चुनाव अगाडि नेप्से सकारात्मक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   बैशाख २७, २०७४

जम्मा कारोबार रकम ६१ करोड २० लाख

चुनावको मिति नजिकिँदै गर्दा नेप्से परिसूचक सकारात्मक बनेको छ । सोमबार ८ दशमलव ३२ अंक बढेर बन्द भएको बजार मंगलबार १३ दशमलव ५१ अंक बढेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से बढ्न पुगेको हो । बजार खुलेदेखि उकालो लागेको परिसूचक अन्तिम समयसम्ममा शून्य दशमलव ८३ प्रतिशत बढेर १ हजार ६ सय ५० दशमलव ८१ बिन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकममा केही सुधार देखिएको छ । यस दिन ६१ करोड २० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

मंगलबार सानिमा माई हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । यस दिन सो कम्पनीको ४ करोड ६७ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको सेयर मूल्य ८ दशमलव २१ प्रतिशत बढेर प्रतिकित्ता १ हजार २ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसका साथै अपी र बुटवल पावर कम्पनीको सेयर मूल्य पनि यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स सोमबार शून्य दशमलव ७९ प्रतिशत बढेर ३ सय ५२ दशमलव ५४ बिन्दुमा पुगेको छ । यस दिन १ सय ४२ कम्पनीको ५ हजार ६ सय ५४ पटकको कारोबारमा ६१ करोड २० लाख रुपैयाँबराबरको १० लाख ७ सय १३ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५६ दशमलव २८ स्केलमा रहेको छ । यसले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबारमा आएको जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक ५ दशमलव ८८ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक १ दशमलव २८ प्रतिशत, होटेल समूहको १ प्रतिशत बढेको छ । चालू आवको तेस्रो त्रैमासमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको ओरियन्टल होटेलको सेयर मूल्य ३० रुपैयाँ र सोल्टीको १ रुपैयाँ बढेको छ । यस दिन प्रुडेन्सियल र शिखर इन्स्योरेन्सबाहेक अन्य सबै बिमा कम्पनीको सेयर मूल्य बढेको छ । बिमा कम्पनीहरूको सेयर मूल्य बढेपछि यस समूहको परिसूचक पनि शून्य दशमलव ७५ प्रतिशत बढेर ८ हजार ८ सय ७६ दशमलव ७० बिन्दुमा पुगेको छ । वित्त समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४७ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव २१ प्रतिशत बढेको छ । यस दिन कारोबारमा आएका १ सय ४२ कम्पनीमध्ये १ सय २ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।