रगतको संक्रमणले हुन्छ ‘सेप्सिस’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

डा. सुवासप्रसाद आचार्य सघन उपचार विशेषज्ञ त्रिवि शिक्षण अस्पताल   |   बैशाख ०८, २०७४

रगतमा हुने संक्रमण ‘सेप्सिस’का कारण नेपालमा हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । आइसियूमा आउने कुल बिरामीमध्ये ७० प्रतिशत सेप्सिसकै कारण भर्ना हुने गरेका छन् । कुनै पनि प्रकारको संक्रमण हुँदा शरीरको रोग प्रतिरोधक प्रणालीले रगतमा ‘इन्डोटक्सिन’जस्ता केही रसायन छाड्न थाल्छ । कहिलेकाहीँ बच्चा, रोगी, बूढापाकामा यो प्रणालीले आवश्यकताभन्दा बढी रसायन छाड्न सक्छ । जसले गर्दा बिरामी सेप्सिसको सिकार हुन्छ । श्वास छिटो–छिटो चल्नु, मुटुको धड्कन छिटो हुनु, शरीरको तापक्रम बढी वा कम हुनु सेप्सिसका लक्षण हुन् । सेप्सिसका बिरामीमा मतिभ्रमको स्थितिसमेत देखिन सक्छ ।

विश्वभर हरेक वर्ष आइसियूमा हुने मृत्युको सबैभन्दा ठूलो कारक सेप्सिस नै हो । मध्यम र कम आय भएका राष्ट्रमा यो समस्या बढी छ । रगतको संक्रमण भएर यसले अंगविशेषलाई समेत प्रभावित पार्न सक्छ । यस्तो स्थिति ‘सेप्टिक सक’ हुँदा मृत्युदर ६० प्रतिशतसम्म छ ।

ग्लोबल सेप्सिस एलायन्स (जिएसए)का अनुसार हरेक वर्ष दुई करोड ७० लाख व्यक्तिमा सेप्सिस हुन्छ । यसमध्ये एक करोड ९० लाखले जीवन प्राप्त गरे पनि उनीहरूमा कुनै न कुनै किसिमको जटिलता हुन सक्छ । यही समस्याका कारण हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने अनुमान छ । त्यस्तै, पा“च वर्षमुनिका करिब ६० लाख बच्चा वा नवजात शिशुको मृत्यु सेप्सिसकै कारण हुने गर्छ । सेप्सिस मातृ मृत्युको एउटा प्रमुख कारण हो ।

सेप्सिस सामान्यतया ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । तर, भाइरस वा अन्य कारणले समेत यो समस्या हुन सक्छ । यसलाई रोक्ने सबैभन्दा राम्रो तरिका छिटो सेप्सिस हुने कारण पत्ता लगाउनु हो । पत्ता लागेपछि एन्टिबायोटिकलगायत उपचारका माध्यमले यसलाई रोक्न सकिन्छ ।

रोग पहिचानपछि के गर्ने ?
बिरामीमा सेप्सिस पहिचान भएको एक घन्टाभित्र एन्टिबायोटिक दिँदा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी गर्न सकिन्छ । सेप्सिस भएका बिरामीलाई आइसियू वा शरीरको क्रियाकलाप अनुगमन गर्ने उपकरण भएको शøयामा भर्ना गर्नुपर्छ । यस्ता बिरामीलाई अन्य बिरामीसँग राख्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीले रोग प्रभावित बिरामीलाई छोएर अन्य बिरामीलाई छुँदा हात धुने, पन्जा फेर्नेलगायत स्वच्छताको उपाय गर्नुपर्छ । सेप्सिसमा छिटै रोग पहिचान एवं उपचार अत्यावश्यक मानिन्छ । कुन ब्याक्टेरिया वा के कारणले सेप्सिस भएको हो भन्ने पहिचानपछि
ब्रोड स्प्रेक्ट्रम एन्टिबायोटिकलगायत अन्य औषधि दिनुपर्छ ।