यसरी पाउन सकिन्छ धूम्रपानबाट छुटकारा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ वीर हस्पिटल   |   बैशाख ०८, २०७४

एकपटक धूम्रपानको लत लागिसकेपछि त्यसबाट छुटकारा पाउन कठिन हुन्छ । चुरोट, सुर्तीमा हुने निकोटिनले पनि धूम्रपानको लत छुटाउन मुस्किल बनाउने गर्छ । सोही कारण आफूलाई गलत लत लागेको थाहा हुँदाहुँदै पनि धूम्रपान त्याग्न धेरैलाई गाह्रो हुन्छ । तर, इच्छाशक्ति भएमा लागुपदार्थ सेवन त्याग्न नसकिने होइन । सोही शक्तिले धेरै अम्मलीहरूले धूम्रपान त्यागेका पनि छन् । धूम्रपानको हानिकारक असरबाट जोगिन सुर्तीसेवन त्याग्नु अनिवार्य नै छ । केही व्यक्तिहरूले सुर्तीसेवन घटाएँ भनेर मख्ख पर्छन् । तर चुरोट, सुर्तीसेवनको मात्रा घटाएर मात्र पुग्दैन, पूर्ण रूपले त्याग्नु अनिवार्य छ । धूम्रपान गर्ने व्यक्तिको शारीरिक र मानसिक सन्तुलन शरीरभित्रको निकोटिनको मात्रामा निर्भर भइरहेको हुन्छ । निकोटिन कम भयो कि शारीरिक र मानसिक असन्तुलन हुन सक्छ । जसले गर्दा धूम्रपान छोड्नेबित्तिकै २४ देखि ४८ घन्टाभित्र छटपटी र औडाहा हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता लक्षण देखापर्ने गर्छन् । तर, धूम्रपान त्याग गरेपछि प्राप्त हुने लाभका बारेमा जानकारी हुँदा यसलाई स्वीकार गर्न गाह्रो हुँदैन । धूम्रपान त्याग्नका लागि अपनाउन सकिने केही उपायबारे वीर हस्पिटलका मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीका सुझाब यस्ता छन् :

धूम्रपान त्याग्न सर्वप्रथम जो–कोही पनि मानसिक रूपले तयार हुनुपर्छ । आफूले विश्वास गर्ने भगवान् या व्यक्तिलाई सम्झेर चुरोट त्याग्ने प्रतिज्ञा गर्दा पनि हुन्छ । चुरोट त्याग्न आत्माबल प्राप्त होस् भनी प्रार्थना गर्नुपर्छ । चुरोट त्याग्न सबैभन्दा महत्वपूर्ण नै दृढता र आत्मबल जुटाउने कार्य हो ।

धूम्रपानबाट हुने हानि र यो छाडेपछि प्राप्त हुने फाइदाबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । विज्ञहरूसँग सल्लाह लिने तथा आवश्यक अध्ययन गर्न सकिन्छ । धूम्रपान त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

पानी धेरै पिउने बानी विकास गर्नुपर्छ । त्यसैले पानीको भाँडो नजिकै राख्ने र छटपटी लाग्यो भने पानी पिउने गर्नुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ ।

ल्वाङ, सुकुमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूम्रपानको लत कम हुन्छ ।

केही गर्दा पनि छटपटी घटेन, पागलजस्तै हुने स्थिति आयो भने कम निकोटिनयुक्त नाक वा मुखको स्प्रेजस्ता सामग्री प्रयोग गर्न सकिन्छ । धूम्रपान छुटाउन सहयोग पुग्ने औषधिको सेवन दैनिक एक महिनासम्म गर्दा पनि फाइदा हुन्छ ।

तर, चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ । मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान या बेलुकाको समयमा प्राणायाम र ध्यान गर्न सकिन्छ । हरेक दिन प्रभातफेरी गर्दा पनि मनमा शान्ति मिल्छ । आफूलाई व्यस्त बनाउने तथा धूम्रपान गर्ने साथीहरूबाट टाढा बस्दा पनि धूम्रपान त्याग्न सजिलो हुन्छ ।