बर्दिवास नगरपालिकामा नयाँ शक्तिसहित ९ दलको संयुक्त प्यानल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका , बर्दिवास   |   बैशाख ०८, २०७४

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा नौ दलको संयुक्त प्यानल हुने लिखित प्रतिबद्धता जनाएका हुन् ।

‘स्थानीय तहको निर्वाचन भएमा हाम्रो संयुक्त प्यानल हुनेछ’, नौ दलीय गठबन्धनले प्रसारित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । मधेस केन्द्रित दलले चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेस केन्द्रित दलसहितको चुनावी मोर्चा बन्नुलाई राजनीतिक क्षेत्रमा राम्रो कामको सुरुवात भएको प्रतिक्रिया आएको छ ।

पछिल्लो पटक निर्वाचन केन्द्रित नौ दलको गठबन्धन बनेपछि बर्दिवासमा यससम्बन्धी चासो निकै बढेको छ । नौ दलबीच बनेको गठबन्धनमा भर्खरै पार्टी एकीकरण गरेका छ मधेस केन्द्रित दलमध्ये चार दलका स्थानीय नेताको सहभागिताले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सहयोग पुग्ने नेपाली कांग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालको धारणा छ ।

त्यसैगरी नेकपा (एमाले)का बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुङ्गाना र नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज राजु खड्काले पनि निर्वाचन केन्द्रित नौ दलीय गठबन्धनले विकास कार्यमा दलबीच सहकार्यका लागि सहज वातावरण बनाउने प्रतिक्रिया दिए ।

यसैबीच नौ दलीय गठबन्धनका लागि सक्रिय भूमिका निर्वाह गरेका नयाँ शक्ति पार्टी नेपाल बर्दिवास नगरका इन्चार्ज लीलाहरि खतिवडाले नौ दलीय गठबन्धन बर्दिवास नगरको विकासमा महत्वपूर्ण र सकारात्मक फड्को भएको बताए । यस नयाँ गठबन्धनले ठूला दलको प्रत्येक क्षेत्रमा देखिने दबदबालाई आपसी सहकार्यमा परिणत गर्न प्रेरित गर्ने उनको भनाइ छ । रासस