हवाई सेवा उद्योगमा ओभरबुकिङ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने उपकरण वितरण सुरु गरेको छ । देशभर रहेका १५ वेड क्षमताका १ सय २० प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकलाई उपचारमा आवश्यक पर्ने उपकरण वितरण…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०८, २०७४
स्टेफन मिह्म

ओभरबुकिङको यो समस्या हवाई उड्ययन क्षेत्रमा नयाँ भने होइन । यो हवाई सेवाजति नै पुरानो समस्या हो । हवाई सेवा सुरु भएको त्यति धेरै समय पनि भएको छैन । हवाई सेवाको विस्तार भने सन् १९४० को दशकको अन्त्यतिर भएको हो । सुरुका दिनमा हवाई सेवा प्रदायकले ‘नो सो’ समस्याको पनि सामना गर्नुपरेको थियो । नो सो भन्नाले यात्रुले टिकट बुक गर्नु, तर आवश्यक कागजात अभावमा वा अन्य कुनै कारणले यात्रुले यात्रा नगर्ने अवस्था हो । हवाई उड्ययन क्षेत्रमा यो समस्या निकै संवेदनशील समस्या हो । यसकारण कतिपय विमानले केही सिट खाली वा केही विमानले आधा मात्र यात्रु बोकेर पनि यात्रा तय गर्नुपर्ने अवस्था थियो ।

सकिने अवस्था थिएन । टिकट बिक्रीको स्पष्ट तथ्यांक नहुने भएकाले धेरै बिक्री हुन थाल्यो । बिक्रीको तथ्यांक हेर्नुभन्दा बरु सीधै टिकट बिक्री गर्न सजिलो हुने हुँदा यसै गर्न थालियो । तर, यसले गर्दा धेरैपटक गल्ती हुने गथ्र्याे ।
वायुसेवा प्रदायक कम्पनीले ओभरबुकिङ त्यति ठूलो समस्या होइन भन्ने कुरा महसुस गरिहाले । प्रत्येक उडानमा नो सोको समस्या साझा थियो । ओभरबुकिङ पैसा कमाउने सजिलो रणनीति हो भन्ने कुरा महसुस गर्न नियामक निकायलाई पनि लामो समय लागेन ।

कुनै पनि सेवा प्रदायकले नवीन प्रविधि प्रयोग गरी ओभरबुकिङ समस्या समाधान गर्ने जिम्मेवारी कहिल्यै पूरा गरेनन् । वास्तवमा वायुसेवा प्रदायकले लगातार हुने ओभरबुकिङको समस्या समाधान गर्न वर्षौंसम्म पनि वास्ता गरेनन् । सन् १९५० देखि ओभरबुकिङको समस्या समाधान गर्ने अभ्यास सबैतिर हुन थाल्यो । यसकारण ओभरबुकिङको समस्या समाधान नगरेका कम्पनीमा पनि यात्रुले गुनासो गर्न थालेको पाइन्छ ।

सन् १९५३ को डिसेम्बरमा एउटा घटना सार्वजनिक भयो । न्युयोर्कका एक व्यापारी जहाजमा आभरबुकिङ भएका कारण यात्रा गर्न नपाउने भए । यसको विरोधस्वरूप उनले विमानको रनवेमा जहाजको अगाडिको चक्कामा बसेर विरोध गरे । उनले विरोध गरेका वेला विमानस्थलका सुरक्षाकर्मी पनि उपस्थित थिएनन् । केही वर्षपछि अमेरिकी छापा सञ्चार संस्था ‘द न्युयोर्क टाइम्स’ले ओभरबुकिङको समस्याबारे लेखेको थियो । पत्रिकाले ती व्यापारीले ‘अन्य सयौँ यात्रुलाई गरूँ–गरूँ लाग्ने खालको विरोध गरेको’ उल्लेख गरेको थियो ।

ओभरबुकिङको समस्या समाधान गर्ने प्रयास जारी रह्यो । अमेरिकी संसद्को तल्लो सदन कंग्रेसका सदस्य वा विधायकले यात्रुलाई वास्तवमा फरक महसुस हुने गरी काम गर्न दबाब दिन छाडेनन् । सन् १९५६ को जुन महिनामा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी उत्तरीपूर्वी राज्य मेइनका सिनेटर मार्गेरेट चेस स्मिथले ‘न्यूनतम मानवीय व्यवहार’ पनि नभएको भन्दै वायुसेवा प्रदायक कम्पनीको आलोचना गरेका थिए । यसको एक महिनापछि तत्कालीन अमेरिकी यातायात सेवा नियामक संस्था सिभिलियन एरोनेटिक्स बोर्ड–क्याब (फेडेरल एभिएसन एजेन्सी र नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डभन्दा पहिलेको संस्था, हालका यी दुवै संस्थाको काम सो संस्थाले गर्दै आएको थियो) ले प्रमुख वायुसेवा प्रदायक कम्पनीलाई पत्र काटी ओभरबुकिङको समस्या व्यवस्थापन गर्न चेतावनी दिएको थियो ।

क्याबको यो चेतावनीपछि छोटै समयसम्म भए पनि ओभरबुकिङका धेरै समस्या समाधान हुन पुगे । तर, केही महिनापछि पुनः समस्या बल्झिहाल्यो । क्याबले हाल अमेरिकी वायुसेवा प्रदायक कम्पनी पान अमेरिकन वल्र्ड एयरवेज (पान आम)मा रूपान्तरित भएको तत्कालीन नेसनल कम्पनी र इस्टर्न (सन् १९९१ मा टाट पल्टिएको कम्पनी जुन राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म पनि बाँकी सामग्री बिक्री अनुमति दिएका छैनन्)लाई विशेषगरी दबाबमूलक चेतावनी दिएको थियो । क्याबले ओभरबुकिङका साथै यात्रुलाई दिने सास्तीको गैरकानुनी अभ्यास गरिएको भन्दै यी दुवै कम्पनीलाई जरिवाना पनि गरेको थियो । (यस्तो किन पनि गरिएको थियो भने ओभरबुकिङको सास्ती खेपेका यात्रुले अन्य यात्रुको तुलनामा बढी दलाली गर्ने हुनाले क्याबले विभेदपूर्ण नीतिमा बन्देज लगाएको हो ।)


वायुसेवा प्रदायक कम्पनीले क्याबका निर्णयमाथि संघर्ष जारी राखिरहे वा ओभरबुकिङको समस्या समाधानमा केन्द्रित भएनन् । उनीहरूले ओभरबुकिङको समस्या नीतिगत रूपमा वा चाहेर भएको नभई इमानदारीपूर्वक काम गर्दागर्दै भुलवश हुने गरेको दाबी गर्न छाडेनन् । यो कुरालाई विनम्रतापूर्वक क्याबसमक्ष पेस गर्नु असम्भवप्रायः नै थियो । सन् १९६० तिर अमेरिकी वायुसेवा प्रदायक कम्पनी ‘अमेरिकन एयरलाइन्स’का व्यवस्थापक रहेका मार्भिन रोथस्टेनले निकैपछि के बताएका थिए भने कम्पनीका टिकट रिजर्भेसन निर्देशकले उनलाई दिएको जानकारीअनुसार ‘जबसम्म नियामक निकायले ओभरबुकिङलाई जायज मान्दछ, तबसम्म ओभरबुकिङको अभ्यास सबैतिर (सबै कम्पनीमा) जारी रहन्छ’ । केही समयको अन्तरालपछि कम्पनीका माथिल्लो निकायले जानाजान ओभरबुकिङ गर्न छाडे पनि ती कम्पनीका तल्लो निकायले ओभरबुकिङ गर्न छाडेनन् ।

सन् १९६० कै दशकतिर ओभरबुकिङ समस्या समाधान गर्न एकपछि अर्को कठोर नीति लिइयो । सन् १९६१ मा यात्रुको ‘नो सो’ देखाउने सेवा प्रदायकलाई जरिवाना गर्ने नीति लिइयो । तर, यो नीति पनि दुई वर्षपछि पुनः फिर्ता लिइयो । भ्रामक प्रचारप्रसार गर्ने तत्कालीन अमेरिकी वायुसेवा कम्पनीको अर्को समस्या पनि रहेको थियो । समस्याका अध्ययन गरी नियमन गर्न क्याबले नीति नै लिएको थियो । उसले ओभरबुकिङ नियमनमा आउने अपेक्षा पनि गरेकोे थियो । तर, यो नीतिले पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेन, बरु ओभरबुकिङलाई सहजीकरण ग¥यो । सन् १९६७ मा क्याबले प्रतिवेदन सार्वजनिक गरी ‘ओभर बुकिङलाई सतर्कतापूर्वक नियमन गरिएकाले सेवा प्रदायकको खाली सिट घट्ने र यात्रुलाई पनि सहज हुने गरेको’ उल्लेख गरेको थियो ।

क्याबले ‘सतर्कतापूर्वक नियमन गरिएको’ भन्ने कुरा परिभाषित गरेन, तर यसले ओभरबुकिङका कारण उडान हुन नसकेका यात्रुको सम्पूर्ण पैसा फिर्ता गर्न निर्देशन दिएको थियो । यो नीति सर्वमान्य भएको पाइन्छ । धेरै समस्या समाधान पनि भए । तर, तिनीहरूले पाएको समस्याले गर्दा सक्कली टिकट किन्ने पैसाभन्दा पनि बढी क्षतिपूर्ति दाबी गर्ने यात्रु भने सफल हुन सकेनन् ।

ओभरबुकिङको मुद्दामा प्रवेश गर्ने सबैभन्दा पहिलो अर्थशास्त्री जुलिआन सिमोन हुन् । छोटो तर बोल्ड लेख ‘एन अल्मस्ट प्राक्टिकल सोलुसन टु एयरलाइन ओभरबुकिङ’ वा ओभरबुकिङ समाधान गर्ने व्यावहारिक उपाय शीर्षकमा सन् १९७७ मा बौद्धिक पत्रिकामा प्रकाशित भएको सो लेखमा सिमोनले निकै उपयुक्त हुने समाधानका उपाय प्रस्तुत गरेका छन् । उनको प्रस्ताव ‘यदि टिकट भएको दिनमा यात्रा तय हुन नसके यात्रुले क्षतिपूर्तिस्वरूप के लिन चाहन्छन् भन्ने कुरा उल्लेख गरी वायुसेवा प्रदायकले टिकट बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गर्नुपर्ने’ भन्ने रहेको थियो । यसमा सबैभन्दा कम रकममा टिकट लिन चाहेका यात्रुलाई टिकट उपलब्ध नगराउने र यसको सट्टा उसको रकम फिर्ता गर्ने कुरा उल्लेख गरिएको थियो । यसो गर्दा टिकट लिने सबैले निर्धारित समयमा उडान गर्न पाउने उल्लेख गरिएको थियो । यो व्यवस्था लागू गर्दा ‘सबैलाई फाइदा हुने र कसैलाई पनि घाटा नहुने’ कुरा सिमोनले उल्लेख गरेका थिए ।
सिमोनले आफ्नो लेखलाई संवेदनशीलतापूर्वक लिइने अपेक्षा गरेका थिएनन् । यो एकदमै हलुका लेख थियो । बरु सबै वायुसेवा प्रदायकले उनको प्रस्ताव ठाडै अस्वीकार गर्लान् भन्ने उनले सोचेका थिए किनभने सो लेखमा कुनै संवेदनशील र औचित्यपूर्ण प्रस्ताव नै थिएन । आफ्नो लेखको असर ‘रिटेलमा टिकट विक्रेताभन्दा आधिकारिक विक्रेतालाई बढी प्रभाव पा¥यो’ उनले लेखेका छन् ।

तर, सेवा प्रदायकले बुझेकोभन्दा सिमोनले अलि फरक कुरा बताउन चाहेका थिए होला । त्यसपछिका केही वर्षमा वायुसेवा प्रदायकले बिस्तारै निश्चित मूल्य तोकी टिकट बिक्री गर्न वास्तवमै सिलबन्दी आह्वान गर्न थाले । यदि यो नीतिले यात्रुले टिकट नपाए उल्लिखित टिकटदरभन्दा पनि बढीमा टिकटको सिलबन्दी प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको थियो । पछिल्ला वर्षमा केही वायुसेवा प्रदायक कम्पनी अझ अगाडि बढेका देखिन्छन् । ती कम्पनीले यदि टिकट अर्को मानिसलाई बिक्री गर्न चाहे त्यसको सट्टा कति रकम लिन चाहेको भन्ने कुरासमेत पनि खुलाएर सिलबन्दी गर्न थालेको पाइएको छ । दुर्भाग्यवश, यात्रुले कति पैसा तिर्नु उपयुक्त हुन्छ भन्ने स्पष्ट नभएका पुराना नियामक नीतिका कारण सिलबन्दी प्रणाली पनि त्यति सफल हुन सकेन । टिकटको वास्तविक मूल्यभन्दा आज हामी करिब ४०० प्रतिशत बढी मूल्य तिर्र्ने अवस्थामा पुगेको देखिएको छ ।

वायुसेवासम्बन्धी नियामक संस्थाले यस क्षेत्रका समस्या समाधान गर्ने हो भने इतिहासका समस्या पनि राम्ररी केलाउनुपर्ने र सिमोनको प्रस्ताव पूर्ण रूपमा लागू गर्नुपर्ने देखिन्छ । अर्को शब्दमा भन्ने हो भने वायुसेवा प्रदायकलाई क्षमताभन्दा बढी टिकट बिक्री गर्न अनुमति दिइनुपर्छ । तर, यदि ती कम्पनीले यात्रुको संख्या कटौती गनुप¥यो भने यात्रुले कसैको दबाबविना आफूखुसी रद्द गर्न चाहे मात्र टिकट रद्द गर्ने व्यवस्था लागू गर्नुपर्छ । टिकट फिर्ता लिएबापत उनीहरूलाई सिलबन्दीमा उल्लेख गरेको रकम फिर्ता दिइनुपर्छ । वायुसेवामा ओभरबुकिङको समस्या आउन थालेको सत्तरी वर्ष भइसकेको छ । यात्रुले उल्लेख गरेको मूल्य उच्च भएमा वायुसेवा प्रदायक कम्पनीले ओभरबुकिङको समस्या समाधान गर्न चासो देलान् कि ?