लोडसेडिङ अन्त्य र आर्थिक विकास - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

सारी भन्नेबित्तिकै सभ्य पहिरनको रूपमा चिनिन्छ । औपचारिक/ अनौपचारिक कार्यक्रममा सारी लगाउने परम्परा नेपाली समाजमा छ । महिलाले सारीलाई विशेष कार्यक्रम, बिहे, पार्टीमा लगाउने गरेको देखिन्छ । यो नेपालीको परम्परागत…
पूरा पढ्नुहोस् »

आर्थिक वर्ष २०७३-०७४ मा राष्ट्रिय गौरवका आयोजनाले करिब दुईतिहाइ बजेट खर्च गरेका छन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याइएको बजेटमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म ७०.६९ प्रतिशत रकम…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

शिव अधिकारी   |   जेठ ०३, २०७४

जुन रुखबाट जति मिठो फल लिन सकिन्छ त्यसैले बढी झटारो खप्नुपर्छ । त्यसैगरी जो समाजको जानकार हो, उसैले बढी कचिंगल व्यहोर्नुपर्छ । हो, विद्वान्हरूको प्रवचन मान्छेले सुनिरहेका हुन्छन् । त्यस्ता महापुरुषलाई भ्याई–नभ्याई धेरै ठाउँमा पुग्नु पनि पर्छ । फेरि राम्रो काम गरेर कसैले केही समाजलाई दियो भने समाज फेरि त्यतिले पुगेन, खोइ अरू भनेर सोधिरहने मात्र होइन, दर्बिलो आश लिएर प्रतीक्षारत हुन्छ । यो सामाजिक चरित्र हो । 

आज यस्तै भएको छ । सधैँ अन्धकार जस्तै भएको देशको अवस्थालाई प्रचण्डको नेतृत्वमा सरकार बनेपछि ऊर्जामन्त्री जनार्दन शर्माबाट कुलमानजस्तो सिपालु र इमानदार पेसाकर्मीको उचित कदर भयो । यसरी राम्रो मान्छेलाई सही ठाउँमा जिम्मेवारी दिँदा जनताले पाउने सुविधाको अब बयान गरिरहनुपर्दैन । उनले जनताका लागि गरेको कामबाट प्रशंसित भइरहेको विषय खासगरी पुराना सत्तासीनलाई मन परेको छैन । किनभने उनीहरू भनिरहेका थिए सन् २०२२ सम्म कुनै हालतमा नेपालमा लोडसेडिङ हटाउन सकिँदैन । कुलमानभन्दा पहिले प्राधिकरणको नेतृत्वमा रहेका मुकेश काफ्लेले त भनिरहेका थिए— माघदेखि जेठसम्म लोडसेडिङमुक्त गराउन सके म यो देशमै बस्दिनँ । अब खोजी गर्नु छ, उनी कहाँ छन् र के पौरख गरिरहेका छन् ?

जनतालाई उज्यालो दिन रातदिन काम गरिरहेका कुलमान घिसिङ दीर्घकालीन समाधान गरेर देशलाई यो संकटबाट मुक्त गर्न अनेकौँ प्रयत्नमा छन् । यसैअनुसार सरकारले विद्युत् कम खपत हुने लिड बल्ब सस्तो मूल्यमा उपलब्ध गराएर जनतालाई बेच्न उनले भारतीय ऊर्जा मन्त्रालयअन्तर्गतको कम्पनीबाट दुई करोड थान एलडी (लाइट इमिटिङ डिओड) बल्ब खरिद गर्न प्राधिकरणलाई अधिकार दिने निर्णय गरेअनुसार उनले सो बल्ब खरिद प्रक्रिया अगाडि बढाएका हुन् । यो निर्णय बाहिर आउनेबित्तिकै लिड बल्बका व्यापारी र एजेन्टले तीन सय रुपैयाँमा बेचिरहेको बल्ब अब एक सय ४० रुपैयाँभन्दा कममा बिक्री गर्नुपर्ने अथवा उनीहरूको व्यापार नै समाप्त हुने भएपछिको बखेडा झिकेर कुलमानलाई भ्रष्टाचारको आरोप लगाइएकोमा शंका छैन ।

अहिले जनताले कुलमानलाई विद्युत् प्राधिकरणको जिम्मेवारी दिने ऊर्जामन्त्री जनार्दन शर्माका साथै प्रचण्ड नेतृत्वको सरकारलाई समग्र रूपमा धन्यवाद दिएका छन् । किनभने, देशले लोडसेडिङ जस्तो बिकराल समस्याबाट मुक्ति पाउन सकेकाले पछिल्ला दिनमा आर्थिक विकासका कार्य सुचारु भएका छन् । गत वर्षको आर्थिक वृद्धिदर ०.७ प्रतिशतबाट अहिले अहिले ७ प्रतिशत पुगेको छ । कुल गार्हस्थ उत्पादन अहिले २५ खर्ब ९९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यो उत्पादन रकम २२ खर्ब ४७ अर्ब ४२ करोड रुपैयाँ थियो । यसरी एक वर्षको निरन्तर विद्युत् आपूर्ति, कृषि व्यवसायीकरणमा इजरायली प्रविधिलगायतको प्रयोग, पर्यटक आगमनमा भएको वृद्धि, साना व्यवसायीको उत्साहजनक प्रतिस्पर्धाले मुलुकको आर्थिक विकासमा ठूलो परिवर्तन आएको तथ्यांक विभागले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थानको व्यवस्थापनमा केही सुधार भएर नै हुनुपर्छ गत वर्षको तुलनामा यस वर्ष लगानी १५.२ प्रतिशतले बढेको छ । यसरी एक खर्ब ९३ अर्ब ६७ करोड लगानी पुगेको छ भने गत वर्ष यो एक खर्ब ६८ अर्ब १८ करोड मात्र थियो । यसैगरी वस्तु निर्यातमा पनि यस वर्ष १२.८ प्रतिशतले वृद्धि भएको छ । यसरी आयातमुखी अर्थतन्त्र हुँदाहुँदै पनि ४८ अर्ब २२ करोडको निर्यात हुनु सकारात्मक हो । गत वर्ष यसै अवधिमा निर्यात २४.९ प्रतिशतले घटेको थियो । यसैगरी वस्तु आयातमा ४४.२ प्रतिशतले बढेर ६ खर्ब २८ अर्ब ५६ करोड हुनु सकारात्मक त होइन, तापनि आयातको भरमा आपूर्ति धान्नुपर्ने अर्थतन्त्र भएको मुलुकमा आर्थिक परिचालन प्रक्रिया सहज हु“दा नै रोजगारी र अन्य सुविधा वृद्धि हुँदै जाने भएकाले पनि यसलाई सकारात्मक मान्नुपर्छ ।

यी सबै आर्थिक सुधारमा वर्तमान सरकारको कार्यक्रम नै प्रमुख कारण बनेको छ । गत वर्षको सरकारले उत्तरतिरको धाक देखाउँदै दक्षिणतिर औँला ठड्याउने गरेको कारण जनताले ज्यादै बिकराल नाकाबन्दीको मार खप्नुपरेको थियो । केपी ओलीको चुट्किलामा मजा लिनेहरूले उनलाई राष्ट्रवादी पनि भनिटोपलेकै हुन् । घरघरमा ग्यास पाइपबाटै दिने, तेल प्रशोधन केन्द्र नेपालमै बनाउने, अन्तरिक्ष अध्ययन केन्द्र खोल्ने, पानी जहाज किन्ने जस्ता हावादारी कार्यक्रमको हल्ला पि“mजाउने ओलीले आफूहरूलाई कति सुख दिए, जनताले नै जान्ने विषय हो । प्रचण्ड सरकारमा आउनेबित्तिकै बत्ती बाल्न पाउनु जनताले नसोचेको उपलब्धि बन्न पुगेको हो ।

यो सरकारको सक्रियतासँगै चीनका राष्ट्रपति जी पिङले राखेको वान वेल्ट वान रोडको प्रस्तावमा नेपालले हस्ताक्षर गरेको छ । यस कार्यक्रमअन्तर्गत दक्षिण एसियालाई जोड्ने रेलमार्गको सेतु नेपाल बन्नेछ । अब सिगात्सेसम्म आइपुगेको रेलमार्ग केरुङ हुँदै काठमाडौं, पोखरा र लुम्बिनीसम्म विस्तार हुनेछ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा ओबर शिखर सम्मेलनमा भाग लिएर यसको सुनिश्चितता गराइसकेका छन् । यसबाट पनि आर्थिक विकासको नयाँ आयामको थालनीलाई बल दिने काम भइरहेको छ । यसैगरी फास्ट ट्रयाक निर्माण, अहिलेको हिमाल सिमेन्ट रहेको जमिनमा सुक्खा बन्दरगाह निर्माण जस्ता कामबाट नेपालमा अकल्पनीय विकासको सुरुवात भएको र आगामी पाँच वर्षमै प्रतिव्यक्ति आय पाँच हजार डलरसम्म हुन सक्छ भन्ने अर्थविद्हरूको भनाइसमेत आउनु सकारात्मक हो ।

फेरि प्रचण्डको सरकारलाई भ्रष्टाचारी भन्ने हो भने कसैले आरोप नै लगाउन नपाउने गरी लोडसेडिङ गरेर मात्र पनि यसअघि सत्तारुढ दलहरूले जस्तै अर्बौं भ्रष्टाचार गर्न सक्ने ठाउँ थियो । कुलमानले पनि बल्ब किनेर कमाउनुपर्दैनथ्यो । उनले दुई घन्टा मात्र लोडसेडिङ गरिदिएको भए त्यसैबाट मनग्य कमाउन सक्ने थिए । यो उनी आफैँ भनिरहेका पनि छन् । यसरी इमानदारपूर्वक काम गरिरहँदा पनि आरोपित हुनुपर्दा मनमा बिझ्छ नै । त्यसैले दुःख र पीडाको क्षतिपूर्तिका लागि त्यो आरोप लगाउने नै तयार हुनुपर्छ । कुलमान रोए, तर हामी भन्छाँै तिमी बहादुर सिपाही हौ रुनुपर्दैन । इमानदारलाई भ्रष्टाचारी बनाएर कमाउन पल्केकाहरूलाई प्रफुल्लित भएरै जवाफ दिनुपर्छ कुलमानजी, जनता तिम्रा साथमा छन् । निर्धक्क काम गर ।