बार्सिलोनाको जितले रियल दबाबमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो । विष्ट गत असार…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

नियात्राकार दामोदर पुडासैनीको मान्यता गजबको छ । उनी भन्छन्, ‘हजार पुस्तक पढेरभन्दा एउटा यात्रा गरेर, विश्वविद्यालयमा पढेरभन्दा नयाँ ठाउँमा घुमेर नवीन ज्ञान र जीवन दर्शन फेला पार्न सकिन्छ ।’ उनको…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

एजेन्सी, बार्सिलोना   |   जेठ ०२, २०७४

स्पेनिस ला लिगाको उपाधि भिडन्त रोमाञ्चक बन्दै गएको छ । उपाधि होडमा रहेका बार्सिलोना र रियल म्याड्रिडले लगातार जित निकाल्दै उपाधि जित्ने अभियान बलियो बनाएका छन् । अन्तिम खेल खेल्न बाँकी छँदा बार्सिलोनाले लास पाल्मासलाई ४–१ ले हराएको छ । रियलले पनि बलियो मानिएको सेभिल्लालाई ४–१ ले नै पराजित गरेको छ । लिगमा साबिक विजेता बार्सिलोनाले एक खेल खेल्न बाँकी छ भने रियल म्याड्रिडले दुई खेल खेल्न बाँकी छ ।

सेल्टा भिगोसँगको खेल महत्वपूर्ण
अंकतालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले ८७ अंक जोडेको छ । दोस्रो स्थानको रियलले पनि ८७ नै अंक बटुलेको छ । यद्यपि, रियलले एक खेल कम खेलेको छ । अन्तिम खेलअघि रियलले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दै छ । सेल्टा भिगोसँग हार अथवा बराबरीमा रोकिएको खण्डमा रियललाई अन्तिम खेलमा जित निकाल्नैपर्ने अवस्था हुन्छ । रियलले सेल्टा भिगोलाई पराजित गरेको अवस्थामा बार्सिलोनाले उपाधि जित्न अन्तिम खेलमा रियलले हार व्यहोर्नुपर्छ । त्यसैले रियललाई सेल्टा भिगोविरुद्धको खेल दबाबपूर्ण हुनेछ भने बार्सिलोनालाई अन्तिम खेल महत्वपूर्ण हुन्छ । २१ मेमा हुने अन्तिम चरणको खेलमा बार्सिलोनाले एइबार तथा रियलले मालगासँग प्रतिस्पर्धा गर्नेछन् ।

जितमा रोनाल्डोको दुई गोल
अंकतालिकाको चौथो स्थानको सेभिल्लालाई पराजित गर्ने क्रममा रियलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसअघिको खेलको १०औँ मिनेटमा नाचोले गोल गर्दै रियललाई अग्रता दिलाए । सेभिल्लाका खेलाडीले फल भएको ठानेर खुला छोडेको अवस्थामा नाचोले गोल गरेका थिए । त्यसपछि सेभिल्लाका खेलाडीले विरोध जनाए पनि रेफ्रीले मान्यता दिएनन् ।

२३औँ मिनेटमा रिबाउन्डमा गोल गर्दै रोनाल्डोले रियलको अग्रता दोब्बर पारे । दोस्रो हाफ सुरु भएलगत्तै सेभिल्लाका स्टेभन जोभेटिकले गोल गरेर खेललाई २–१ को अवस्थानमा ल्याए । ७८औँ मिनेटमा रोनाल्डोले लोभलाग्दो फिनिसिङ गरेपछि रियल ३–१ ले अघि बढ्यो । रियलका लागि रोनाल्डोको यो ४०१औँ गोल हो । ८४औँ मिनेटमा प्लेमेकर टोनी क्रुसले अर्काे गोल थपेपछि रियलले ४–१ को जित पक्का गर्यो ।

एट्लेटिको तेस्रो, गिजोन रेलिगेसनमा
ला लिगाअन्तर्गत रियल बेटिससँग १–१ को बराबरीमा रोकिए पनि एट्लेटिको म्याड्रिडले तेस्रो स्थान पक्का गरेको छ । अन्तिम खेलअघि तेस्रो स्थानको एट्लेटिकोले ७५ अंक जोडेको छ । चौथो स्थानको सेभिल्लाले ६९ अंक मात्र बटुलेपछि एट्लेटिकोको तेस्रो स्थान पक्का भएको हो । तेस्रो स्थान पक्का गरेसँगै एट्लेटिको युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । यता, एइबारसँग १–० ले पराजित भएपछि स्पोर्टिङ गिजोन रेलिगेसनमा परेको छ । गिजोनले अन्तिम खेलअघि ३० अंक जोडेको छ । रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको डिर्पार्टिभो ला कुरुनाले भिल्लारियसँग गोलरहित बराबरी खेल्यो । भिल्लारियलसँग अंक खोसेकाले डिपोर्टिभो रेलिगेसनबाट बच्यो । ला लिगामा यसअघि ओसासुना र ग्रानडा रेलिगेसनमा परिसकेका छन् ।

नेमारको  ह्याट्रिक
बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउने क्रममा ब्राजिलियन फरवार्ड नेमारले ह्याट्रिक गरे । २५औँ मिनेटमा लुइस सुआरेजको पासमा गोल गर्दै नेमारले बार्सिलोनालाई अग्रता दिलाए । सुआरेजले दुई मिनेटपछि गोल गरेर बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लिए पनि ६३औँ मिनेटमा लास पाल्मासले गोल फर्कायो । केभिन प्रिन्स बोएटिङको पासमा पेड्रो बिगासले पाल्मासका लागि गोल गरेका थिए । ६७औँ मिनेटमा नेमारले इभान राकिटिकको लामो क्रसमा हेडमार्फत गोल गरेर बार्सिलोनालाई ३–१ को अग्रता दिलाए । ७१औँ मिनेटमा जोर्डी अल्बाले नेमारलाई अर्काे पास मिलाए । पासमा नेमारले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितपछि पछिल्ला चार सिजन लगातार उपाधि जितेको बार्सिलोना फेरि अर्काे उपाधिनजिक पुगेको छ । तर, त्यसका लागि दोस्रो स्थानमा रहेको रियलले बाँकी रहेका दुईमध्ये एक खेलमा हार व्यहोर्नुपर्ने हुन्छ ।