किन भए यति धेरै मत बदर ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

दोलखबहादुर गुरुङ   |   जेठ ०३, २०७४

मतदाताले दुःखले दिएको अमूल्य मत बदर हुनुमा मुख्य जिम्मेवार निर्वाचन आयोग नै हुन्छ

भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि मतगणना पनि सुरु भएको छ । मतगणनाका क्रममा निर्वाचनमा खसेका बदर मतको संख्या निकै बढी देखिएको छ । यससँगै मत बदर हुने या मतपत्र बदर हुने भन्ने अन्योल पनि आममतदाता र सरोकारवालामा रहेको देखिन्छ । सबैले बुझ्नुपर्ने विषय यो हो कि मतपत्र कहिल्यै बदर हुँदैन । बदर हुने मतदाताले खसालेको मत मात्रै हो । एउटा मतपत्रमा धेरै उम्मेदवारका चुनाव चिह्न हुन्छन् । उदाहरणका लागि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एउटै मतपत्रमा ७ स्थानमा मत हाल्ने व्यवस्था गरिएको छ । मानौँ एउटा मतदाताले खसालेको ७ वटै मत बदर भए पनि त्यो मतपत्र भने बदर हुँदैन, उसले खसालेका मत मात्रै बदर हुने हुन् ।

यसभन्दा अघिल्ला दुई निर्वाचनमा बदर मतको प्रतिशत हेर्दा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भन्दा ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कम मत बदर भएको देखिन्छ । ०६४ सालमा प्रत्यक्षतर्फ पाँच दशमलव ६६ र समानुपातिकतर्फ तीन दशमलव ९४ प्रतिशत मत बदर भएका थिए । ०७० सालको संविधानसभा निर्वाचनमा यो घटेर प्रत्यक्षतर्फ चार दशमलव ६६ र समानुपातिकतर्फ तीन दशमलव २० प्रतिशत बदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । अहिले नयाँ प्रकृतिको मतपत्र भएकाले अहिलेसम्मको ‘ट्रेन्ड’ हेर्दा बदर मतको संख्या केही बढ्छ कि जस्तो देखिन्छ । तर, ठोकेरै बढिहाल्छ भन्ने अवस्था भने छैन । त्यसमा पनि हिसाब गरेर मात्रै बदर मतको प्रतिशत निकालिन्छ । मेयरमा कति, उपमेयरमा कति, वडा अध्यक्षमा कति र वडा सदस्यमा कति मत बदर हुन्छ र समग्रमा कति मत बदर हुन्छ, त्यसबाट मात्रै बदर मतको प्रतिशत निकाल्न सकिन्छ ।

कस्तो अवस्थामा मत बदर हुन्छ ?
मतदाताले सही मत नदिएको अवस्थामा मत बदर हुने हो । जस्तो एउटा उम्मेदवारलाई मात्रै मत दिनुपर्नेमा दुई वा दुईभन्दा बढी उम्मेदवारका चुनाव चिह्नमा मतको चिनो लगाएमा त्यो मतदाताको मत बदर हुन्छ । चुनाव चिह्नमा स्वस्तिक छाप लगाउनुको सट्टा ल्याप्चे लगायो भने पनि बदर हुन्छ । नचिनिने गरी लतपत गरेर स्वस्तिक छाप लगाएमा पनि त्यस्तो मत बदर हुन्छ । दुईवटा चुनाव चिह्नको बीचमा छाप हानेको भएमा पनि बदर हुन्छ । चुनाव चिह्नमा छाप लगाएपछि फोल्डिङ गर्दा लतपत भएको अवस्थामा पनि मत बदर हुन्छ । जतिवटा चुनाव चिह्नमा छाप लगाउनुपर्ने हो, त्योभन्दा बढी लगाए पनि बदर हुन्छ । तर, जतिवटा चुनाव चिह्नमा लगाउनुपर्ने हो, त्योभन्दा कम चिह्नमा छाप लगाए मत बदर हुँदैन ।

मत बदर हुनुमा दोषी को ?
मतदाताले दुःखले दिएको मत बदर हुनुमा मुख्य जिम्मेवार निर्वाचन आयोग नै हुन्छ । मतदातालाई मत कसरी खसाल्ने भन्ने विषयमा एथेष्ट जानकारी दिने दायित्व निर्वाचन आयोगको हो । त्यससँगै निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवार बनेकाहरूले पनि मतदातालाई मत खसाल्ने विषयमा पर्याप्त जानकारी दिनुपर्छ । मत कसरी खसाल्ने, कतिवटा चुनाव चिह्नमा कसरी छाप लगाउने, कस्तो अवस्थामा मत खेर जान्छ जस्ता विषयमा मतदातालाई समयमै जानकार गराउनु निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवार सबैको दायित्व हो । मतपत्र, मतदान गर्ने तरिका आदिबारे सबै जानकारी लिएर आफ्नो मतको उपयोग गर्नु मतदाताको पनि जिम्मेवारी हो । निर्वाचन आयोगसँग सम्बद्ध भएर लामो समय काम गरेको अनुभवबाट मैले कतिपय जान्ने–बुझ्ने मतदाताले पनि जानीजानी बदर गराएको पाएको छु । तसर्थ मत बदर हुनुमा निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र मतदाता स्वयंसमेत जिम्मेवार हुन्छन् । मतदाता स्वयंले मतदानबारे सिक्ने चाहना लिएर सही ढंगले सिकेर मत दिनुपर्छ । मत बदर गर्नु, आफ्नो अधिकार प्रयोग गर्न नजान्नु हो । मतदाता शिक्षाको उद्देश्य मत बदर नगराउनु हो । अहिलेको मत बदर हुनुको मुख्य समस्या भनेको मतपत्र ठुलो हुनु पनि हो । निर्वाचन आयोगले एउटा भनेर दिएको मतपत्रमा ६ वटा मतपत्र छन् । त्यसलाई ७ वटा मानिदिएको भए हुन्थ्यो । तर, आयोगका तर्फबाट ६ वटा भनिएको छ ।

मत बदर न्यूनीकरण गर्न के गर्ने ?
बदर मतको प्रतिशतमा कमी ल्याउन मतदाता शिक्षालाई सबलीकरण गर्नुपर्ने पहिलो आवश्यकता हुन्छ । मतदाता शिक्षाको मुख्य उद्देश्य मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने नै हो । यसका लागि आयोगले पर्याप्त मतदाता शिक्षक तालिम सञ्चालन गरी गाउँगाउँ, टोलटोलसम्म पु¥याउन सक्नुपर्छ । मतदाता शिक्षकले पनि जनतालाई सुसूचित गराउने आफ्नो दायित्व सशक्त र प्रभावकारी ढंगले पूरा गर्न सक्नुपर्छ । अहिले पहिलो चरणको निर्वाचनमा जे हुनु भइहाल्यो, यसलाई अहिल्यै सच्याउन सकिने होइन । तर, यसपटकका कमी–कमजोरीबाट पाठ सिकेर अब आगामी दिनमा सञ्चालन गरिने दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पूर्वतयारी गर्नुपर्छ । निर्वाचन आयोगले पनि बदर मतबारे तत्काल समीक्षा गरेर के कारणले मत बदर हुन्छ ? यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर थप गृहकार्य गर्नु जरुरी छ । आयोगले मतदाता शिक्षकमार्फत मतदाताको घरघरमा पुगेर मतदाता शिक्षा दिनुपर्छ । मत कसरी खसाल्ने भनेर घरघरमा पुगी सिकाउने जिम्मेवारी निर्वाचन आयोगको हो । सञ्चारमाध्यमबाट पनि मतदाता शिक्षाबारे प्रचार–प्रसार गर्न सकिन्छ । यसले शिक्षाको पहुँचबाट टाढा भएकाहरूलाई बदर मत कम गराउन सहयोग पुग्न सक्छ । सबैभन्दा पहिला निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई ‘ओरियन्टेसन’ दिएमा उनीहरूले पनि आफ्नो पक्षमा मतदातालाई सिकाउने भएकाले अलि सहज हुन सक्छ । आयोगको मतदाता शिक्षा कार्यक्रम सचेतनामूलक र जानकारीमूलक हुनु आवश्यक छ । अहिले देखिएका आफ्ना कमी–कमजोरी हटाएर निर्वाचन आयोग अघि बढ्यो भने यो समस्या बिस्तारै न्यूनीकरण हुँदै जान्छ । आयोगले अब विशेष रूपमा मत गणनामा भइरहेको ढिलाइलाई पनि न्यूनीकरण गर्न सक्नुपर्छ । अहिले ढिलाइले आयोगप्रति नै जनताको गुनासो बढ्न सक्छ । त्यसैले, जनतालाई लामो प्रतीक्षामा राख्नु हुँदैन ।
(गुरुङ पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त हुन्)