बरुणमा आएको बाढीले अरुण नदी थुनियो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नवीन गुरुङ, संखुवासभा   |   बैशाख ०८, २०७४

बरुण नदीमा आएको बाढीले संखुवासभाको बरुण बजारमा अरुण नदी थुनिएको छ । बाढीले अरुण नदी थुनिएपछि बरुण बजारका १० परिवार घरपरिवारलाई अन्यत्र सारिएको छ ।
विहीबार साँझ देखी आएको बाढीले स्थानीयहरु ज्यान जोगाउन गोला तर्फ आएका छन् भने केही अन्यन्त्रै भागेका छन् । बरुणबजारको ४ घर मध्ये रिदार भोटेको घर पुरै पुरिएको अन्य ३ जनाको घर आधा पुरिएको मकालु गाउँपालिकाका कर्मचारी महेन्द्र पराजुलीले जानकारी दिए । उक्त बरुण बजारमा अरुण र बरुण मिसिने गर्दछ । मकालुको शिरमा रहेको दुध पोखरी फुटेकाले यति ठूलोबाढी आएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

 

बाढीले ठूला–ठूला ढुङ्गाहरु समेत बगाएर ल्याएको छ । अरुण नदी थुनिएपछि बरुण बजार आसपासका झण्डै २ किलोमिटरको ताल बनेको छ भने बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ । बजारको सिंगो बस्ती जोखिममा छ । प्रत्येक वर्षको माघ १ गते माघेसंक्रान्ति बजार लाग्ने भएकाले बरुणमा सानो बजार पसल होटलहरु भएको बस्ती नै छ । र सो बाटो पैदल रुपमा किमाथाङ्का जाने मुख्य पैदल मार्ग भएकाले सानो बजार नै छ ।

 

राहत लिएर  सेनाको हेलिकप्टर आउने
बरुण नदीमा आएको बाढीका कारण बरुणबजारका विस्थापितलाई राहत वितरण गर्नका लागी नेपाली सेनाको हेलिकप्टर आउने भएको छ । तत्कालीन राहत वितरणको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा नेपाल रेडक्रस सोसाइटी लगायतका सामाजिक संघसंस्थाहरुसंग दैवीप्रकोप उद्धार समितिको बैठक भईरहेको नेपाल रेडक्रस सोसाइटी संखुवासभाका सभापति सरोज बज्राचार्यले जानकारी दिए ।