इब्राहिमोभिकलाई फकाउँदै लस एन्जलस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

न्युयोर्क   |   बैशाख ०८, २०७४

अमेरिकी फुटलब क्लब लस एन्जलस म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिकलाई भिœयाउन योजनामा अगाडि बढेको छ । गत महिना एलए ग्यालेक्सीले इब्राहिमोभिक किन्न म्यानचेस्टरलाई मोटो रकम प्रस्ताव गरेको थियो । यसपटक स्विडिस स्ट्राइकरलाई लोनमा ल्याउने योजना लस एन्जलसको छ । साथै, म्यानचेस्टरलाई पाँच करोड पाउन्ड दिने पनि एन्जलसले जनाएको छ ।

प्रशिक्षक माउरिन्हो द्विविधामा
लगातार अमेरिकी क्लबले भेट्रान स्ट्राइकर इब्राहिमोभिकलाई मोटो रकम खर्चन तयार भएपछि म्यानचेस्टरका प्रशिक्षक जोसे माउरिन्हो द्विविधामा परेका छन् । यस सिजनमा म्यानचेस्टरका लागि इब्राहिमोभिकले २८ गोल गरेका छन् । माउरिन्हो भेट्रान्स खेलाडी बेच्दै नयाँ सिजनमा युवा प्रतिभाशाली खेलाडी भित्रयाउने योजनामा छन् । तर, इब्राहिमोभिकको फर्मका कारण तत्कालै उनलाई अन्यत्र नपठाउने पक्षमा माउरिन्हो रहेको ब्रिटिस मिडियाहरूले जनाएका छन् ।

आधा सिजन खेल्न अनुमति
लस एन्जलसले म्यानचेस्टरसमक्ष अर्को प्रस्ताव राखेको छ । यद्यपि, इब्राहिमोभिकलाई लोनमा ल्याउँदा उनले नयाँ सिजनको आधा समय म्यानचेस्टरबाट खेल्न सक्ने प्रस्ताव लस एन्जलसको छ । ‘हामी इब्राहिमोभिकलाई आधा सिजन म्यानचेस्टरबाटै खेलाउने पक्षमा छौँ, त्यसपछिका बाँकी सिजन हामीहरूसँग हुनुपर्छ,’ एन्जलसको विज्ञप्तिमा भनिएको छ । सन् २००९ र ०१० मा डेभिड बेकह्यामले लोनमा रहँदै एसी मिलानबाट प्रतिस्पर्धा गरेका थिए ।

इब्राहिमोभिक तयार
लस एन्जलसका मालिक टोम पेनले स्विडिस खेलाडी अमेरिकामा भविष्य बनाउन तयार भएको दाबी गरेका छन् । ‘हामीसँगको कुराकानीमा स्विडिस खेलाडी अमेरिका आउन तयार छन्,’ टोमले भने, ‘इब्राहिमोभिकजस्ता स्टार खेलाडी अमेरिका आउँदा यहाँको लिगको स्तर नै माथि पुग्नेछ ।’ बेकह्याम, स्टेफन जेरार्डपछि ठूला स्टारका रूपमा इब्राहिमोभिक ल्याउन नजिक पुगेको उनको भनाइ छ ।