सोलु दूधकुण्ड नगरप्रमुखमा एमालेका ७ सिफारिस र अन्य दल उम्मेदवार छान्दै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका , सोलुखुम्बु   |   बैशाख ०८, २०७४

नेकपा (एमाले) सोलु दूधकुण्ड नगरपालिकाको बैठकले नगरप्रमुख पदको उम्मेदवारमा ७ जनाको नाम सिफारिस गरेको छ । नगर संगठन कमिटीको बिहीबार बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि आङदामी शेर्पा, डाकबहादुर राणापाल, दोर्जी जाङ्बु लामा, बच्चुनारायण श्रेष्ठ, वीरउदाश श्रेष्ठ, रामकाजी श्रेष्ठ र सन्तोष मगरको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठले जानकारी दिए ।

यस्तै, बिहीबार नै बसेको जिल्ला कमिटी बैठकले पनि नाम टुङ्गो लगाउन नसकेपछि सातैजनाको नाम प्रदेश सभामा पठाउने निर्णय गरेको छ । सो नगरपालिकाको उपप्रमुखका लागि कल्पना राई, मोहनकुमारी कार्की, सूर्यकुमारी सुनुवार र याङ्डी लामाको नाम प्रदेश सभामा सिफारिस गरेको छ ।

सोलु दूधकुण्ड नगरपालिकाको मेयर पदमा नेकपा (माओवादी केन्द्र)ले यसअघि नै ङिमातेण्डुप लामालाई नगरप्रमुख पदको उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाली कांग्रेसलगायत अन्य दलले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

नेकपा (एमाले)ले हालसम्म जिल्लाका तीनवटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले लिखुपिके गाउँपालिकाको प्रमुखमा पोष्टकुमार कार्की, खुम्बु पासाङल्हामु गाउँपालिकामा ङिमदोर्जी शेर्पा र दूधकोसी गाउँपालिकामा बुद्धिकिरण राईलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले सोलु दूधकुण्ड नगरपालिकामा ङिमातेण्डुप शेर्पा, दूधकोसी गाउँपालिकामा आशमान राई, दूधकौसीका गाउँपालिकामा अशिम राई र लिखुपिके गाउँपालिकाको प्रमुखमा डम्बरबहादुर बस्नेतलाई प्रमुख पदको उम्मेदवार घोषणा गरिसकेको छ ।

अन्य स्थानीय तहमा भने हालसम्म कसैले पनि उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । अहिले दलहरु उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताइएको छ । स्थानीय तहको प्रमुख पद तथा वडा प्रमुख पदमा आकाङ्क्षी धेरै भएकाले नेपाली कांंग्रेस र नेकपा (एमाले)लाई उम्मेदवार छान्न कठिन भएको बताइएको छन् । रासस