भारतीय अदालत भन्छ : तीन तलाक खराब र अवाञ्छनीय - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  रेसुंगा नगरपालिकामा १४ वडामध्ये ९ वटा वडाको अहिलेसम्म कार्यालय टुङ्गो लागेको छैन् । कार्यालय नहुँदा जनप्रतिनिधिको पदभार ग्रहणसमेत रोकिएको छ । ‘कार्यालय टुङ्गो छैन, सबै जना नगरपालिकामै थुप्रिन्छौ, जनताका…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले जितेका छन् । उनको बिबाहमा खिचेको तस्बिर पहिलो बनेको हो । फोटोग्राफर सापकोटाले क्यानन ६ डि क्यामेरा समेत जिते…
पूरा पढ्नुहोस् »

  उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण अस्वस्थ आहार सेवन गर्नु हो । सोही कारण खानपिनमा सुधार गरे अधिकांश व्यक्तिमा विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै प्रेस सचिव स्पाइसरले राजीनामा दिएका हुन् । संस्थाभित्र फेरबदलका कारण…
पूरा पढ्नुहोस् »

सात करोड ६० हजार पाउन्ड खर्चंदै चेल्सीले गर्‍यो अल्भारो मोराटासँग पाँच वर्षको सम्झौता इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले शनिबार रियल म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई भित्राएको छ । चेल्सीले सात करोड…
पूरा पढ्नुहोस् »

संसद्का विभिन्न समितिबीच कार्यक्षेत्र र क्षेत्राधिकारको विषयलाई लिएर पटक–पटक किन विवाद हुन्छ ? यस्तो हुनु भनेको समितिको सभापतिसँग राम्रो ज्ञान नभएर हो । आफ्नो समितिको क्षेत्राधिकारबारे राम्रो ज्ञान सभापतिसँग हुनुपर्छ…
पूरा पढ्नुहोस् »

  ‘दिनभरको काम सकेर बेलुकी कुट्न थालेको धान मध्यरातमा चामल बन्थ्यो । गाउँलेको रातको निन्द्र र दिनको भाक हरण गरेको ढिकी जाँतोको जिन्दगीले अहिले अराम पाएको छ’ आठराई गाउँपालिका–२, खाम्लालुङका…
पूरा पढ्नुहोस् »

नेपालमा संघीयता अभ्यासको क्रममा छ । संविधानले नेपालमा तीन तहको सरकारको परिकल्पना गरेको छ । तीमध्ये स्थानीय तह मात्र त्यस्तो एकाइ हो, जसका प्रमुख उपप्रमुखसहित सबै कार्यकारी प्रत्यक्ष रूपमा जनताको…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

एजेन्सी , नयाँदिल्ली   |   बैशाख ३०, २०७४

तीन तलाक वाञ्छनीय नदेखिएको सर्वोच्च अदालतको भनाइ

भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायको ‘तीन तलाक’ प्रथा खराब भन्दै त्यसकै आधारमा सम्बन्धविच्छेद अवाञ्छनीय भएको ठहर गरेको छ । मुस्लिम पुरुषले तीनपटक तलाक शब्द उच्चारण गरेर तत्काल सम्बन्धविच्छेद गर्ने विवादास्पद परम्परालाई चुनौती दिँदै अदालतमा पेस निवेदनका चाङको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतले त्यस्तो सम्बन्धविच्छेद अवाञ्छनीय भएको जनाएको हो । ‘तलाक’ दिने अभ्यास मुस्लिम धर्मको आधारभूत तत्व भए-नभएको विषयमा अदालतले बिहीबारबाट पुनरावलोकन सुरु गरेको थियो ।

तलाकका आधारमा विवाह बदर अवाञ्छनीय
‘मुस्लिम समुदायमा तीन तलाक अभ्यास विवाह बदरका लागि वाञ्छनीय देखिँदैन,’ प्रधानन्यायाधीश जेएस खिहरले नेतृत्व गरेको पाँच सदस्यीय इजलासले भनेको छ । पूर्वकेन्द्रीयमन्त्री तथा वरिष्ठ अधिवक्ता सल्मान खुर्सिदले तलाक न्यायिक छानबिनको विषय नभएको र महिलाले पनि तीन तलाकप्रति  असहमति जनाउन पाउने अधिकार रहेको बताए । सो विषययमा निरन्तर सुनुवाइ भइरहेको अदालतले जनाएको छ । सर्वोच्चको इजलासमा हिन्दू, शिख, क्रिस्चियन, जैन र मुस्लिम धर्मबाट प्रतिनिधित्व गर्ने पाँच न्यायाधीश छन् ।

सूची तयार पार्न निर्देशन
सुनुवाइ गर्नुपूर्व सर्वोच्च अदालतले तीन तलाकको अभ्यासमा प्रतिबन्ध लगाइएका मुस्लिम र गैरमुस्लिम देशहरूको सूची तयार पार्न खुर्सिदलाई निर्देशन दिएको थियो । खुर्सिदले पाकिस्तान, अफगानिस्तान, मोरक्को र साउदी अरबजस्ता मुस्लिम बाहुल्यता रहेका देशमा सम्बन्धविच्छेदका लागि पुरुषले दिने तीन तलाकमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएका थिए ।

संविधानको प्रस्तावनाविपरीत
तीन लताक संविधानको प्रस्तावनाविपरीत भएको अधिवक्ता राम जेथमालनीले तर्क छ । ‘तीन तलाक विभेदपूर्ण छ । यो पक्रिया मुस्लिमहरूको पवित्र ग्रन्थ कुरानको सिद्धान्तविपरीत पनि छ । कुनै पनि अभियानले यस अपराधपूर्ण प्रथालाई जोगाउन सक्दैन । यो प्रथा संविधानको प्रस्तावनाविपरीत छ,’ उनले भने । पत्नीलाई पूर्वपत्नी बनाउन कुनै कानुनले अनुमति नदिएको बताउँदै तलाक प्रथा असंवैधानिक भएको उनले बताए ।

सुनुवाइको समर्थन र विरोध
मुस्लिम समुदायमा पतिले तीनपटक तलाक शब्द उच्चारण गरेकै आधारमा पत्नीसँग सम्बन्धविच्छेद हुने केही सीमित मुलुकमध्ये भारत पनि एक हो । यस अभ्यासले महिलामाथि विभेद गरेको पीडित महिला र अधिकारवादीले गुनासो गर्दै आएका छन् । धार्मिक मामिलामा अदालतले हस्तक्षेप गरेको भन्दै केही मुस्लिम समूह अदालतको सुनुवाइ पक्रियाप्रति असन्तुष्ट छन् । तर, पीडित महिलाले भने अदालतको प्रारम्भिक सुनुवाइमा खुसी जनाएका छन् । अदालतले पारम्परिक लामो अभ्यास उल्टाइदिने उनीहरूले अपेक्षा गरेका छन् ।

ट्रिपल तलाक दिएर सम्बन्धविच्छेद गर्ने संस्कार सदियौँदेखि मुस्लिम समुदायमा प्रचलित भए पनि मुस्लिमहरूको सारिया कानुन र मुस्लिम धर्मग्रन्थ कुरानमा भने उल्लेख नभएको स्वयं मुस्लिम विद्वान्हरू बताउँछन् ।

समानताको अधिकार उल्लंघन
पीडितका तर्फबाट वकालत गर्दै वरिष्ठ अधिवक्ता राम जेथमालनीले संविधानअनुसार तीन तलाक कानुनविपरीत भएको बताए । ‘तलाकको अधिकार पतिलाई मात्र छ, पत्नीलाई छैन ।

यसले संविधानको धारा १४ मा उल्लिखित समानताको अधिकार उल्लंघन गरेको छ,’ जेथमालनीले भने । ‘सम्बधविच्छेदलाई अनुमति दिएर तलाकलाई पवित्र बनाउन सकिँदैन । एकपक्षीय रूपमा विवाह अन्त्य भएको घोषणा घृणात्मक भएकाले यो अभ्यास त्याग्न लायक छ,’ उनले भने ।