् । अपरिपक्वता उनको राष्ट्रपतिकालको मूल पहिचान र आत्मनियन्त्रणको अभाव उनको प्रवृत्ति बनेको छ ।

पहिलो, धेरैजसो वयस्कले स्थिर भएर बस्न सिकिसकेका हुन्छन् । तर, ट्रम्प मानसिक रूपमा ७ वर्षे बच्चाजस्तै छन्, जो चकचक गर्दै कक्षाकोठामा यताउता कुद्छ । ती अन्तर्वार्तामा ट्रम्पका कुनै जवाफ दुई सय शब्दभन्दा लामा छैनन् र त्यसबीच उनी चार वा पाँच शीर्षकमा कुरा गरिभ्याउँछन् र अन्त्यमा प्रेस उनीविरुद्ध कति पक्षपाती भएर पेस भएको छ भनी विषयवस्तुको बिट मार्छन् ।

विषयमा ध्यानकेन्द्रित गर्न सक्ने क्षमताको अभावले गर्दा उनलाई कुनै पनि कुरा सिक्न र तथ्यबारे पारंगत हुन निकै कठिन भएको छ । उनलाई आफ्नै नीतिबारे राम्ररी थाहा छैन र उनका कुरा एकअर्कामा बाझिन्छन् । आफ्नै मुख उनको काबुमा छैन । जस्तो कि उनका सहयोगीले कुनै खास तयारी गर्न नभ्याउँदै उनी एकाएक कर सुधारको बाचा गर्छन् ।

दोस्रो, कानुनी रूपमा मद्यपान गर्न पाउने उमेर टेक्दासम्म मानिसलाई आफ्नो स्वत्वका बारेमा केही हदसम्म यकिन बोध भइसकेको हुन्छ । उनीहरूले अफ्ना सबल र दुर्बल पक्षको मापन गर्ने केही व्यक्तिगत मानक बनाइसकेका हुन्छन् । तर, ट्रम्पलाई आफ्नै स्वत्वलाई कायम गर्न बारम्बार अरूको अनुमोदन चाहिन्छ । त्यसकारण उनी निरन्तर र व्यग्र रूपमा आफ्नाबारे काल्पनिक कथा सुनाइरहन्छन् । यसो गरेर ट्रम्पले अरूलाई मात्रै झुक्याइरहेका छैनन्, आफैँलाई समेत ढाँटेका छन्, जसले गर्दा उनलाई क्षणिक आत्मरति प्राप्त हुन्छ ।

उनी निरन्तर रूपमा ‘डनिङ–क्रुगर इफेक्ट’ ले ग्रस्त छन् । त्यो भनेको के भने अक्षम व्यक्ति आफ्नै अक्षमतासमेत थाहा पाउन अक्षम हुन्छ । चुनावका वेला हिलारी क्लिन्टनको इमेलसम्बन्धी लापरबाहीमाथि छानबिन गर्ने एफबिआईका निर्देशक जेम्स कोमीलाई हटाउँदा सबैले हाईहाई गर्लान् भन्ने ट्रम्पको आशा थियो । त्यसपछि प्रेसले उनलाई सकारात्मक रूपमा प्रस्तुत गर्ला भन्ने उनले ठानेका थिए । तर, उनी निरन्तर रूपमा चक्मा खाइरहेका छन् । वास्तविक परिणाम उनले सोचेअनुरूप भएको छैन ।

तेस्रो, वयस्क भइसक्दा धेरैजसो मानिस अरूले कसरी सोचिरहेका छन् भन्ने मेसो पाउने भइसक्छन् । उदाहरणका लागि, अरूले अप्रिय नठानून् भनेर कसरी कृत्रिम रूपमै भए पनि नम्र हुनुपर्छ भन्ने वयस्कलाई थाहा हुन्छ ।

तर, दिमागी विकाससम्बन्धी उक्त सिद्धान्त ट्रम्पका हकमा अझैसम्म लागू नभएजस्तो प्रतीत हुन्छ । परिणामस्वरूप उनी उदेकलाग्दो हिसाबले पारदर्शी छन् । मानिसहरूले आफूलाई माया गरून् भन्ने चाहन्छन् त्यसैले उनी अन्तर्वार्ताहरूमा मानिसले उनलाई माया गर्छन् भनेर बारम्बार दोहोर्याउँछन् । ट्रम्पको शब्दमा भन्नुपर्दा, हरेक बैठकका लागि १५ मिनेट छुट्याइएको हुन्छ तर पाहुनाले उनलाई अति मनपराउने हुनाले ती भेटघाट दुई घन्टासम्म लम्बिन्छन् ।

ठीक यहीँनिर ट्रम्पले रुसी पाहुनाहरूसित गोप्य सूचना चुहाएको प्रसंग आउँछ । हामीलाई अद्यापि थाहा भएसम्म उनले यस्तो गल्ती गर्नाको कारण उनी रुसी एजेन्ट भएकाले होइन । उनमा गलत मनसाय भएर पनि होइन । यसो भएको उनमा रहेको दिमागी ढिलापनका कारण हो । भावोत्तेजना नियन्त्रणमा रहेको अभाव हो । र, सबैभन्दा महत्वपूर्ण कुरा उनी व्यग्र रूपमा प्रशंसकहरूको स्वीकृति खोज्ने सातवर्षे बालक भएकाले यस्तो भएको हो ।

उपर्युक्त परिघटनाले ट्रम्प कति भयानक रूपमा रित्तो छन् भन्ने देखाउँछ । र, त्यो रित्तोपनबाट असावधानी निःसृत भएको छ । त्यसबाट देश नै जोखिममा परेको छ ।

न्युयोर्क टाइम्सबाट
(ब्रुक्स अमेरिकाको यल विश्वविद्यालयमा प्राध्यापनरत छन्)