बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरियो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

म्याड्रिड   |   बैशाख ०८, २०७४

पाँचपटकको च्याम्पियन बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । घरेलु मैदान क्याम्पनाउमा युभेन्टसविरुद्ध दोस्रो क्वार्टरफाइनल लेगमा गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोना अन्तिम आठबाटै बाहिरिएको हो । इटालियन सिरिए च्याम्पियन युभेन्टस समग्रमा ३–० को जित निकाल्दै सेमिफाइनल पुगेको छ । टुरिनको घरेलु मैदानमा युभेन्टसले बार्सिलोनालाई ३–० ले हराएको थियो ।


शुक्रबार सेमिफाइनल ड्र
यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल समाप्त भएको छ । अब युइएफले शुक्रबार एक समारोहबीच सेमिफाइलनको ड्र निकाल्नेछ । यसपटक साबिक विजेता रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, मोनाको तथा युभेन्टस अन्तिम चारमा पुगेका छन् । फ्रेन्च क्लब मोनाको सन् २००४ पछि पहिलोपटक अन्तिम चारमा पुगेको हो । मोनाकोले दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई समग्रमा ६–३ ले हरायो । रियलले सन् २०१० पछि लगातार सातौँपटक अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यसपटकको सेमिफाइनलमा दुई स्पेनिस, एक फ्रेन्च र एक इटालियन क्लब छन् ।

युभेन्टसको बलियो डिफेन्स
बार्सिलोनाले सेमिफाइनल स्थान पक्का गर्न युभेन्टसलाई कम्तीमा ४–० ले हराउनुपर्ने थियो । युरोपकै सर्वाधिक बलियो डिफेन्सिब क्लब युभेन्टसविरुद्ध बार्सिलोनाले गोल फर्काउन सकेन । लगातार दुई खेलमा बार्सिलोनाका स्टार खेलाडी गोल गर्न चुके । युभेन्टसका प्रशिक्षक मासिमिलिनो अल्गे्ररीले प्राविधिक रूपमा बार्सिलोना युरोपकै उत्कृष्ट टिम भएको बताएका छन् । प्रशिक्षक मासिमिलिनो भन्छन्, ‘हामीले दुवै लेगमा गोल खाएनौँ, बार्सिलोना प्राविधिक रूपमा बलियो छ, हामीले उनीहरूलाई रोक्न सफल भयौँ ।’ उनले टुरिनमा बार्सिलोनाले धेरै गोल अवसर चुकाएको बताए । ‘मेरो विश्लेषणमा दोस्रोमा भन्दा पहिलो लेगमा बार्सिलोनाले धेरै गोल अवसर खेर फालेको थियो,’ उनले भने, ‘हामीले बार्सिलोनाविरुद्ध अहिलेसम्मकै बलियो रणनीति अपनाएका थियौँ ।’

पूरै समय आक्रामक खेल
लियोनल मेसी, लुइस सुआरेज, नेमार तथा एन्ड्रेस इनिस्टाले पूरै ९० मिनेट मिहिनेत गरे । फिनिसिङ लाइनमा मेसी, सुआरेज तथा नेमारले पटकपटक युभेन्टसको डिफेन्डरलाई चुनौती दिइरहे । तर, तीन स्टार खेलाडीले युभेन्टसविरुद्ध एक गोल पनि गर्न सकेनन् । प्रतिस्पर्धामा तीनै खेलाडी आत्तिएका देखिए । उनीहरूले डिबक्सभित्रै पनि फ्रेममा बल प्रहार गर्न सकेनन् । यता, युभेन्टसले बार्सिलोनाविरुद्ध काउन्टर एट्याक्ट शैली अपनाएको थियो । अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनले दुई मौका चुकाएका थिए ।

बार्सिलोनाको आलोचना
क्वार्टरफाइनलबाट बाहिरिएपछि बार्सिलोनाको चौतर्फी आलोचना भएको छ । अधिकांश स्पेनिस पत्रिकाले बार्सिलोनाका स्टार खेलाडीहरूको तिखो आलोचना गरेका छन् । म्याड्रिडबाट प्रकाशित हुने मार्काले बार्सिलोनालाई मसानमा पुगेको क्लब भनी समाचार लेखेको छ । ‘चार बल (क्लब) सेमिफाइनलमा र एक टोली मसानमा पुगेको छ,’ मार्काले पहिलो पृष्ठमा यस्तो हेडलाइन बनाएको छ । यसैगरी, मुन्डो डेपोर्टिभोले ‘युभेन्टसको बलियो पर्खाल’ भनी समाचार लेखेको छ । डेपोर्टिभोले मेसी र उनका साथीहरू असफल भनेको छ ।

बार्सिलोनाका समर्थक निराश
खेलु सुरु हुनुअघि नाउक्याम्पमा बार्सिलोनाका समर्थक ‘हामी सक्छौँ’ लेखिएको ब्यानरका साथ उपस्थित थिए । प्रिक्वार्टरफाइनल लेगमा चमत्कारी प्रदर्शन गरी बार्सिलोनाले पेरिस सेन्ट जर्मन (पिएसजी) लाई ६–५ ले स्तब्ध पार्दै क्वार्टरफाइनल स्थान बनाएको थियो । प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना ४–० ले पराजित भएको थियो ।
बार्सिलोनाका समर्थक त्यही नतिजा दोहोर्‍याउन सक्ने आशाका साथ रंगशालामा उपस्थित भए । समर्थकहरूले पूरै ९० मिनेट घरेलु खेलाडीलाई हौस्याएका थिए । तर, स्टार खेलाडीहरूले युभेन्टसको डिफेन्स भत्काउन नसक्दा बार्सिलोनाका समर्थक निराश हुँदै फर्किए । बार्सिलोनाका प्रशिक्षक लुइस एन्रिकले गोल फर्काउने सबै प्रयास गरेको बताएका छन् । ‘हामीले गोल फर्काउने सबै प्रयास गर्‍यौँ तर विपक्षीको बलियो रक्षापंक्ति तोड्न सकेनौँ,’ प्रशिक्षक एन्रिकले भने, ‘टुरिनमा सम्पन्न पहिलो लेगको पहिलो हाफमा हामीले धेरै खराब खेलेका थियौँ, जसको नतिजा आज भोग्नु पर्‍यो ।’