नेपाली मूलभट्टको डायरी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

डा. विष्णु दाहाल, काठमाडौँ   |   जेठ ०४, २०७४

म १७–२३ पुस ०६५ मा पशुपतिनाथको भट्ट भएको थिएँ । पशुपतिको पहिलो नेपाली भट्ट म नै हो । तर, राजनीतिक खिचातानी र भारतीय दबाबले सात दिनमा नै हटाइएँ । भट्ट हुँदा मैले हरेक दिन डायरी लेख्थेँ । त्यही डायरीलाई अहिले पुस्तकका रूपमा प्रकाशन गरेको हुँ । ‘पशुपतिमा सात दिन’ मैले सात दिन लेखेको डायरीको आधा भाग मात्र हो ।

पशुपति पूजाको लामो इतिहास छ । पहिला पशुपतिमा जोगीहरूले पूजा गर्थे । त्यसपछि भारतीय भट्टहरूले गरे । ती पूजाको फरक–फरक शैली छ । जोगीहरूको पूजा विधि यसमा उल्लेख गरेको छु । मैले के गरेँ भन्ने कुरा पनि लेखेको छु । तर, भट्टहरूको पूजा विधि यसमा आएको छैन । उनीहरूले गलत गरेका छन् । त्यो अर्को भागमा उल्लेख छ । पशुपतिका ६ वटा शिर छन् । ६ प्रकारले नै पूजा हुन्छ । यो नै मूल पूजाविधि हो । पुस्तकको दोस्रो संस्करण प्रकाशन गर्दा यसलाई पनि समावेश गर्ने विचार गरेको छु । अहिले भने मूलभट्ट हुँदाका मेरा अनुभव मात्र उल्लेख छ ।

 

मैले पूजा गर्ने वेला अन्य भट्ट र भण्डारीले साँचो लिएर भागे । त्यो साँचो भारतीय दूतावास लगेर तत्कालीन राजदूत राकेश सुदलाई बुझाइयो । त्यो राष्ट्रियतामाथिको प्रहार मात्र थिएन कि अनैतिक काम पनि थियो । पशुपतिमा धेरै ठूलो ढुकुटी थियो । देशको ठूलो ढुकुटीको साँचो दूतावासमा बुझाइएको थियो ।

 

म मूलभट्ट नियुक्त भएपछि पूजा थालेँ । त्यसका लागि गुप्तवास बसेँ । बाहिर आन्दोलन सुरु भयो । किनभने मेरो नियुक्तिलाई राजनीतिक रङ दिइयो । भित्र पनि मलाई अवरोध भयो । मैले पूजा गर्ने वेला अन्य भट्ट र भण्डारीले साँचो लिएर भागे । त्यो साँचो भारतीय दूतावास लगेर तत्कालीन राजदूत राकेश सुदलाई बुझाइयो । त्यो राष्ट्रियतामाथिको प्रहार मात्र थिएन कि अनैतिक काम पनि थियो । पशुपतिमा धेरै ठूलो ढुकुटी थियो । देशको ठूलो ढुकुटीको साँचो दूतावासमा बुझाइएको थियो । यी सबै घटना पुस्तकमा उल्लेख छ ।

पुस्तकमा शास्त्रीय विषयको खण्ड पनि छ । धर्म भनेको के हो ? संस्कृति भनेको के हो ? पूजा भनेको के हो ? पूजा भनेको के हो ? भगवान् भनेको के हो ? जस्ता कुरा यो खण्डमा उल्लेख छ । यसलाई पुस्तकका रूपमा प्रकाशन गर्नुको केही कारण छन् । पहिलो कुरा हाम्रो देशको भूगोलभित्र पढाइ हुने धार्मिक र सांस्कृतिक मूल्यका आधारमा पशुपतिनाथको पूजा हुनुपर्छ । दोस्रो, पाशुपत क्षेत्र सनातन धर्मावलम्बीको तीर्थक्षेत्र हो । नेपालीले गौरव गर्ने धार्मिक स्थल हो । तर, समस्या पशुपति क्षेत्र विकास कोषले पारित गरेको नियमावलीमा छ । त्यहाँ नेपालीलाई ठूलो विभेद भएको छ । त्यसमा भारतीय द्रविड ब्राह्मण मात्र भट्ट हुन पाउने उल्लेख छ । जसअनुसार भारतको महाराष्ट्र र कर्णाटक छेउछाउका मान्छे मात्र भट्ट हुन पाउने भए ।

कुनै नेपालीले धर्म, शास्त्र, विधिविधान जानेको छ भने पनि पशुपतिको मूर्ति छुन भारतमा जन्मिएर आउनुपर्छ । पशुपतिको पूजाआजा र व्यवस्थापनमा भइरहेका यस्ता विभेदलाई बाहिर ल्याउन डायरीलाई पुस्तकका रूपमा प्रकाशन गरेको हुँ । यो पुस्तकले उठाएका विषयमा प्राज्ञिक बहस होस् भन्ने मरो आकांक्षा हो । किनभने यो राष्ट्रियता र स्वाभिमानको विषय हो ।

‘भारतीय मन्दिरमा पनि त नेपाली पुजारी छन् नि ?’ भन्ने प्रश्न पनि गरिन्छ । तर, संसारका कुनै पनि देशमा राज्यको महत्वपूर्ण ढुकुटी गैरनागरिकलाई जिम्मा लगाइएको छैन । भारतमा कुनै सेठले मन्दिर बनाएर नेपाली पुजारी राखे होला । तलब दिए होला । तर, पूरै ढुकुटी नेपालीलाई जिम्मा दिइएको छैन । पशुपतिमा पाँचजना पुजारीमा पाँचैजना भारतीय राख्नुपर्छ भन्नु कुतर्क हो । नेपालको सम्पदामा नेपाली प्रवेश नै गर्न नपाउनु राम्रो होइन ।

म मूलभट्ट नियुक्त भएपछि त्यसलाई राजनीतिकरण गरियो । सडकमा आन्दोलन भयो । विभिन्न दलले विज्ञप्ति निकाले । नेपालबाट मात्र नभई भारतबाट समेत हस्तक्षेप भयो । भारतीय जनता पार्टीले पनि विज्ञप्ति निकालेको थियो । सो विज्ञप्ति पनि पुस्तकमा उल्लेख गर्नुपर्छ भन्ने केही साथीको कुरा थियो । राष्ट्रियताको विषयमा देशका राजनीतिक दल विभाजित हुनु र पशुपतिको साँचो फेरि पनि भारतीयलाई बुझाउन संघर्ष गर्नु नेपालको हितमा थिएन र छैन । सो कुरा जनतालाई बुझाउनु आवश्यक छ ।

पाशुपत क्षेत्रका घन्ट र गजुर चोरिएको छ । मृगस्थलीका आधा दर्जन घन्ट र १० वटा जति गजुर चोरिएको मैले पाएको छु । कसले तस्करी गरिरहेको छ भन्ने कुरा बाहिर आएको छैन । भूकम्पपछि त हराउने क्रम झनै बढेको छ । माफियाको साँठगाँठ ठूलो छ । त्यसको छानबिनसमेत भएको छैन । यो कुरा बाहिर ल्याउन पनि पुस्तक प्रकाशन अनिवार्य थियो ।

पुस्तक प्रकाशनपछि केही प्रश्न पनि आए । कतिपयले ‘मूलभट्टबाट निस्कनेबित्तिकै पुस्तक प्रकाशन नगरेर किन आठ वर्षपछि मात्र गर्नुभयो ?’ भन्ने प्रश्न गरेका छन् । हरेक कुराको संयोग हुन्छ । यो पुस्तक प्रकाशनको संयोग यतिवेलै जु¥यो भन्ने लाग्छ । अहिले नयाँ पुस्ता धर्म, संस्कृति, पूजा आदिबारे अनविज्ञ छन् । तर, उनीहरू जान्न उत्सुक छन् । उनीहरूलाई हाम्रो सांस्कृतिक इतिहास र धर्मबारे जानकारी दिन पुस्तक प्रकाशन गरेको हुँ । अन्य साहित्यका बारेमा केही न केही काम भएकै छ । धर्म र संस्कृतिलाई पुस्तान्तर गर्ने काम भने न्यून मात्रामा मात्र भएको छ । गौण देखिएको छ । यी कुरा प्रकाशन हुनुपर्छ भन्ने लागेको थियो ।

मेरो डायरी सुरक्षित राखेकै थिएँ । एक दिन मन्डप बुक्सका राजकुमार गजुरेलले मेरो अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने कुरा गर्नुभयो । पुस्तक प्रकाशन पशुपतिको आराधना नै हो । उहाँलाई मैले मेरो डायरी दिएँ । त्यो डायरीको नाम ‘पशुपतिमा सात दिन’ राखेर प्रकाशन भएको हो ।