वाणिज्य बैंकहरूको ब्याजदर अन्तर २७ महिनायताकै उच्च
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विनय बञ्जारा, काठमाडौँ   |   बैशाख २७, २०७४

तरलता अभाव कायमै रहेपछि बैंकहरूले बढाउन थाले ब्याजदर अन्तर

वित्तीय प्रणालीमा तरलता अभाव भएपछि बैंकहरूले ब्याजदर अन्तर (स्प्रेड) पनि बढाउन थालेका छन् । पछिल्लो समय कर्जाको ब्याजदर बढ्दै गएपछि बैंकहरूले ब्याजदर अन्तर बढाउन थालेका हुन् ।

बैंकले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीसँग लिने ब्याजको फरकलाई ब्याजदर अन्तर (स्प्रेड) भनिन्छ । यसको गणना भारित औसत ब्याजदरमा हुने भएकाले स्पष्ट खाका नदेखिए पनि सामान्य रूपमा स्प्रेड बढ्न थालेको देखिएको छ । बैंकहरूले गत चैत मसान्तको वित्तीय विवरण प्रकाशित गरेपछि ब्याजदर अन्तर बढेको देखिएको हो । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १७ वाणिज्य बैंकको औसत दरको तुलना गर्दा यस्तो देखिएको हो ।

तरलता अभाव स्प्रेड बढाउने अवसर
बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै बैंकहरूले कर्जाको ब्याजदर बढाउन थालेका थिए । कतिपय बैंकले यही मौकामा ब्याजदर अन्तर पनि बढाउन थालेका हुन् । ‘विगतमा अधिक तरलताको समस्या हुँदा बैंकहरू स्प्रेडलाई ३ प्रतिशतभन्दा कममा झारेर कर्जा प्रवाह गरेका थिए,’ एक बैंकरले भने, ‘त्यो प्रतिस्पर्धाबाट सुरक्षित अवतरण गर्न पनि अहिलेको अवस्थालाई सदुपयोग गर्नुपर्ने भयो ।’ पछिल्लो समय बैंकहरूले थप कर्जा प्रवाह गर्न नसक्ने (क्रेडिट क्रन्च) अवस्था सिर्जना भएको छ ।

ब्याजदर स्प्रेड २७ महिनाकै उच्च
पुस २०७१ मा ४ दशमलव ५६ प्रतिशत रहेको १७ वाणिज्य बैंकको औसत स्प्रेड गत चैत मसान्तमा त्यसयताकै सबैभन्दा उच्च विन्दु (४ दशमलव ४८ प्रतिशत)मा पुगेको छ । ‘अहिलेको अवस्थामा बैंकहरूले कर्जा लगानी बढाउनै सकेका छैनन् । निक्षेपको ब्याजदर पनि ह्वात्तै बढेको छ,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘यो अवस्थामा स्प्रेड बढ्नु स्वाभाविक हो ।’

बैंकलाई नाफा, जनतालाई घाटा
स्प्रेड बढ्दा बैंकहरूको नाफा बढ्न सहयोग पुग्छ । बैंकहरूको ब्याज लागतको तुलनामा ब्याज आम्दानी धेरै बढ्ने भएकाले नाफामा सहयोग पुग्ने हो । यसबाट नाफा बढाएका बैंकका सेयरधनीले बढी प्रतिफल पाउने सम्भावना हुन्छ । नाफा बढ्दा बैंकका कर्मचारीले पाउने बोनस पनि बढ्न सक्छ । तर, यसले ऋणीलाई भने नोक्सान हुन्छ । आफूले बैंकमा पैसा राख्दा थोरै ब्याज पाउने, बैंकबाट ऋण लिँदा बढी ब्याज तिर्नुपर्ने अवस्था हुन्छ । ब्याजदर बढी हुँदा निजी क्षेत्रका परियोजनाको लागत बढ्ने, उत्पादन लागत बढेर महँगीमा असर पर्ने, निर्यातकर्ताको नाफा घट्न सक्नेजस्ता असरहरू सिर्जित हुन सक्ने अर्थविद्हरू बताउँछन् ।

कानुनी सीमा पाँच प्रतिशत
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर पाँच प्रतिशतको सीमाभित्र राख्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यसर्थ अहिले पनि बैंकहरू कानुनी सीमाभित्रै रहेर स्प्रेड कायम गरिरहेका छन् । तर, पछिल्ला दुई वर्षमा मात्रै बैंकहरूको कारोबारको आकार भारी मात्रामा विस्तार भएको छ । कारोबार बढ्दै जाँदा बैंकहरूको प्रतिकारोबार लागत घट्छ । त्यस आधारमा यस्तो स्प्रेड पनि घटाउनुपर्ने कतिपय अर्थविद्हरूले बताउँदै आएका छन् ।

बैंकरहरू नै वास्तविक स्प्रेड डेढ प्रतिशतभन्दा बढी भएमा मात्र बैंकले धान्न सक्ने बताउँछन् । अहिलेको गणनाअनुसार बैंकहरूले सरकारी ऋणपत्रमा सस्तो दरमा लगानी गरेको पैसाको बट्टादर (ब्याजदर)लाई समेत स्प्रेड गणना गर्ने गरेका छन् । यसले सर्वसाधारण ऋणीका लागि भने स्प्रेड गणनामा देखिएभन्दा महँगो ब्याजदर तिर्नुपर्ने बाध्यता हुन्छ ।