मोर्चालाई निर्वाचनमा आउन सत्तारूढ दलको आग्रह - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका , काठमाडौँ   |   बैशाख ०८, २०७४

सत्तारूढ दलले निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका शीर्षनेताबीच भएको छलफलमा सत्तारूढ दलका नेताले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने र मोर्चाले निर्वाचनमा सहभागी हुने प्रस्ताव राखेका थिए ।

बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको जानकारी गराउँदै माओवादी केन्द्रका नेता वर्षमान पुनले भने,‘संशोधन प्रस्तावलाई टुङ्गोमा पु¥याउने र मोर्चा निर्वाचनमा सहभागी हुने विषयमा सकारात्मक छलफल भयो ।’

संशोधन प्रस्तावमा केही आवश्यक भए परिमार्जनका लागि छलफल गर्न सकिने बताउँदै नेता पुनले मोर्चाका मागका सम्बन्धमा छलफल गर्न आजै अपराह्न ३ बजे सत्तारूढको बैठक बस्ने र त्यसपछि ५ बजे मोर्चासँग छलफल गरिने जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन विधेयकमा सहमति गरेर वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरे ।

निर्वाचनमा सहभागी नुहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि आज पहिलोपटक सरकारसँग छलफलमा जुटेको मोर्चाका नेताले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै संशोधन प्रस्तावमा परिमार्जन हुनुपर्ने माग गरेका थिए ।

बैठकपछि मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले परिमार्जनसहित संशोधन प्रस्ताव पारित भएमा आफूहरु निर्वाचनमा सहभागी हुन तयार रहेको स्पष्ट पार्नुभयो । संविधान संशोधन नै आफूहरुको मूल माग रहेको उनको धारणा थियो ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री दाहाल नेता पुन, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, नेता प्रकाशमान सिंह, तथा मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठीलगायत सहभागी थिए । रासस