विलियम्सन पहिलो खेलमै चम्किए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने उपकरण वितरण सुरु गरेको छ । देशभर रहेका १५ वेड क्षमताका १ सय २० प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकलाई उपचारमा आवश्यक पर्ने उपकरण वितरण…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हैदराबाद   |   बैशाख ०८, २०७४

 केन विलियम्सनले १०औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो पहिलो खेलमा विस्फोटक ब्याटिङ गर्दैै सनराइजर्स हैदराबादलाई १५ रनको जित दिलाएका छन् । राजीव गान्धी रंगशालामा बुधबार २१औँ खेलमा विलियम्सनले ८९ रनको योगदान दिँदा पहिलो ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । प्रत्युत्तरमा देल्ली डेयरडेभिल्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन बनायो ।


विलियम्सनको विस्फोटक ब्याटिङ
हैदराबादले पहिलो पाँच खेलमा न्युजिल्यान्डका विलियम्सनलाई रेस्टमा राखेको थियो । कप्तान डेभिड वार्नरले विलिम्सनलाई देल्लीविरुद्ध मौका दिए । विलियम्सनले प्राप्त मौकामा उत्कृष्ट ब्याटिङ मात्र गरेनन्, टिमलाई महत्वपूर्ण २ अंकसमेत दिलाए । उनले ५१ बलको सामना गरी ५ छक्का र ६ चौका प्रहार गरे ।

शतकीय साझेदारी
हैदराबादले कप्तान वार्नरलाई ४ रनमा गुमाउँदा स्कोरबोर्डमा १२ रन मात्र चढाएको थियो । त्यसपछि शिखर धवन र विलियम्सनबीच दोस्रो विकेटका लागि शतकीय साझेदारी भयो । त्यही साझेदारीको सहयोगमा हैदराबादले देल्लीलाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो । विलियम्सन र धवनबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भएको थियो । धवनले ५० बलमा ७ चौका र १ छक्काको सहयोगमा ७० रन बनाए ।

इयेर र म्याथ्युजको प्रयास
प्रतिओभर ९ रन औसतमा ब्याटिङ गरेको देल्लीका लागि सेयास इयेर र एन्जेलो म्याथ्युजले खेलमा फर्काउने प्रयास गरेका थिए । देल्लीले सुरुवाती ४ विकेट गुमाउँदा १३.१ ओभरमा १ सय ५ रन बनाएको थियो । म्याथ्युज र इयेरबीच पाँचौँ विकेटका लागि १३.१ देखि १९.५ ओभरसम्म ७० रनको साझेदारी भएको थियो । इयेरले नटआउट ५० रन बनाए । उनले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । म्याथ्युजले २३ बलमा २ चौका र १ छक्का प्रहार गरी ३ सय १२ रन बनाए ।

खराब ओपनिङ
१ सय ९२ रन लक्ष्य पछ्याएको देल्लीको सुरुवात खराब रह्यो । देल्लीले पहिलो विकेट १४ रनमा गुमाएको थियो । त्यसपछि सञ्जु साम्सन र करुन नैरबीच दोस्रो विकेटका लागि ७१ रनको साझेदारी भयो । साम्सनले ३३ बलमा २ छक्का र ३ चौकाको सहयोगमा ४२ रन जोडे । नैरले २३ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका थिए । यसअघिको ब्याटिङमा देल्लीका देल्लीका क्रिस मोरिसले ४ विकेट हात पार्न ३७ रन खर्चेका थिए । उनले चारपटक चौका र एकपटक छक्का सामना गरे ।