म्यानमारको शान्तिप्रक्रियाले गति लिने सम्भावना - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

मुआब्जा वितरण गर्न मात्र २ अर्ब ८० करोड रुपैयाँ आवश्यक नेपाली सेनाले निर्माण प्रक्रिया अघि बढाएको काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको जग्गा प्राप्ति प्रक्रियामा सेना संलग्न नहुने भएको छ ।…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

एजेन्सी, यांगुन   |   जेठ ०२, २०७४

म्यानमारको शान्तिप्रक्रियाले गति लिने सम्भावना बढेको बताइएको छ । सुकीको नेतृत्वमा रहेको संघीय शान्ति वार्ता संयुक्त समितिले जातीय विद्रोहीले राखेका कतिपय मागमा सहमति जनाएपछि शान्तिप्रक्रिया सफल हुने अपेक्षा गरिएको छ । 

गतवर्षदेखि सुरु भएको शान्तिप्रक्रिया राज्य सल्लाहकार एवं विदेशमन्त्री आङसाङ सुकीले विद्रोही पक्षसँगको वार्तामा शासनमा अधिकार दिने र अलग्गै राज्यको घोषणा गरिदिने विषयमा लचिलो बनेपछि सहमितिनजिक पुगेको हो । पछिल्लो वार्ता म्यानमारको इतिहासमा नै सफल एवं सकारात्मक हुन सक्ने अपेक्षा राखिएको राजधानी यांगुनबाट प्राप्त समाचारमा जनाइएको छ ।

आगामी मे २४ मा हुने अर्को वार्ता निर्णायक पनि हुन सक्ने अनुमान गरिएको छ । उक्त वार्तालाई शान्ति सम्मेलनको नाम दिइएको छ । सो सम्मेलनमा सरकार र विद्रोहीका तर्फबाट आ–आफ्ना माग प्रस्तुत हुनेछन् । लामो समयसम्म सञ्चालनमा रहेको सैनिक नेतृत्वको सरकारले विद्रोहीहरूको मागलाई पूरा गर्न नसकिने भन्दै आएको थियो । जसका कारण ती क्षेत्रमा हिंसात्मक घटना हुँदै आएका थिए ।

आगामी मे २४ को सम्मेलन म्यानमारको मात्र नभएर विश्वकै एक महत्वपूर्ण उपब्धिका रूपमा हुने सुकीले बताइन् । जातीय विद्रोहीले पनि यसलाई एक सफलताको उदाहरणका रूपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । तर, उनीहरूले अहिले नै पूर्ण रूपमा खुसी भइहाल्ने अवस्था भने नभएको पनि बताए ।

जातीय बाहुल्यता रहेको भनिएका स्थानमा आ–आफ्नो राज्य र शासनमा स्वायत्तताको माग गर्दै म्यानमारमा विभिन्न जातिले वर्षौंदेखि हिंसात्मक विद्रोह गर्दै आएका छन् ।