नाडाल म्याड्रिड ओपन च्याम्पियन - Naya Patrika

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए, श्रोताको साथ पाए । साँझपख एकान्तमा, तिमी…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

एजेन्सी , म्याड्रिड   |   जेठ ०२, २०७४

राफाल नाडालले म्याड्रिड ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । नाडालले अस्ट्रियन खेलाडी डोमिनिक थेइमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । उपाधिसँगै नाडालले विश्व वरीयतामा पनि सुधार गरेका छन् । सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सर्वियन खेलाडी नोभाक जोकोभिकलाई हराएर फाइनलमा स्थान बनाएका नाडाल विश्व वरीयताको चौथो स्थानमा उक्लिएका छन् । नाडालले १८ पटकका ग्रान्डस्लाम विजेता रोजर फेडेररलाई पछि परेर चौथो वरीयता हात पारेका हुन् । जसले २२ मेमा सुरु हुने फ्रेन्च ओपनमा नाडाललाई फाइदा पुग्नेछ ।

नाडालको सहज जित
थेइमविरुद्धको खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । टाइब्रेकरमा पहिलो सेट आफ्नो पक्षमा पार्ने क्रममा नाडालले ७–६ (१०–८) ले जित्दै विजयी सुरुवात गरे । दोस्रो सेटमा ६–४ विजयी भएपछि नाडालले म्याड्रिड ओपन पाँचौँपटक जित्न सफल भएका हुन् । टाइब्रेकरसम्म पुगेको पहिलो सेट जित्न नाडालले १ घन्टा १८ मिनेट लगाएका थिए । दोस्रो सेट सहज रूपमा जितेका नाडालले विश्व नम्बर सात थेइमविरुद्ध सुरुवातमा दुई ब्रेक अंक हासिल गरे ।

३०औँ उपाधिले नाडाल खुसी
नाडालले एटिपी वल्र्ड टुर मास्टर्सको उपाधि जितेको यो ३०औँ पटक हो । पूर्व विश्व नम्बर एक नाडाल अक्टुबर २०१६ मा घाइते भएपछि कमजोर बनेका थिए । घाइते भएका कारण नाडालले अघिल्लो वर्षको फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका थिए । अहिले फेरि फर्ममा फर्कन सफल भएपछि नाडालले खुसी व्यक्त गरे । फाइनलमा प्रतिस्पर्धा गरेका थेइम अबको पाँचदेखि १० वर्ष बलिया खेलाडी हुने पक्का छ । उनले उपाधिसमेत जित्नेछन् । ‘बलिया खेलाडीलाई हराएर उपाधि जित्दा खुसी लागेको छ,’ नाडालले भने, ‘मास्टर्स टेनिसको एक हजारौँ फाइनल खेल्न पाउँदा दुवै खुसी छौँ ।’

महिलातर्फको उपाधि भने रोमानियाकी सिमोना हालेपले जितेकी थिइन् । सिमोनाले क्रिस्टिना एलाडेनोभिलाई २–१ को कठिन सेटमा पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जितेकी छिन् ।

लगातार तेस्रो उपाधि
नाडालले सिजनमा लागतार तेस्रो उपाधि जितेका हुन् । म्याड्रिड ओपन जित्नुअघि नाडालले स्पेनकै बार्सिलोना ओपनको उपाधि हात पारेका थिए त्यसअघि उनले मोन्टे कार्लाे मास्टर्स उपाधि जित्न सफल भए । जारी सिजनमा नाडालले क्ले कोर्टमा कुनै पनि खेल गुमाएका छैनन् । उनले क्ले कोर्टमा खेलेका १५ वटै खेल आफ्नो पक्षमा पारेका छन् ।

नाडालले सेमिफाइनलमा साबिक विजेता सर्वियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । नाडालले जोकोभिकलाई २–० को सोझो सेटमा पराजित गरे । पहिलो सेट ६–२ ले जितेका नाडालले दोस्रो सेट पनि ६–४ ले जित्दै फाइनलमा स्थान पक्का गरे । सन् २०१४ मा फ्रेन्च ओपनको फाइनलमा हराएयता नाडालले जोकोभिकलाई पहिलोपटक हराएका हुन् ।