क्यान्सर उपचारमा एकरूपता हुने - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   जेठ ०२, २०७४

सरकारले क्यान्सर बिरामीको उपचारमा एकरूपता ल्याएको छ । अस्पतालअनुसार फरकफरक उपचार र औषधि हुने भएकाले यसमा बन्देज लगाउन सरकारले उपचार सेवा एवं शुल्कमा एकरूपता कायम गर्न तथा सस्तो बनाउन ‘क्यान्सर प्रोटोकल’ लागू गरेको छ । 

स्वास्थ्यमन्त्री गगन थापाले सेवालाई निःशुल्क गर्ने प्रयाससँगै कम खर्चिलो बनाउने उपायको रूपमा प्रोटोकल लागू गरिएको बताए । ‘क्यान्सरको उपचार फरकफरक भएका कारण सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन क्यान्सर प्रोटोकल अति आवश्यक थियो । त्यसैले कडा रोगको उपचारमा सूचीकृत भएका सबै अस्पतालमा यो प्रोेटोकल लागू गरिएको हो,’ उनले भने । थापाले प्रोटोकलले अहिले भएको भन्दा कम खर्चमा उपचार हुने र उपचार सेवामा सहजता एवं एकरूपता आउने विश्वास व्यक्त गरे ।

क्यान्सर उपचारका लागि छुट्टाछुट्टै शुल्क
सरकारले प्रोटोकलमा १७ प्रकारका क्यान्सर उपचारका लागि छुट्टाछुट्टै शुल्कको व्यवस्था गरेको छ । क्यान्सर उपचार गर्दा लिइने शुल्क, उपचारको तरिका, कुन क्यान्सरमा कस्तो औषधि दिने, कति मात्रामा दिने, कति समय दिनेलगायत विषयमा पनि प्रोटोकलमा उल्लेख गरिएको छ । कतिसम्म उपचार निःशुल्क गर्ने, कसरी गर्ने, के–के खर्च बिरामी आफँैले गर्नुपर्छ भन्नेलगायत विषय पनि प्रोटोकलमा लेखिएको छ ।

प्रोटोकल लागू भएसँगै क्यान्सर बिरामीको अबका दिनमा अस्पतालले आफूखुसी उपचार गर्न पाउने छैनन् । सरकारले थप ११ प्रकारका कडा रोगको पनि उपचारमा एकरूपता ल्याउन प्रोटोकल बनाउने तयारी थालेको छ । ‘क्यान्सरका बिरामीलाई उपचारका लागि भन्दै सरकारले एक लाख रुपैयाँ दिँदै आए पनि उपचारमा सहजता नदेखिएपछि उपचारमा एकरूपताका लागि प्रोटोकल लागू गरिएको हो,’ मन्त्री थापाले भने । प्रोटोकल नहुँदा फरकफरक अस्पतालमा चिकित्सकले फरक उपचारपद्धति, फरक औषधि, फरक खर्च गरेकाले विपन्नका लागि अव्यवस्थित भएको थियो ।