तालमेल : न ताल न मेल - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   जेठ ०५, २०७४

राजनीति क्रान्तिका वेला जति आदर्शयुक्त र एउटा सुन्दर कार्यजस्तो देखिन्छ, त्यति नै सत्ताका लागि हुने संघर्षका वेला करेलाको स्वादझैँ तीतो देखिने गर्छ । राजनीति गर्ने व्यक्ति या दलको मुख्य अभीष्ट सत्ता हासिल गर्नु हुने भएकाले उनीहरू अनेक खालका हतकण्डा प्रयोग गर्छन्, खेल र झेल गर्छन् । विचार परिवर्तन गरेर, दल परिवर्तन गरेर शक्ति आर्जन गर्नेहरू पनि हुन्छन् । त्यसको सबैभन्दा झरिलो उदाहरण फ्रान्सका तत्कालीन समाजवादी राष्ट्रपति फ्रास्वाँ मितेराँ पनि हुन्, जो पहिले कम्युनिस्ट थिए र पछि समाजवादी बनेर लामो समय राष्ट्रपति बने । यता तेस्रो विश्वका देशमा त शक्ति आर्जनका लागि दलबदल गर्ने या दलहरूबीच गठजोड गर्ने या दल विभाजन गर्ने अनेक प्रपञ्च गरिन्छन्, भैरहन्छन् । नेपाल पनि त्यसबाट अछुतो रहने सम्भावनै भएन । यसै क्रममा यसपालिको स्थानीय तहको निर्वाचनमा यहाँका सबै दल सबैसँग मिल्ने अचम्मको अवस्था देखा पर्यो । जहाँ आफू कमजोर छ, त्यहाँ अर्कोसँग मिलिहाल्ने । मिल्नका लागि सिद्धान्त, विचार या तत्कालीन राजनीतिक हित होइन, केवल निर्वाचन जित्ने प्रयोजन मात्र देखिने गरी पनि यस्तो तालमेल भएको पाइयो । यसको प्रभाव नेपालको भावी राजनीतिमा केकस्तो पर्ने हो, प्रस्ट भएको छैन तर तत्कालका लागि भने यसले एकप्रकारको हास्यरस पैदा गरेको छ । यता दलहरूले जहाँजहाँ केन्द्रबाट तालमेल थोपरे, त्यहाँ भने स्थानीय कार्यकर्ता या मतदाताले समेत आदेशलाई अस्वीकार गर्दै आफ्नै विवेक प्रयोग गरेको पाइयो । कतिसम्म भने ललितपुरमा त उम्मेदवारै नभएको निर्वाचन चिह्नले बहुमत पाउने स्थितिसमेत देखियो।

यसबीच तालमेलका अनेक परिणाम देखिए । जुनजुन दलले तालमेल गराएर उठाए, त्यहाँ तिनै दल पनि इमानदार देखिएनन् र कतै जनताले यस्तो तालमेललाई अस्वीकार गरे । काठमाडौंमा एमालेले मेयर र राप्रपाले उपमेयरको उम्मेदवार तालमेल गरेर उठाएका थिए, तर मत आउने वेला एमालेका मेयरले ल्याएकोभन्दा आधा मत पनि राप्रपाका उपमेयरलाई दिइएन । म्याग्दीको बेनी नगरपालिकामा एमालेका मेयरले पराजय व्यहोरे तर उनीसँग तालमेल गरेर उठेका राप्रपाका उम्मेदवार उपमेयर भए । त्यस्तो दिक्कलाग्दो दृश्य तनहुँको व्यास नगरपालिकामा पनि देखियो, जहाँ एमालेका मेयर र माओवादीका उपमेयरले ल्याएको मत अन्तर हैरान पार्ने खालको छ ।

देशमा सबैभन्दा बढी चर्चाको तालमेल भने भरतपुर महानगरपालिकामा भएको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका दिनेश कोइरालालाई फिर्ता गर्न लगाएर माओवादीकी उम्मेदवार रेणु दहाललाई समर्थन गरेको कांग्रेसले मतदाता र कार्यकर्ताबाट तीव्र आलोचना र असहयोगको सामना गर्नुपर्यो । तालमेललाई सार्थक बनाउन सभापति देउवाले निकै प्रयास गर्दा पनि अहिले आइरहेको मतको प्रवृत्ति हेर्दा कार्यकर्ता या मतदाताले नेताको आदेश मान्न अनिच्छा देखाएको देखिन्छ । दिन त उनीहरूको ठूलो हिस्साले मेयरमा रेणुलाई मत दिएको परिणामले देखाउँछ, तर सबैले नदिएको पनि प्रस्ट देखिन्छ । यी सबै परिणाम हेर्दा निर्वाचनमा स्थानीय कार्यकर्ता र मतदाताकै तहमा हुने छलफल र समझदारीले तालमेल गरेको ठाउँमा बाहेक दलहरूले थोपर्ने तालमेल ताल न मेलको बनेर दुवै पक्षलाई उल्लु बनाउने खेल भएको देखिएको छ । आउने दिनमा यस्ता लफडाबाट दलहरूले पाठ सिकून् ।