दक्षिण कोरियाका राष्ट्रपतिलाई १४ दिन नेपाल घुमाउँदा...
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो । विष्ट गत असार…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

नियात्राकार दामोदर पुडासैनीको मान्यता गजबको छ । उनी भन्छन्, ‘हजार पुस्तक पढेरभन्दा एउटा यात्रा गरेर, विश्वविद्यालयमा पढेरभन्दा नयाँ ठाउँमा घुमेर नवीन ज्ञान र जीवन दर्शन फेला पार्न सकिन्छ ।’ उनको…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ३०, २०७४
राष्ट्रपति मुनसँग ट्रेकिङ गाइड लामिछाने ।

डेमोक्र्याटिक पार्टीका नेता मुन जाए इन दक्षिण कोरियाको नयाँ राष्ट्रपति चुनिएपछि विश्वभर चर्चा छ । यो मानेमा कि उनी उदारवादी नेता हुन्, उत्तर कोरियासँगको सम्बन्धको सवालमा पनि । मानवअधिकारवादी वकिलसमेत रहेका मुन सन् २०१२ मा पूर्वराष्ट्रपति पार्क गुन हेसँग पराजित भएका थिए । तर, उनै पार्क भ्रष्टाचार प्रकरणमा दोषी ठहरिएपछि ताजा मतमार्फत नयाँ राष्ट्रपतिको पद मुनकै काँधमा आइपुग्यो । स्मरण रहोस्, सन् १९७० को दशकमा पार्कका पिता अर्थात् तत्कालीन सैनिक शासक पार्क चुङ हीविरुद्ध प्रदर्शन गर्दा मुन जेलको छिँडीमा पुगेको राजनीतिक इतिहास छ । शान्तिप्रिय राष्ट्रपति मुन नेपालप्रिय उत्तिकै छन् । दुईपटक नेपाल भ्रमणमा आइसकेका उनी पछिल्लोपटक जुन २०१६ मा आए । त्यतिवेला मुनलाई १४ दिनसम्म घुमाउने व्यक्ति थिए, भक्तराम लामिछाने । नयाँ पत्रिकासँग ट्रेकिङ गाइड लामिछानेले राष्ट्रपति मुनसँगको यात्रा, बसाइ र उनको स्वभावबारे अनुभव सुनाएका छन् :

दक्षिण कोरियाका फोटो पत्रकार थाक जे ह्यन्गसँग मेरो पुरानै चिनजान थियो । उनले मलाई आफ्नो देशका एक उच्च नेताले नेपाल भ्रमण गर्न चाहेको र सघाउन अनुरोध गरे । उनले प्रस्ताव गरेका व्यक्ति थिए, भर्खर राष्ट्रपति चुनिएका मुन जाए इन । नेपालमा भूकम्पपछिको क्षति बुझ्न चाहेको र हिमाली क्षेत्रमा ट्रेकिङ पनि गर्न चाहेको भन्दै मुनको भ्रमणका लागि सम्पूर्ण व्यवस्था मिलाइदिन भने । ह्यन्ग मुनको टिमका फोटो पत्रकार हुन् । पेसाले ट्रेकिङ गाइड नै रहेको मलाई दक्षिण कोरियाका प्रभावशाली नेतालाई नेपाल घुमाउने जिम्मेवारी आउनु खुसीकै कुरा थियो । मैले भ्रमणको प्याकेज तयार पारेर खबर गर्ने वचन दिएँ ।

पहिलो भ्रमणमा घोरेपानी–पुनहिल मार्गमा ट्रेकिङ गरेका रहेछन्, मुनले । त्यसैले मैले यसपटक लाङटाङ–गोसाइँकुण्ड–धुन्चे ट्रेकिङ मार्ग रोजेँ । त्यही यात्राका क्रममा भूकम्पले भत्काएका संरचना देखाउने योजना बनाएँ र काठमाडौंमा पनि ऐतिहासिक क्षेत्र घुमाउने लिस्ट तयार पारेँ । तयार पारेको प्याकेज ह्यन्गलाई पठाएँ । मेरो प्रस्ताव दायाँ–बायाँ नगरी ‘ओके’ भयो । मुनसहित चारजनाको टोली नेपाल आउने कुरा भयो ।

नुवाकोटको बेलकोटस्थित आरुखर्क माविमा मुनको स्वागत ।

१३ जुन २०१६ मा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुअगावै स्वागतका लागि प्रतीक्षारत थिएँ । टोलीको आगमनलाई मैले स्वागत गरेँ । त्यहाँको भाषामा दख्खल राख्ने भएकाले मुनसँग सीधा कुरा गर्न मलाई कुनै अप्ठ्यारो थिएन । तर, पहिल्यै थाहा थियो, उनी कोरियामा पूर्वराष्ट्रपति पार्कका कारण निम्तिएको राजनीतिक तनावबाट टाढिएर शान्ति खोज्न पनि नेपाल आएका थिए । आफ्नो नेपाल भ्रमण गोप्य राख्न चाहन्थे उनी । त्यसैले विशिष्ट नेता मुनले बासस्थानका लागि काठमाडौंको फाइभस्टार होटेल रुचाएका थिएनन् । उनकै इच्छाअनुसार मैले काठमाडौंनजिकै पुरानो शैलीको होमस्टेमा बासस्थान तयार गरिसकेको थिएँ । सामान्य कुराकानी र खानपिनपछि पहिलो रात बित्यो ।
भोलिपल्ट सामान्य जिप चढेर काठमाडौं छाड्दै नुवाकोट प्रवेश गरियो । पूर्वनिर्धारित प्याकेजअनुसार मैले नुवाकोटको बेलकोट लैजाँदै थिएँ । भूकम्पले ध्वस्त बेलकोटस्थित आरुखर्क माविसम्म पुर्याउनु थियो । त्यहाँ पुगेपछि उनले पुनर्निर्माण भइरहेको स्कुलमा भोलेन्टियर बनेर दुई घन्टा श्रमसेवा गरे । यसबाहेक काठमाडौंबाटै लगिएको एक लाख रुपैयाँबराबरको विज्ञान विषयको प्रयोगात्मक सामग्री हस्तान्तरण गरे।

सकाउनुपर्ने यात्राअनुसार समय निकै कम थियो । त्यही दिन जिपमा रसुवाको स्याफ्रुबेँसी पुगियो । त्यो रात स्याफ्रुबेँसीमै बित्यो । पहिलो दिनको लामो यात्रामै मुनबारे म अचम्मित भएँ । त्यो स्तरको कुनै पनि विदेशी नेता सामान्य जिपमा चढेर कच्ची बाटोको पीडा स्विकार्दै यात्रा गर्न सायद आनाकानी गर्छ । तर, मुनले त यात्रापछि समेत कुनै पीडा या दुःखेसो पोखेनन् । दुःख सहन सक्ने उनको तागत प्रभावित पार्ने खालको थियो ।

१५ जुनदेखि ट्रेकिङ सुरु भयो, स्याफ्रुबँेसीबाट । घोरेपानी–पुनहिल ट्रेकिङ गरिसकेकाले होला, उनमा आत्मविश्वास प्रस्टै देखिन्थ्यो । सामान्य कपडा लगाएर साधारण स्पोर्ट सुजमै मुन हि“ड्न तयार भए । जबकि सधैँ ट्रेकिङ गाइड गर्ने हामी लवाइमा निकै व्यवस्थित थियौँ । कोरियाबाट आएको टोलीमा नेपालबाट मसहित नौजना थपिएका थियौँ ।

ट्रेकिङको पूरा अवधि ११ दिनको थियो । स्याफ्रुबेँसी हुँदै रुटका विभिन्न खण्ड पार गर्दै गोसाइँकुण्ड पुगिएको थियो । भूकम्पले पूरै गाउँ भत्किएर सयौँ पुरिएका बस्ती नियाल्दै, भूकम्पकै कारण भत्किएको रुट पन्छाउँदै यात्रा गरिएको थियो । यो अवधिमा मुनको आनीबानी नजिकबाट बुझ्ने मौका मिल्यो ।

उनी खासै धेरै नबोल्ने स्वभावका रहेछन् । रसरंगका कुरा त गर्दै नगर्ने । छोटो र ठिक्क कुरा मात्रै गर्ने, आफू थोरै बोल्ने र अरूका कुरा सुन्ने गर्दा रहेछन् । ठट्टाभन्दा पनि अरूका दुःखका कुरा सुनेर गम्भीर बन्ने गर्दा रहेछन् । यात्रामा उनले आफू जेल पर्दाको कहानी पनि सुनाए । १९७० को दशकमा तत्कालीन आर्मी शासनले आर्मीको कडा कोर्स गर्न लगाएको रहेछ । ट्रेकिङ रुट आसपासका घरहरू नराम्रोसँग भत्किएको देखेपछि उनी टक्क अडिन्थे । एक टकसँग नियाल्थे र तथ्य बुझ्न चाहन्थे । घटनाको विवरण सुनेपछि निराश हुन्थे ।

भूकम्पपछि लाङटाङ क्षेत्रमा लजहरू पुनर्निर्माण भएका थिएनन् । समस्या धेरै थियो । तर, मुनले बसाइको असहजता कहिल्यै व्यक्त गरेनन् । यात्रामा उनलाई कोरियन खानाको समेत व्यवस्था गरेका थियौँ । तर, उनले खान रुचाएनन् । नेपाली स्वादमै जोड गरे । कोरियनका लागि वाइन पिउनु चिया पिएजस्तै हो । हामीले ब्रान्डेड रक्सीको व्यवस्था पनि मिलाएका थियौँ । तर, नेपाली घरेलु रक्सीकै स्वाद लिए । राति सुत्नुअघि एक पेग मात्रै लिन्थे । खासमा यात्रामा कसैसँग ठूलो व्यवहार देखाएनन् । जहिल्यै टोलीसँगै बसेर सामूहिक खाना खान रुचाउँथे ।

ट्रेकिङ रुटमा भेटिएका स्थानीयलाई उनी नमस्कार गरिरहन्थे । नेपालीले स्वागतस्वरूप हाँस्दै नमस्कार फर्काएपछि निकै खुसी हुन्थे । नेपालीको यही बानी बढी मनपर्ने सुनाउँथे । भत्किएका घरमा हाँसिरहेका नेपाली देख्दा उनी प्रभावित हुन्थे र भन्थे, आहा ! दुःखमा पनि कस्तो रमाउन सकेका । मुनले यात्राभर व्यक्तिगत काम कहिल्यै अरूलाई लगाएनन् ।

गोसाइँकुण्डमा एक–दुई घन्टा मात्रै बस्ने र तल लौरिबिनामा झरेर बास बस्ने प्याकेज योजना थियो । तर, गोसाइँकुण्ड पुगेपछि मुन तल झर्नै मानेनन् । मोहित भए उनी । उनकै जोडबलमा त्यो रात माथि नै बसियो । यात्रामा सबैभन्दा आनन्द गोसाइँकुण्डमै लागेको उनले सुनाएका थिए । ट्रेकिङको अन्तिम दिन धुन्चेमा खसी नै काटेर खुवाइयो । नेपाली स्वादमा बनाएको खसीको मासु खुब मन पराए । तर, फोटो खिच्न भने खासै सौखिन रहेनछन् । समय मिल्यो भने किताब पढ्न रुचाउने स्वभाव रहेछ ।

०००
ट्रेकिङ सकाएर २६ जुनमा काठमाडौं फर्कियौँ । दरबार स्क्वायर, असन र स्वयम्भूमा पनि घुमाइदिएँ । वनस्थलीमा रहेको एउटा बालगृहमा खाद्यान्न सहयोग गर्न पुगे । दरबार स्क्वायर घुम्दा उनी निराश भए । किनभने, पहिले देखेको दरबार यसपटक भूकम्पले क्षतिग्रस्त भएको थियो । असन घुम्ने उनकै इच्छा थियो । इन्द्रचोकमा लस्सी खाएका उनले असनमा नेपालको चिनो भन्दै एउटा सर्ट किने । चरेसका थाल र ढलौटका कचौरा पनि किने । असनमा किनेको त्यो सर्ट उनले कोरियामा टेलिभिजन अन्तर्वार्ताहरूमा लगाउने गरेको पनि फोटोमा देखिन्छ । २९ तारिखमा भुटानका लागि काठमाडौं छाड्दाछाड्दै मुनले मौका मिल्दा फेरि नेपाल भ्रमण गर्ने बताएका थिए ।

लाङटाङ–गोसाइँकुण्ड–धुन्चे ट्रेकिङका क्रममा स्याफ्रुबेँसीमा ।
रसुवा जिल्लाको पहिरो भन्ने ठाउँमा भूकम्पले भत्काएको संरचना नियाल्दै ।
ट्रेकिङ गर्ने क्रममा रिभरसाइड रसुवामा ।
भूकम्पमा लाङटाङमा मृत्यु भएकाको सम्झनामा गाउँलेले बनाएको स्मृति पार्कमा वृक्षरोपण गर्दै मुन । उनले पार्क निर्माणका लागि १० हजार रुपैयाँ सहयोग पनि गरेका थिए ।
गोसाइँकुण्ड नजिकैको लौरिविनायकमा ।
गोसाइँकुण्डको मनोरम दृश्य हेर्दै, आराम गर्दै ।
ट्रेकिङको अन्तिम दिन धुन्चेमा सामूहिक खाना खाँदै ।
पृष्ठभूमिमा काठमाडौंको दृश्य देखिने गरी स्वयम्भूमा फोटो खिचाउँदै ।
लाङटाङमा भूकम्पमा परी मृत्यु भएकाको शोकमा मौनधारण गर्दै मुन ।