लोकतन्त्रको सानदार अभ्यास - Naya Patrika

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

  ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण पनि अमेरिकामा हुने भएको छ । नेपाल फिल्म सोसाइटी र ग्लोबल फिल्म अवार्डले संयुक्त आयोजनामा गर्न लागेको अवार्डबारे बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए, श्रोताको साथ पाए । साँझपख एकान्तमा, तिमी…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   जेठ ०१, २०७४

लामो प्रतीक्षा र अन्योलबीच हिजो ३१ वैशाखमा देशका तीनवटा ३, ४ र ६ नम्बर प्रदेशका दुई सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । दोलखा र काभ्रेका केही स्थानमा बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदानमा झन्डै ७० प्रतिशत मतदाताले आफ्नो अधिकार प्रयोग गरेका छन् । यो सम्पादकीय प्रकाशित हुने वेलासम्म केही वडाको निर्वाचन परिणाम पनि आइसकेका हुनेछन् । निर्वाचन परिणाम जसको पक्षमा गए पनि यो ऐतिहासिक राजनीतिक महायज्ञमा जनताले देखाएको उत्साहजनक सहभागिताले हाम्रो गणतन्त्रको अभ्यासलाई स्थानीय तहमा लगिदिएको छ । जनता पहिलेभन्दा अधिकारसम्पन्न भएका छन् । देशले संक्रमणकालको एउटा अँध्यारो कालखण्ड पार गरेको छ । यसरी निर्वाचन सम्पन्न गराउन लागिपर्ने सरकार, राजनीतिक दल, नागरिक समाज र समग्र मतदाता धन्यवाद र बधाईका पात्र बनेका छन् । खासगरी, निर्वाचन परिणाम आफ्नो पक्षमा नपर्ने आँकलन भइरहेको वेलामा पनि निर्वाचन आयोजना गर्ने र त्यसका लागि राजनीतिक वातावरण निर्माण गर्न महŒवपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्ड यसका लागि विशेष धन्यवादका पात्र बनेका छन् । यससँगै उनले प्रधानमन्त्री बन्ने वेला घोषित गरेका एउटा लक्ष्य लगभग पूरा गरेका छन् । अर्को चरणको निर्वाचनका लागि यो निर्वाचनको माहोलले अवश्य पनि सहयोग गर्ने नै छ । यसपछि राजनीतिक दलहरूको मुख्य ध्यान दोस्रो चरणको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

हिजो सम्पन्न निर्वाचनमा धेरैजसो तेस्रो विश्वका अविकसित लोकतन्त्रमा देखिने हिंसात्मक घटना छिटफुट देखिए । सशस्त्र गतिविधिमार्फत घोषित रूपमै निर्वाचन बिथोल्न लागिपरेको विप्लव समूहका बम र अपहरणसमेतका घटनाले निर्वाचनलाई पटक्कै असर पारेन । न उम्मेदवार तर्से, न मतदाता । यसरी हेर्दा सो अतिवादी समूह जनताबाट बहिष्कृत भएको छ । यसैगरी परम्परागत ठूला दलबीच शक्ति संघर्षले दोलखामा घटेको अप्रिय घटनाले पनि निर्वाचनलाई ठूलो असर पारेन । यस्ता आवधिक निर्वाचनलाई आफ्नो प्रतिष्ठाको मात्र नभएर जीवन–मरणको विषय बनाउने ठूला दलहरूको पित्ते मनोविज्ञान साम्य नहोउन्जेल यस्ता घटना भई नै रहनेछन् । तर, नेपालमा पछिल्ला निर्वाचनहरू अपेक्षाकृत शान्तिपूर्ण हुने गरेको र यसपालि पनि त्यसैको निरन्तरता देखिनु सुखद कुरा हो । जुन उत्साहसाथ जनताले मतदान गरेका छन्, त्यसलाई हेर्दा नेपालमा लोकतन्त्रको विधि र मूल्यहरू स्थापित हुने क्रम बढेको र त्यसले जनस्तरमा जरो गाडेको अनुभूति जो–कसैले पनि गर्न सक्छ । यसपालिको निर्वाचनको अर्को विशेषता दलहरूबीच सैद्धान्तिक र वैचारिक मतभेद साँघुरिँदै जानु पनि हो । यसको असर निर्वाचनमा गरिएको तालमेलमा देखिए । यस्तो तालमेल जुन दलले जोसँग पनि गर्न सक्ने भएकाले राजनीतिक दलहरूबीच दूरी र तिक्तता कम हुँदै जाने र स्थानीय तहमा मिलेर काम गर्न सक्ने वातावरण बन्ने अपेक्षा गर्न सकिन्छ । यसैगरी मतदाताको एउटा पंक्तिमा जसरी दलभन्दा व्यक्ति असल चाहिन्छ भन्ने मनोभावना देखियो, त्यसले स्थापित दलहरूलाई अवश्य पनि चुनौती महसुस भएको हुनुपर्छ । वास्तवमा जनता परिवर्तन व्यक्ति, दल र अनुहारसहित व्यक्तिको क्षमता र योग्यतामा पनि चाहन्छन् भन्ने सन्देश विस्तारै प्रवाहित भएको छ । यसलाई दलहरूले सकारात्मक चुनौतीका रूपमा ग्रहण गरे भने हाम्रो लोकतन्त्र बढी परिष्कृत हुनेछ ।