चुनावलाई शान्तिपूर्ण बनाऊ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

मुआब्जा वितरण गर्न मात्र २ अर्ब ८० करोड रुपैयाँ आवश्यक नेपाली सेनाले निर्माण प्रक्रिया अघि बढाएको काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको जग्गा प्राप्ति प्रक्रियामा सेना संलग्न नहुने भएको छ ।…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख २९, २०७४

स्थानीय तहको निर्वाचन आउन दुई दिन मात्र बाँकी छ । निर्वाचन प्रचार प्रसार गए रातिदेखि नै बन्द भएको छ । अब मतदाता अन्तिम निर्णयको तयारीमा छन् । निर्वाचन प्रचारको दशदिने धपेडीबाट सुस्ताउँदै उमेदवार र तिनका कार्यकर्ता या राजनीतिक दलहरू आ–आफ्ना समर्थकले निर्धक्क मत दिने वातावरण बनोस् भनेर तयारीमा लागेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनको अन्तिम तयारी गरिरहेको छ । अहिलेसम्मको स्थिति हेर्दा ३१ वैशाखमा हुने मतदान प्रक्रिया शान्तिपूर्ण हुने आशा गर्न सकिन्छ । अहिलेसम्म घटेका घटना हेर्दा विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचन शान्तिपूर्ण नै रहेको मान्नुपर्ने हुन्छ । हरेक ठूला दलले यो या त्यो ठाउँमा गठबन्धन गरेकाले पनि यस्तो देखिएको हुन सक्छ । साथै, बिस्तारै नेपालका राजनीतिक दल र मतदातामा लोकतान्त्रिक अभ्यासलाई सहज रूपमा लिने संस्कृतिको विकास भएको पनि हुन सक्छ ।

गुन्डागर्दी र दलका कार्यकर्ताको छिटफुट भिडन्तलाई वेलैमा नियन्त्रण गर्न सकिएन भने निर्वाचनमा निर्भयतासाथ मतदान गर्ने अवस्था खल्बलिन सक्छ

तर, निर्वाचनको एक–दुई दिनअघि प्रतिस्पर्धी दलका कार्यकर्ताबीच भएको झडपले भने निर्वाचन शान्तिपूर्ण बनाउन राजनीतिक दल र सुरक्षा निकायले अझै मिहिनेत गर्नैपर्ने देखाउँछ । यसबीच स्याङ्जा, रुकुम, दोलखा, गोर्खालगायतका जिल्लामा विभिन्न दलका कार्यकर्ताबीच भएका झडपका क्रममा एकजनाको मृत्यु भइसकेको छ भने अरू कैयौँ घाइते भएका छन् । निर्वाचन बिथोल्न कस्सिएर लागेको विप्लव समूहका तर्फबाट घटाइएका छिटफुट घटनाले केही त्रासको वातावरण सिर्जना गर्न खोजे पनि त्यो असफल भएको छ । तर, जब प्रतिस्पर्धी दलका कार्यकर्ता भिड्न थाल्छन्, त्यसले चर्को तनाव सिर्जना गर्छ । एक ठाउँमा हुने उत्तेजनात्मक भिडन्तले देशैभरि एक–आपसमा तनाव सिर्जना गर्ने भएकाले यस्तो झडपले एउटा मनोवैज्ञानिक समस्या सिर्जना गर्छ, जसले निर्वाचनका वेला मतदानस्थलमा समेत समस्या उब्जाउन सक्छ ।

नेपालमा निर्वाचनका वेला छिटफुट हिंसा हुने गरेको पञ्चायतकालदेखि नै हो । खासगरी उम्मेदवारले प्रतिपक्षको मनोबल कमजोर बनाउन तथा प्रचार आतंक र भयका माध्यमबाट आफ्नो वर्चस्व देखाउन युवालाई परिचालन गर्दा यस्तो तनाव सिर्जना हुने गरेको छ । पहिले गुन्डा या ‘डन’हरू परिचालित गरिन्थे । सत्तारुढ दलले गुन्डालाई संरक्षण दिएर परिचालन गर्ने चलनै बसेको थियो । पछि दलका युवा संगठनलाई नै यसमा प्रयोग गर्न थालियो । यसरी परिचालित हुने युवा साना हतियार लिएर सित्तैमा पाएको मोटरसाइकल चढेर र नेताले प्रायोजन गर्ने रक्सी पार्टीमा सामेल भएर मात्तिन्छन् र आक्रमणमा उत्रिन्छन् । दोलखामा भएको हत्याकाण्ड सेलाउन नपाउँदै चरिकोटमा पुगेका युवाको एउटा समूहले आतंक फैलाउने खतरा महसुस गर्दै प्रहरीले नियन्त्रणमा लिएको समाचारले कसरी युवालाई गलत काममा प्रयोग गरिँदै छ भन्ने थाहा हुन्छ । यसलाई वेलैमा नियन्त्रण गर्न सकिएन भने निर्वाचनमा अशान्ति हुन सक्ने र निर्भयतासाथ मतदान गर्ने अवस्था खल्बलिन सक्ने सम्भावना छ । यसका लागि राजनीतिक दल र सुरक्षा निकायले संयुक्त प्रयास गर्न आवश्यक छ ।