एमालेको गम्भीर आरोपः मतदाता प्रभावित पार्न बजेट दुरुपयोग गर्न खोजियो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

शुरोजंग पाण्डे, काठमाडौं   |   बैशाख ०८, २०७४

प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनमा मतदाता प्रभावित गर्न सरकारले बजेट दुरुपयोग गर्न खोजेको भन्दै तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले धमाधम आचारसंहिता उल्लंघन गरेको प्रमाण आयोगलाई बुझाउँदै एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डलले बजेट दुरुपयोग तत्काल रोक्न गम्भीर ध्यानाकर्षण गराएको हो ।

सरकारले आचारसंहिता उल्लंघन गरेको प्रमाण पेश गर्न संसदीय दलका उपनेता सुवास नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डल विहीबार आयोग पुगेको थियो । उनले आचारसंहिता उल्लंघनमा कडाईका साथ रोक लगाएर स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भूमिका खेल्न आयोगको गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए । एमाले टोलीले बजेट निकासाका लागि पत्राचार गरिएको पत्र प्रमाणका रुपमा आयोगलाई बुझाएको थियो ।

पेश गरिएका आचारसंहिता उल्लंघनका चार प्रमाण
१.माओवादीका पूर्व लडाकूलाई वितरण गर्न प्रति व्यक्ति लाखौं वितरण गर्नका लागि अर्थमन्त्री र शान्तिमन्त्रीको संयोजनमा मन्त्रालयबाट

१ अर्बभन्दा बढी रकम निकासा भएको छ, उक्त प्रकृया तत्काल रोकिनुपर्छ ।

२. खेलकुद मन्त्रालयले बजेटमा व्यवस्था नै नभएको शीर्षकमा जिल्ला–जिल्लामा करोडौं रकम निकासा गर्ने तयारी भइरहेको छ । रोल्पामा ५ करोड रुपैयाँ निकासा भइसकेकाले तत्काल प्रकृया रोकिनुपर्छ ।

३. अन्तर गाविस सडक परिचयोजना नयाँ शीर्षक अन्तर्गत करोडौं रकम धमाधम खर्च गर्न खोजिएको छ । रोल्पामा मात्रै १ सय १३ वटा परियोजनाका लागि रकम पठाउने प्रक्रिया अघि बढेको छ । गाउँ–गाउँमा उपभोक्ता समितिमार्फत निर्वाचन प्रभावित गर्नेगरी रकम थमाउने कुरा स्वीकार्य छैन ।

४. विद्युत प्राधिकरणका अधिकृतहरुको सरुवाका लागि सहमति मागिएकाले निर्वाचन आयोगले कुनै हालतमा सहमति दिन मिल्दैन । अनुकूल अधिकृतहरुमार्फत गाउँमा पोल, ट्रान्सफर्मर, मिटरबक्स वितरण गरेर बिजुली ल्याउने भन्दै मतदाता प्रभावित पार्न खोजिएको छ ।
आचारसंहिता उल्लंघनमा रोक लगाउनुपर्छ
सुवास नेम्बाङ, उपनेता, एमाले
निर्वाचन आयोगकै परामर्शमा निर्वाचनको मिति तोकिएकाले तपाईंहरुले यताउती गर्न सुझाव दिँदा मात्रै सरकारले मिति सार्ने हो । ३१ वैशाखमै निर्वाचन हुनुपर्छ । हामी निर्वाचन गराउन दृढतापूर्वक लागेका छौं । तर सरकार आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्न बजेट दुरुपयोगमा लागेकाले ध्यानाकर्षणका लागि आएका छौं । आयोगले तत्काल रोक लगाउनुपर्छ ।

तीन मन्त्रीलाई छानबिन गरिरहेको छ
डा. अयोधीप्रसाद यादव, प्रमुख आयुक्त, निर्वाचन आयोग
हामी ३१ वैशाखमै निर्वाचन गर्न प्रतिवद्ध छौं । त्यही अनुसार तयारीका सबै काम तीब्र ढंगले पूरा भइरहेको छ । तपाईंहरुले गराउनुभएको ध्यानाकर्षणमा आयोगको गम्भीर ध्यान गएको छ । यही सिलसिलामा ३ जना मन्त्रीलाई आयोगले छानबिन पनि गरिरहेको छ । आयोगले निष्पक्ष ढंगले काम गरेकोमा विश्वास गर्दै एमालेले कामका लागि थप सहयोग गरेकोमा धन्यवाद दिन चाहान्छु ।