निर्वाचनमा बुढ्यौली जोस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   जेठ ०२, २०७४

कोही छोराको काँधमा चढेर गए, कोही नाति–नातिनाका हात समाएर गए । ह्विलचियरमा पनि गए कोही, कोही लौरोको सहारामा गए । जे होस्, सबैको मन उम्लियो र नै भोट हाल्न गए । पाखुरीमा बल भएका युवाको शरीर उम्लियो भने शारीरिक शक्ति गलेका बुढापाकाको मन उम्लियो । त्यसैले त, दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा भोट हाल्न हौसिए ज्येष्ठ नागरिक । उमेरले डाँडो काट्दै गर्दा लोभ के छ यिनलाई, राजनीतिक स्वार्थ के लिनु यिनले ? तर, मताधिकारको माया चौपट्ट हुँदो रहेछ । आफूलाई समस्या पर्दा र भोलिका सन्ततिको सुन्दर भविष्यका लागि भोटको शक्ति सही ठाउँमा प्रयोग गर्न मन लाग्दो रहेछ । काठमाडौं उपत्यकाभित्र ठाउँ–ठाउँबाट मताधिकार प्रयोग गरेका ज्येष्ठ नागरिकले नयाँ पत्रिकाका भवानीश्वर गौतमअर्जुन अधिकारीसँग यस्तै–यस्तै मनका भाव पोखेका छन्:

नातिले डोहोर्या‍इरहेका थिए । सेतो कमिजमाथि खैरो ज्याकेट र शिरमा भादगाउँले टोपी ढल्काउँदै आएका उनलाई हामीले सोध्यौँ, ‘बाको नाम के पर्यो ?’ बूढो छाला झोलिएको अनुहार मुसुक्क पार्दै बोले, ‘भाइचा’ । नामले मात्रै भाइ थिए उनी, उमेरले हजुरबा भइसकेको बुझ्न त दुवै कानमा लगाएका मुन्द्रा नै काफी थिए । नेवारहरूले जंगो गर्दा कानमा मुन्द्रा लगाउँछन् । हुन पनि भाइचा कुचुकार उमेरले उनी ९२ वर्ष भइसकेका रहेछन् ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय मावि केन्द्रमा मतदान गर्न आएका थिए, कुचुकार । थाकेका उनलाई धेरै सोध्नु हाम्रो रहर थिएन । तर, एउटा जिज्ञासा सोध्नैपर्ने थियो । गाह्रो हुँदाहुँदै पनि भोट हाल्न आउने रहर किन जाग्यो त बा ? प्रश्न खस्न नपाउ“दै उनले जवाफ फर्काए, ‘देशमा शान्ति कायम होस्, परेको वेला हामीजस्ता मान्छेलाई सहयोगको वातावरण बनोस् । अरू के हुनु ?’

काठमाडौंकै तारकेश्वर नगरपालिकाका लागि मतदान केन्द्र तोकिएको धर्मस्थलीमा भोट खसाल्न आएका ज्येष्ठ नागरिक कृष्णबहादुर कार्कीको जोस रहरलाग्दो थियो । कृष्णबहादुरको लवाइ र हाउभाउले उनको आधिकारिक उमेर ८४ वर्ष भन्न शंकै लाग्थ्यो । पहेँलो कुर्तामाथि खैरो स्टकोटको ‘सेट’ मिलाएका कृष्णबहादुर व्यक्तित्वलाई दाहिने हातका तीनवटा औँठी र शिरको ढाकाटोपीले उच्च बनाएको देखिन्थ्यो । यो उमेरमा पनि भरिला दाँत र प्रस्ट बोलीको मालिक बन्न पाएका उनको आँखाको कमजोरी भने पावरवाला चम्माले नै दर्शाएको थियो ।

बालाई पनि भोट हाल्न मन लागेछ है ? हाम्रो प्रश्नमा उनी जोस्सिए, ‘हाल्नैपर्यो नि, राम्रा मान्छे जिताउनुपर्छ । अझ यत्रो समयमा स्थानीय निर्वाचन हुनु त हामी जनताको जित हो नि ।’ कड्किएर बोल्ने उनको बानी रहरलाग्दो थियो । कृष्णबहादुरले थप भने, ‘लामो समयमा निर्वाचन भएकोमा म असाध्यै खुसी छु । निर्वाचन जित्ने व्यक्तिले जनताको अपेक्षाअनुसार बाटो, बत्ती, पुल र अन्य आधारभूत आवश्यकता पूरा गर्न लागून् भन्छु म ।’

कृष्णबहादुरका जोसिला कुरा सुनिरहेका थिए, अर्का ज्येष्ठ नागरिक मनोरथ डोटेल । ७८ वर्षका मनोरथलाई पनि निर्वाचनले मन तान्नुको कारण लामो समयदेखिको रहर रहेछ । ‘वर्षौँपछि आम नागरिकले आफ्नै अधिकारका लागि मत हाल्ने अवसर पाएका छौँ । यसलाई त सदुपयोग गर्नैपर्यो नि,’ लौरोको सहारामा उभिएका उनले उत्सुकतासाथ सुनाए ।

राजनीतिको एउटा पाटोले भने मनोरथको मन खुबै पोलेको रहेछ । ‘आपसी भेदभावबाट त हामी सबै मुक्त हुनैपर्छ बाबै,’ उनले चिन्ता पोखे, ‘देशभित्र आपसी भेदभावको वातावरण देखिएको छ, यसले कसलाई भलो गर्छ र ?’ आफ्नै पालामा देशमा शान्ति र सुव्यवस्था हेर्न चाहेको उनले बताए ।

पुरुषप्रधान देश भनिए पनि भोटको चासो हजुरबाहरूलाई मात्रै थिएन । हजुरआमाहरूको मन पनि उत्तिकै आतुर भयो, दुई दशकपछि आफ्नै गाउँमा सिंहदरबार ल्याउन । त्यसैले त ८६ वर्षीया दिलकुमारी तिमल्सिना छोरालाई साथ लिएर आफ्नो मतदान केन्द्रसम्म आइपुगिन् । उनले त झन् मत खसाल्नुअघि गम्भीर तर्क गरिन्, ‘हेर्नु बाबु, नतिजा के हुन्छ त म भन्न सक्दिनँ, तर देशले हार्नुहुँदैन । देश रहे मात्रै हामी रहन्छौँ ।’ २००७ देखि भोट हाल्दै आए पनि अहिलेको निर्वाचनमा थप दिल जागेको दिलकुमारीले सुनाइन् ।

धेरैमध्येबाट एउटा उम्मेदवार छान्नु छ । त्यसैले आफ्नो मतको निर्णय दिन पूर्वयोजना बनाएरै ज्येष्ठ नागरिक मैदान उत्रिए । भीडमा देखिइन्, ८५ वर्षीया रामदेवी खड्गी पनि । शरीर कमजोर छ, धानिनै गाह्रो । तर, मन दह्रो छ र त भोट हाल्ने रहरले तान्यो । बूढी आमैको विचार पनि मनै छुने । ‘मेरो भोट नागरिकबीच द्वन्द्व निम्त्याउनका लागि होइन, यसले सबैलाई एउटै मालामा गाँसिन प्रेरित गरोस्,’ रामदेवीले अपेक्षा राखिन्, ‘देशमा शान्ति छाउनेमा म आशावादी छु ।’

७६ वर्षकी निर्मला कार्कीलाई पनि उभिन गाह्रो थियो, आफ्नो गोडाको भरमा । तर, उनले आफ्नो मतलाई सस्तो ठानिनन्, सजिलै मिल्काइदिने । बरु, छोरालाई ‘हिँड् बाबु, लगिदे त्यहाँसम्म’ भन्दै हात दिइन् ।

‘अशक्त छु, तैपनि निर्वाचनमा भाग नलिन मनले मानेन,’ निर्मलाले भनिन्, ‘आपसी स्वार्थबाट माथि उठ्न निर्वाचनले सबैलाई प्रेरणा मिलोस् ।’

भोट हाल्न तम्तयार हुँदै गर्दा ८४ वर्षका हीरासिंह थापालाई भने एउटा चिन्ताले सताइरहेको रहेछ । एउटालाई भोट खसाल्दा अर्कोले पक्षपात गरेको ठान्ने हो कि भन्ने चिन्ता । तर, उनले हारजितको लडाइँमा हार्नुपर्ने उम्मेदवारलाई पनि सम्झाउन चाहे, ‘कसैले जितोस् भन्ने उद्देश्यले भोट हालेको होइन, तर एउटालाई त हाल्नैपर्छ । यद्यपि, समाज परिवर्तन होस्, सबै धर्म र जातबीच भाइचारा सम्बन्ध कायम रहोस् भनेर निर्वाचन सफल गराउन आएको हुँ ।’ आजकाल एक व्यक्तिले अर्कोलाई दुःख दिने गरेकोमा असन्तुष्टि पनि पोखे ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय मावि केन्द्रमा भोटको भोक मेट्न अगाडि बढ्दै थिए, बैसाखी टेकेका एक ज्येष्ठ नागरिक । गोडा के भयो बाको ? ६९ वर्षीय भेषराज कर्णेलले भने, ‘एक हप्ताअघि घरमै लडेर भाँचियो ।’ गोडाको भन्दा भोटकै सुर्ता भएछ उनलाई । आखिर किन ? हाम्रो प्रश्नमा उनले लामो जवाफ फर्काए, ‘१७ हजार नेपालीको बलिदानीबाट प्राप्त भएको परिवर्तन हो यो । सिंहदरबारबाट जनताले आफ्नो घर–आँगनमा सरकार लाँदै छन् । केन्द्रीकृत राज्यको अन्त्य भएको छ । यो नेपाल र नेपाली जनताको जित हो । ऐतिहासिक जितमा सहभागी नहुनु त सचेत नागरिक भएको के काम ?’

यसपटकको निर्वाचनमा वृद्धवृद्धाको सहभागिता व्यापक भयो । स्थानीय निर्वाचनको महत्व नै यही हो, युवादेखि पाकासम्म सबैलाई केन्द्रित गर्नु । किनभने, यो निर्वाचन सरकारलाई गाउँसम्म पुर्याउनका लागि हो । ७६ वर्षीया प्रेमकुमारी कार्कीको बुझाइ पनि यस्तै रहेछ । ‘विगतका निर्वाचनहरूमा पनि भोट हालियो, तर अहिलेकोजस्तो बुढापाकाको उपस्थिति त्यतिखेर पातलो थियो,’ उनले भनिन्, ‘जनताको मतलाई जनताले नै खेर जान दिँदैनन् र जनताको मत पाउनेले पनि हाम्रा लागि काम गर्नेछन्, आशावादी त हुनै पर्यो नि ।’