संशोधन र निर्वाचनको खेल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   जेठ ०३, २०७४

पहिलो चरणको निर्वाचनले देशभरि जुन उत्साह सिर्जना गरेको छ, त्यसले अब दोस्रो चरणको निर्वाचन पनि तोकिएकै समय अर्थात् ३१ जेठमै सम्पन्न हुनेमा विश्वास गर्न सकिन्छ । निर्वाचनले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न र भुइँ तहका जनतालाई अधिकारको अभ्यास गर्ने गरी सशक्तीकरण गर्न सहयोग पुगेको छ । अर्को कुरा स्थानीय तहमा जुन उत्साहसाथ मतदान भयो, त्यसले निर्वाचन हुन बाँकी रहेका क्षेत्रका जनतालाई पनि पक्कै मतदान गर्न आतुर बनाएको छ । यस्तो अवस्थामा देशका सबै राजनीतिक दलका लागि तोकिएको समयमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउन र त्यसका लागि राजनीतिक सम्झौताका लागि तयार रहन दबाब बढेको हुनुपर्छ ।

यसैबीच निर्वाचनमा सहभागी हुने सर्तका रूपमा मधेसी दलहरूले अघि सारेको संविधान संशोधनको प्रस्ताव संसद्मा विचाराधीन छ । आवश्यक मतको अभावमा यसअघि संसद्मा मतदान प्रक्रियामा लैजानबाट रोकिएको सो प्रस्तावले बहुमत हासिल गर्ने–नगर्ने अझै पनि निश्चत छैन । यस्तो अवस्थामा संशोधन प्रस्ताव पक्का पारित हुनेछ भनेर विश्वास गर्न कठिन छ । अर्कातिर दोस्रो चरणका लागि तोकिएको मिति पनि नजिकिँदै छ । तयारीका लागि आवश्यक पर्ने समयका दृष्टिले पनि निर्वाचनसम्बन्धी दोधार लामो समय तन्काउन असम्भव जस्तै छ । यस्तो अवस्थामा केही पार्टीले यसैलाई सर्त बनाएर निर्वाचनमा सहभागी नहुनु भनेको आफ्नै राजनीतिक खुट्टामा बन्चरो हानेसरह हुनेछ ।

यता यहीबीच प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र सरकारको नेतृत्व परिवर्तन गर्ने सन्दर्भ सुरु भएको छ । सम्भवतः यसै साता प्रधानमन्त्रीको राजीनामा आउनेछ । त्यसपछि केही समय नयाँ प्रधानमन्त्री चयन गर्न समय चाहिनेछ । यसैबीच संसद्मा वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुपर्ने र बजेट पनि ल्याउनुपर्ने दायित्व छन् । यी सबै काम यहीबीचमा गर्नैपर्ने भएपछि तत्काल उपलब्ध मतसंख्याले नै संशोधन पास हुने अवस्थामा बाहेक सरकारको नेतृत्व गरिरहेका दलहरूले बहुमत जुटाउन त्यति धेरै कसरत गर्ने सम्भावना पनि न्यून छ ।

यसैले पनि असहमत पक्षले राजनीतिको यो जटिलता र पेचिलो अवस्थामा आफ्नो राजनीतिक एजेन्डा कायम राख्दै स्थानीय तहको निर्वाचनमा सहभागी बन्नु उपयुक्त हुनेछ । यसका लागि सत्तारुढ गठबन्धनले वातावरण बनाउन आवश्यक छ भने यसलाई हारजितको विषय नबनाई निर्वाचनमा जाने वातावरण बनाउने गरी सहयोग गर्न नागरिक समाजले पनि भूमिका खेल्नुपर्ने देखिन्छ । जे होस् स्थानीय तहको दोस्रो चरणको निर्वाचन अबको कार्यभार हो । यसलाई सफल बनाउनेतिर सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।