टानका अध्यक्ष रिजाल भन्छन् ‘पर्यटनबाट देशको कायापलट सम्भव छ’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

संविधान निर्माण र संशोधन राजनीतिक मुद्दा हो । राजनीतिक विचारको सम्मिश्रण र दलहरूको सहमतिमा संविधान निर्माण हुने हो । खासगरी जनप्रतिनिधिले संविधानसभाका माध्यमबाट निर्माण गर्ने संविधान सम्झौताको दस्ताबेज नै हो…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

चन्द्र रिजाल, पर्यटन व्यवसायी एवं टानका अध्यक्ष   |   बैशाख २८, २०७४

पर्यटकलाई आकर्षित गर्न संग्रहालय निर्माण गर्न सकिन्छ । त्यहाँबाट उठेको रकमले त्यही ठाउँको विकास गर्दै अगाडि बढ्ने हो भने पर्यटन क्षेत्रमा कायापलट सम्भव छ । दुर्भाग्य, त्यसतर्फ सरकारको ध्यान गएको छैन । हामीले सोचेजस्तो, देखेजस्तो कुरा सपनामा मात्र सीमित भएको छ ।

तस्विरः चन्दकला क्षेत्री

पर्यटन क्षेत्रमा धेरै सम्भावना छन् । तर, समयसापेक्ष ढंगले ऐन, कानुन नबन्ने र भएका नियमकानुनलाई पनि कार्यान्वयन नगर्ने परिपाटीले गर्दा पर्यटन ल्याउने मात्र होइन, व्यवसाय गर्ने मानिसलाई पनि अप्ठ्यारो भएको छ । यही कारणले गर्दा बोलेको जति कुरा व्यवहारमा उतार्न नसकेको स्थिति छ । अन्य मुलुकमा कुनै नयाँ क्षेत्रको सम्भावना देखियो भने त्यसको नियम कानुन बनाइहालिन्छ । त्यसले मानिसलाई आकर्षित गर्ने, प्रभावित गर्ने गरिन्छ । फेरि अप्ठ्यारो भयो भने त्यसलाई प्रतिस्थापन गर्ने गरी अर्को नियमकानुन बनाइन्छ । तर, हाम्रो मुलुकमा त्यो छैन ।

हिमालमा किन निषेधित क्षेत्र ?
०३५ देखि बनेको पर्यटन ऐन अहिलेसम्म छ । नियमावली त्यही छ । काम गर्नका लागि वातावरण हुनुपर्छ । जस्तो व्यवसायीलाई सहज ढंगले ऋणको व्यवस्था गर्ने, आएका पर्यटकलाई सहज ढंगले घुमाउने वातावरण, कर प्रणालीलाई समयसापेक्ष परिवर्तन आवश्यक छ । तर, हाम्रोमा एकपटक कानुन बनेपछि त्यो पचासौँ वर्षसम्म कायमै हुन्छ । त्यसले कति हानि ग¥यो भन्ने अध्ययनसमेत हुँदैन । नेपालमा पर्यटनका धेरै सम्भावना हुँदाहुँदै पनि कानुनकै कारण नेपाल पर्यटकीय देश हो र पर्यटनकै कारण देशको आर्थिक अवस्था सबल बनाउन सकिन्छ र जनताको जीवनस्तर उकासिन्छ भन्न सकिएको छैन । जस्तै नेपाल र भारत, नेपाल र चीन तथा चीन र भारतबीच विगतमा झगडा थिए । यो बीचमा त्यो रहेन । हाम्रोमा खुला सिमाना हुँदाहुँदै पनि उच्च हिमालमा पर्यटक लाने अवस्था छैन । त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ । चीन र भारतको सीमामा निषेधित क्षेत्र हुनु नपर्ने अनि हाम्रो हिमालहरूमा चाहिँ निषेधित क्षेत्र किन हुने ? निषेधित क्षेत्र हुनेबित्तिकै त्यहाँ सहज ढंगले काम गर्ने वातावरण बन्दैन । त्यसकारण त्यो क्षेत्रमा पर्यटक लान सकिँदैन । एउटा गन्तव्य फोहोर भयो, असुरक्षित भयो, भूकम्पले क्षति ग¥यो भने अर्को गन्तव्यमा लानुपर्छ । किनभने नेपालमा प्रायः उस्तैउस्तै हिमाल छन् । अथवा मानिस एउटामा दिक्क लाग्यो भने अर्कोमा जान चाहन्छ ।

राज्यको सहयोगी भूमिका भएन
पर्यटन पदयात्राकै महत्वपूर्ण गन्तव्य हो नेपाल । यहाँ जस्तोसुकै पदयात्रा पनि गर्न सकिन्छ । अत्यन्तै जोखिमपूर्ण, मध्यम स्तरको र जोखिममुक्त यात्रा गर्न सकिने पहाड तथा विभिन्न किसिमका हिमाल छन् । उच्च हिमाली क्षेत्रमा जाने मानिस मरिराखेका छन् । त्यसको जोखिम छ । किनभने हाम्रोमा को कहाँ छ भनेर हेर्ने संयन्त्र छैन । विश्वका अरू मुलुकमा त्यो सुविधा छ । को मानिस कहाँ हिँडिराखेको छ, के गरिराखेको छ, त्यसलाई हेर्ने ट्र्याकिङ सिस्टम छ । त्यसकारण पनि सुरक्षाका दृष्टिकोणले, सूचनाको दृष्टिकोणले पनि गाइड आवश्यक छ । त्यसले रोजगारीको पनि विकास हुन्छ । मलेसिया, दुबई, अमेरिका वा युरोपमा गएर काम ग¥यो भने त्यहीँको विकास हुने हो । जनशक्तिविना विकास सम्भव छैन । नेपालमै काम गर्ने वातावरण भयो भने मात्र नेपालको विकास सम्भव छ । त्यसका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहन्छ । यति राजस्व उठ्यो भन्ने हिसाबले मात्र हेर्नुहुँदैन । कहिलेकाहीँ त्यही करका कारण अन्य देशको व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था पनि हुन सक्छ । भोलि चीन, भारत, भुटानलगायतका मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्छ । सार्क मुलुकमा पनि हाम्राजस्ता पर्यटकीय ठाउँ छन् । त्यहाँका पर्यटकलाई नेपाल तान्नका लागि पनि करमा कहिलेकाहीँ सहुलियत दिनुपर्छ ।

सपनामा सीमित विकास
पर्यटन क्षेत्रमा सम्भावना छ भनेर मात्र पुग्दैन । त्यसका लागि बजेट, भौतिक संरचना, सूचनामैत्री वातावरण आवश्यक पर्छ । प्राकृतिक सम्पदा बेचेर मात्र पनि हुँदैन । हामी नेपाली भइरहेका हिमाल र प्राकृतिक सम्पदाहरू हेर्न रुचाउँदैनौँ, तर कहीँ झगडा भयो भने त्योचाहिँ हेर्न मनपराउँछौँ । कति कुरा मानिसले बनाउनु पनि पर्छ । बनाएको कुरामा पनि राजस्व आउँछ, रोजगारी सिर्जना हुन्छ । पर्यटकलाई आकर्षित गर्न संग्रहालय (थारू, शेर्पा, बिउविजन, फलफूल आदि) पनि निर्माण गर्न सकिन्छ । त्यहाँबाट उठेको रकमले त्यही ठाउँको विकास गर्दै अगाडि बढ्ने हो भने पर्यटन क्षेत्रमा कायापलट सम्भव छ । तर, त्यसतर्फ सरकारको ध्यान गएको छैन । त्यसकारण तपाईं–हामीले सोचेजस्तो, देखेजस्तो कुरा सपनामा मात्र सीमित भएको छ ।

यकिन तथ्यांक नै छैन
कति पर्यटक कुन देशबाट आए, कति दिन भ्रमण गरे, कतिले हिमाल आरोहण गर्न चाहँदा रहेछन्, कति उमेर समूहका बढी छन् भन्ने तथ्यांक छैन । कुन देशका मानिसलाई आकर्षित गर्न के गर्नुपर्छ, उनीहरूको स्वभाव कस्तो छ, कस्तो क्षेत्र घुम्न चाहन्छन्, के–के हेर्न चाहन्छन् भन्ने तथ्यांक नभएपछि सोहीअनुसारको काम गर्न सकिँदैन । कति आए, कति गए भन्ने तथ्यांक छैन । तैपनि टिम्स (पदयात्रा सूचना व्यवस्थापन प्रणाली) हामीले बेच्ने भएकाले पदयात्रामा गत सालभन्दा ४० प्रतिशत पर्यटक बढेका छन् ।

कतिपय नेपाल आउने पर्यटक अमेरिका, युरोपमा बस्ने ग्रिनकार्ड होल्डर पनि हुन्छन् । कति मानिस नागरिक पनि छन् । उनीहरू अमेरिकन, ब्रिटिस आदि भिसामा आउँछन् । उनीहरूको आफ्नै घर छ । आफन्तको घर छ । त्यसरी आफ्नो र आफन्तको घरमै बस्छ भने त्यसलाई पर्यटक मान्न सकिँदैन । किनभने उसले पे गर्दैन । यसकारण पनि पर्यटक यति आए भनेर भन्न सक्ने स्थिति छैन । स्थलमार्गबाट कति पर्यटक आइराखेका छन् भनेर हेर्ने सिस्टम नै छैन । भएका फाइलहरू पनि अव्यवस्थित छन् । तैपनि हामी नेपालमा पर्यटकहरू बढिराखेको देख्छौँ । होटेल पनि बढेका छन् । दक्ष जनशक्ति राखेर कम्प्युटरमै रेकर्ड राख्न सकियो भने यकिन तथ्यांक आउँछ । अध्ययन, अनुसन्धान गरेर अगाडि बढियो भने पर्यटक बढाउन सकिन्छ । त्यसका लागि राज्यले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर अनुसन्धानमा लगाउनुपर्छ । त्यही ढंगले प्रशासनिक संयन्त्रमा नियुक्ति गरिनुपर्छ ।

प्रविधिमैत्री पर्यटन क्षेत्र आवश्यक
कमिसन, भ्रष्टाचार गर्न पाइँदैन भनेर हो कि किन हो राज्य संयन्त्रमा बसेकाहरूले परदर्शिता अपनाएका छैनन् । विधिविधानबाट काम हुने, व्यक्तिको जन्मकुण्डली कम्प्युटरमा रेकर्ड हुने अवस्था भयो भने तलमाथि गर्न सक्दैन । कुन परिवारमा जन्मियो, स्वास्थ्य स्थिति के छ, कहाँ कति खर्च गरेको छ जस्ता सबै विषय थाहा हुन्थ्यो । त्यसपछि कमिसन, भ्रष्टाचार पनि रोकिन्थ्यो । तर, हाम्रोमा त्यो छैन । पर्यटनको क्षेत्रमा प्रविधिको विषयमा हामीले धेरै कुरा उठायौँ । सचेत मानिसले कुरा उठाए, तर राज्य किन सुन्दैन ? के कुराले अप्ठ्यारो छ त ? ४० प्रतिशत पनि बजेट खर्च नहुने अवस्था किन आयो ? खर्च गर्न नसकेर, नजानेर वा नचाहेर हो ? बजेट खर्च नहुने र काम पनि नहुने स्थितिले देशलाई कहाँ पु¥याउँछ ? अनुसन्धान गरिरहने अवस्थामा नयाँ–नयाँ सम्भावना देखिन्छन्, तर कामै थालिएन भने केही पनि देखिँदैन । त्यसकारण पनि प्रविधिमैत्री पर्यटन क्षेत्र बनाउनु आवश्यक छ । राज्य, राजनीतिक दल, राजनेताहरू र आममानिसको ध्यान मुलुक बनाउनेतिर गएन । जो शक्तिमा छन्, उनीहरूको भूमिका भएन । सचेत मानिसले त्यसतर्फ खबरदारी गरिरहनुपर्छ । किनकि उनीहरूले नगरेकै कारण हामीले चाहेजस्तो परिणाम निकाल्न सकेनौँ ।

आन्तरिक पर्यटककै कारण मुलुक बन्ने रहेछ भन्ने उदाहरण विभिन्न मुलुकले दिएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले बिदाको वातावरण बनाइदिनुपर्छ । सरकारी कर्मचारीका लागि बिदामा यति खर्च गर्ने भनिएको छ, तर कार्यान्वयनमा ल्याइएको छैन ।

निजी क्षेत्रको भरमा पर्यटन क्षेत्र
व्यावहारिक रूपमा हेर्दा निजी क्षेत्रकै कारण पर्यटन क्षेत्र यहाँसम्म आएको देखिन्छ । तर, निजी क्षेत्रले पनि पर्याप्त मात्रामा गर्न सकेको छैन । निजी क्षेत्र अन्तर्राष्ट्रिय बजारमा गयो, मार्केटिङ ग¥यो । पर्यटक ल्यायो, पर्यटकलाई खुसी पारेर पठायो । सके विदेशमा शाखा खोल्यो । त्यसैमा समय बितेको छ । निजी क्षेत्रले नेपालकै कुनाकाप्चामा शाखा विस्तार गर्ने आँट गरेका छैनन् । नाफाबाट सहज ठाउँमा मात्र लगानी गर्ने होइन, दुर्गम क्षेत्रमा पनि लगानी गर्नुपर्छ । ढिलै भए पनि त्यहाँबाट पनि प्रतिफल आउँछ । हाम्रो मुलुकमा कमाएको रकम हाम्रै मुलुकमा लगानी हुनुपथ्र्यो । निजी क्षेत्र त्यसरी अगाडि बढेको छैन । अमेरिका, बेलायतमा लगानी गर्नेको ध्यान डोल्पा र जुम्लामा पुग्न सकेन । पर्यटकीय गतिविधिमा सरकारको ध्यान त पटक्कै गएको छैन । बाध्य भएर आफ्नो व्यवसायलाई नाफामा लाने काम निजी क्षेत्रबाट भएको छ । निजी क्षेत्रले नै विदेशमा प्रचारप्रसार गरेका छन् । समग्र देशको विकासमा भन्दा पनि आफ्नो क्षेत्रको विकासमा मात्र लाग्ने सोच निजी क्षेत्रको छ । यसबाट निजी क्षेत्र माथि उठ्नुपर्छ ।

स्कुलिङ नै गलत
जन्मजात नै हाम्रो स्कुलिङ युरोप, अमेरिकाका नै पर्यटक हुन् भन्ने भयो । उनीहरूले नै बढी खर्च गर्छन्, उनीहरूमै बढी ध्यान केन्द्रित गर्नुपर्छ भन्ने नेपालीको सोचाइ छ । चीन र भारतको मार्केटिङमा हाम्रो ध्यान छैन । जब कि युरोप, अमेरिकाबाट भन्दा भारत र चीनबाट धेरै पर्यटक आउँछन् । पछिल्लो समय चिनियाँहरू धेरै नेपाल भ्रमणमा आउन थालेका छन् । भारत र चीनबाट एक प्रतिशत मात्र नेपाल आए भने पर्याप्त हुन्छ । अहिले समयअनुसार पर्यटक आउने भन्ने कुरा पनि पुरानो भइसकेको छ । पर्यटनका लागि नेपालको महत्वपूर्ण पदयात्रा हो, तर अन्य पनि पर्यटकहरू आउँछन् भन्ने पुष्टि भइसकेको छ । सबै वेला उत्तिकै पर्यटक आउने अवस्था बन्दै छ । तर, हाम्रो ध्यान त्यता नजानु दुःखद हो । त्यसकारण भारतीय र चिनियाँ पर्यटक भित्र्याउने तर्फ हामीले ध्यान दिनुपर्छ ।

आन्तरिक पर्यटक प्रवद्र्धन गर्न
आन्तरिक पर्यटककै कारण मुलुक बन्ने रहेछ भन्ने उदाहरण विभिन्न मुलुकले दिएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले बिदाको वातावरण बनाइदिनुपर्छ । सरकारी कर्मचारीका लागि बिदामा यति खर्च गर्ने भनिएको छ, तर कार्यान्वयनमा ल्याइएको छैन । वित्तीय संस्थाहरूले पनि बिदामा यसरी जाने भन्ने कुरा गरेका छन्, तर व्यवहारमा कार्यान्वयन भएको छैन । सबै ठाउँमा कर लगाउने वातावरण बनाउनुपर्छ । दूरदराजमा पनि कर लगाउनुपर्छ । त्यो भयो भने नक्कली बिलको समस्या हुँदैन । होइन भने नक्कली बिल बनाएर राज्यलाई ठग्ने प्रवृत्ति कायमै रहन्छ । स्वास्थ्यलाई पनि फाइदा, ज्ञान पनि हुने र राज्यलाई पनि फाइदा हुने बाटो समात्न ढिला गर्नुहुँदैन । स्थानीय सरकार बनेपछि स्थानीय तहमै खर्च गर्ने स्थिति बन्छ । त्यो वातावरण बनाउनेतर्फ राज्य गम्भीर हुनुपर्छ । आन्तरिक पर्यटन प्रवद्र्धन गरियो भने सबै क्षेत्रको विकास सम्भव छ ।
(प्रेम गौतमसँगको वार्तामा अधारित)