मतगणनाको कन्तबिजोग - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   जेठ ०२, २०७४

निर्वाचन आयोगले यसपालि पहिलो चरणको निर्वाचन अपेक्षाकृत शान्त र भव्य तरिकाले सम्पन्न गरायो । अनेक खालका अड्कल र अन्योलबीच छोटो समयमा गरिएको तयारी र निर्वाचनलाई व्यवस्थित गरिएको कुराले आयोग प्रशंसाको पात्रचाहिँ बनेको हो । आयोगका पदाधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसहित सुरक्षा अंगको सहयोगले नै यो सम्भव बनेको हो । निर्वाचनका लागि अतिआवश्यक पर्ने ऐनसमेत संसद्ले ढिलो दिएको र आयोगले तयारीका लागि मागेको एक सय २० दिनभन्दा कम समय दिइएको भए पनि जेजस्ता साधन स्रोत उपलब्ध छ, त्यसैका आधारमा गरिएको तयारीलाई राम्रो नै मान्नुपर्छ । तर, आयोगको कमजोरी मतगणनाको समयमा आएर भने लथालिंग हुने गरी पोखिएको छ । 

सामान्यतः मतदान सकिएर मतपेटिकाहरू मतगणना केन्द्रमा जम्मा भइसकेपछि तत्काल मतगणना गर्ने प्रचलन हुन्छ । यसअघिका निर्वाचनमा पनि त्यस्तै हुने गरेको हो । यसपालि भने पहिलो त निर्वाचन सकिएर मतपेटिका जम्मा भइसकेपछि तत्काल मतगणना गर्ने तयारी भएको देखिएन । धेरैजसो ठाउँमा त भोलिपल्ट पनि ढिलो गरी मतगणना आरम्भ गरियो । अर्कातर्फ मतगणना कार्य यति ढिलो र सुस्त छ कि गणक, उम्मेदवार र परिणाम जान्न उत्सुक मतदाता निराश र हैरान हुने अवस्था सिर्जना भएको छ । एक दिनमा मुस्किलले दुई हजार मत मात्र गनिएको छ, बढी गनिएको ठाउँमा ।

मतगणना कार्य यति ढिलो र सुस्त छ कि गणक, उम्मेदवार र परिणाम जान्न उत्सुक मतदाता निराश र हैरान हुने अवस्था सिर्जना भएको छ

काठमाडौं महानगरपालिकाको मतगणना यति ढिलो भएको छ कि साधारण जिज्ञासु सय मतको परिणामका आधारमा मतदानको प्रवृत्ति आँकलन गर्न बाध्य भएका छन्, मतगणना आरम्भ भएको घन्टौँपछि पनि । यस्तो देखिन्छ कि यही तालले गन्दै जाँदा धेरै मतदाता भएका महानगरपालिकामा मतगणना सक्न कैयौँ दिन लाग्न सक्छ । यसका लागि निर्वाचन आयोगले जसरी मतपत्रको ढाँचा बनायो र एउटै मतपत्रमा सात मत दिने व्यवस्था गर्यो, त्यो पनि जिम्मेवार छ । यसैगरी, मतगणना गर्ने स्थान साँघुरा र एकपटकमा थोरै ठाउँमा मात्र मत गन्दा पनि यस्तो समस्या आएको देखिन्छ ।

वास्तवमा मतगणना गर्न थोरै मतदाता भएका केन्द्रका लागि कम र बढी मतदाता भएका केन्द्रमा कर्मचारीको संख्या थपेर पनि एकैपटकमा पाँच वा सोभन्दा बढी वडामा मत गन्न सकिने गरी व्यवस्थापन गर्न सम्भव थियो । त्यसो गरेको अवस्थामा एकैपटकमा धेरै मत गनिने र परिणाम आउन पनि फटाफट हुने अवस्था बनाउन सकिन्थ्यो । तर, यस मामिलामा निर्वाचन आयोगले खासै पहिले नै ध्यान दिएको देखिएन । यस्तो लथालिंग अवस्था सिर्जना हुनुमा स्थानीय प्रशासन र निर्वाचन अधिकृतको पनि हात छ । यसैगरी, जिल्ला–जिल्लाका निर्वाचन कार्यालयले पनि यस्तो अवस्था आउन नदिन पहिले नै तयारी अवस्थामा रहनुपथ्र्यो । मतगणनासम्बन्धी व्यवस्थापन तत्काल सहज हुने गरी सुधार गर्नुपर्ने देखिन्छ ।