फ्रेन्च ओपनमा सारापोभालाई वाइल्ड कार्ड - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

एजेन्सी, पेरिस   |   बैशाख ०८, २०७४

रसियन टेनिस सुन्दरी मारिया सारापोभा फ्रेन्च ओपनमा सहभागी हुने वा नहुने विषयमा १५ मेमा निर्णय हुनेछ । गत साता पूर्वच्याम्पियन सारापोभाले वाइल्ड कार्डमार्फत वर्षको दोस्रो ग्रान्डस्लाममा खेल्न चाहेको फ्रेन्च टेनिस महासंघलाई जानकारी दिएकी थिइन् । १५ महिना प्रतिबन्धपछि सारापोभा सक्रिय खेलमा फर्कन लागेकी हुन् । गत वर्षको अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा सारापोभाले प्रतिबन्धित औषधि सेवन गरेको भटिएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय टेनिस महासंघ (एटिपी)ले सारापोभालाई १५ महिना प्रतिबन्ध लगाएको हो ।
फ्रेन्च संघलाई दबाब
प्रतियोगितामा अर्की पूर्वविजेता सेरेना विलियम्सले नखेल्ने घोषणा गरेकी छिन् । सेरेनाले आफू गर्भवती भएकाले फ्रेन्च ओपनमा सहभागी हुन नसक्ने जानकारी आयोजकलाई दिएकी छिन् । संघले एक स्टार खेलाडीको अनुपस्थितिमा सारापोभालाई खेलाउन चाहेको हो । यता, प्रतिबन्धित औषधि सेवन गरेकी खेलाडीलाई प्रतिस्पर्धा गराउन नहुने प्रतिक्रियाहरू आइरहेका छन् । जसका कारण फ्रेन्च संघ सारापोभाका सम्बन्धमा निर्णय लिन दबाबमा रहन सक्ने एजेन्सीहरूले जनाएका छन् । सारापोभाले फ्रेन्च ओपन तयारीका लागि रोम र म्याड्रिड ओपनमा निम्तो पाएकी छिन् ।
छनोट खेल्नुपर्ने
फ्रेन्च टेनिस संघले वाइल्ड कार्ड प्रदान गरे सारापोभाले फ्रेन्च ओपनमा सहभागी हुन छनोट खेल खेल्नुपर्छ । अहिले सारापोभाले कुनै एटिपी वरीयता पाएकी छैनन् । ग्रान्डस्लाम प्रतियोगितामा वरीतया नभएका खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागी गराउने चलन छ । संघका पदाधिकारी राजी भए सारापोभाले फ्रेन्च ओपन सुरु हुनु एक साताअघि वाइल्ड कार्ड पाउनेछिन् । ‘यसपटक फ्रेन्च ओपनमा दुई स्टार खेलाडी नहुँदा खल्लो हुनेछ,’ फ्रेन्च टेनिस संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी सारापोभालाई खेलाउन चाहन्छौँ ।’
वोज्नियाकीको विरोध
गत वर्ष सारापोभाले डब्लुटिए टेनिस प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । त्यसवेला पूर्व एक नम्बर खेलाडी कारोलिन वोज्नियाकीले सारापोभाको विरोध गरिन् । प्रतिबन्धमा रहेका खेलाडीलाई प्रतिस्पर्धा गराउँदा अन्य खेलाडी लज्जित हुनुपर्ने प्रतिक्रिया वोज्नियाकीले दिइन् । ‘कोर्टमा प्रतिबन्धित औषधि सेवन गरेकी खेलाडी रहँदा अन्य खेलाडी लज्जित भइरहेका छन्,’ वोज्नियाकीले भनेकी थिइन् ।

 

पूर्वविजेता सेरेना विलियम्स नखेल्ने भएपछि फ्रेन्च टेनिस महासंघले रसियन खेलाडी सारापोभालाई वाइल्ड कार्डमार्फत फ्रेन्च ओपनमा सहभागी गराउने योजना