कपडामा टाँसिएको चुइगम हटाउने सजिलो तरिका - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ३०, २०७४

चुइगम चपाउनु जति आनन्ददायक हुन्छ, त्यसको रस सकिएपछि व्यवस्थापन गर्न त्यति नै झन्झटिलो मानिन्छ । धेरैले चुइगमको रस सकिएपछि बाँकी रहेको छोक्रा जहाँ पायो त्यहीँ फाल्ने या टाँसेर छाडिदिने गर्छन् । यस्तो चुइगम कपडामा टाँसिएमा हटाउन भने निकै नै समस्या हुन्छ । जसले गर्दा महँगो मूल्यमा खरिद गरेको पहिरन लगाउनै नपाउने अवस्था उत्पन्न हुन सक्छ । चुइगमलाई कपडाबाट हटाउने तरिका थाहा नहुँदा झनै यस्तो समस्या हुने हो ।  टाँसिएको  चुइगमलाई कपडामा असर नपर्ने गरी हटाउने केही तरिका यस्ता छन् :

चुइगम टाँसिएको कपडालाई हेयर ड्रायरको मद्दतले सजिलै हटाउन सकिन्छ । ड्रायरबाट निस्कने तातो हावाले चुइगमको ग्लु कमजोर बनाइदिन्छ । तर, ड्रायर चलाउँदै गर्दा आफ्नो हात र कपडालाई तातोको जलनबाट भने जोगाउनुपर्छ । सिल्कको कपडामा चुइगम टाँसिएको छ भने यो विधि प्रयोग नगर्नु नै उत्तम हुन्छ ।

चुइगम लागेको स्थानमा लन्ड्री साबुन प्रयोग गरेर पनि हटाउन सकिन्छ । चुइगम टाँसिएको स्थानमा लन्ड्री साबुन लगाएपछि टुथब्रसको मद्दतले चुइगम लागेको स्थानमा रगड्ने । यसलाई निरन्तरता दिँदा चुइगमको ग्लु कमजोर हुन्छ र कपडा सफा हुन्छ ।

चुइगम लागेको कपडामाथि कार्डबोर्ड राख्ने । त्यसमाथिबाट तातो आइरनले कपडा प्रेस गर्ने । तातो आइरनले गर्दा चुइगमको टाँसिने शक्ति कमजोर बनाइदिन्छ । जसले गर्दा चुइगम कपडाबाट छुट्टिन्छ र कपडा सफा हुन्छ ।

कपडामा लागेको चुइगम हटाउन आइस प्याक पनि उपयोगी हुन्छ । त्यस्तो कपडालाई दुईवटा आइस ब्यागको बीचमा राख्ने । धेरै चिसोले गर्दा चुइगम निकै कडा हुन थाल्छ । निकै कडा भएपछि चुइगम आफैँ कपडाबाट छुट्टिएर खस्छ ।

सफा भाइनेगरलाई तातो बनाएर चुइगम टाँसिएको स्थानमा रगड्ने । यसो गर्दा पनि सजिलै कपडाबाट चुइगम हटाउन सकिन्छ ।