स्थानीय निर्वाचनमा सवैको सहभागिता हुनुपर्नेमा राप्रपाको जोड - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

काठमाडौँ   |   बैशाख ०८, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको महत्वपूर्ण अभ्यासमा सवैको सहभागिता हुनुपर्नेमा जोड दिएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आन्दोलनरत मधेस केन्द्रित दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार, सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दललाई आह्वान गरेको छ । लचकता प्रदर्शन गरेर भए पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेश केन्द्रित दलहरुलाई पनि बैठकले अनुरोध गरेको छ ।

बैठकले केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने निर्णय समेत गरेको छ । कमल थापा अध्यक्ष रहेको समितिको सदस्यहरुमा लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर ज.ब.रा.,  दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ्ग, टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, धुव्र बहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवलशम्शेर राणा, जयन्त चन्द, सुनिल बहादुर थापा, नवराज सुवेदी, बालाराम घर्तिमगर र हरिबहादुर बस्नेत रहेका छन् ।

बैठकमा अध्यक्ष थापाबाट प्रस्तुत पार्टीको घोषणापत्रलाई बैठकले सैद्धान्तिक सहमति दिनुका साथै परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ । घोषणा पत्र आगामी बैशाख ११ गते १ बजे एक समारोहका बीच सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।