रेल यातायातको विकास र आर्थिक समृद्धि - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०८, २०७४
आशिष गजुरेल
यातायात तथा ट्राफिक इन्जिनियर

नेपालमा रेल यातायात सुरु भएको झन्डै एक शताब्दी पुग्न लागेको छ । नेपाल सरकारले स्थापना गरेको नेपाल गभर्मेन्ट रेल्वे कम्पनीले पहिलोपटक सन् १९२७ (९० वर्षअघि)मा रक्सौल–अमलेखगन्ज रेल सञ्चालन गरेको थियो । रेल सन् १९६५ सम्म सञ्चालन भएको थियो । त्यसको लम्बाइ ४७ किलोमिटर थियो । त्यसभन्दा पछि जनकपुर–जयनगर रेल्वे सेवा केही वर्षअघिसम्म पनि सञ्चालनमा थियो । अहिले त्यो मर्मतको चरणमा छ । रेल यातायातका फाइदा र अर्थतन्त्रलाई अघि बढाउन सकिने सम्भावना भए पनि त्यसको विकास हुन सकिरहेको छैन । अहिले सरकारले रेल विभाग नै गठन गरेर रेल यातायातलाई प्राथमिकता दिन थालेको छ । तर, नेपालमा रेल यातायात विकास गर्न ठूलो चुनौती रहे पनि अवसर पनि पर्याप्त रहेको यातायात तथा ट्राफिक इन्जिनियर तथा परामर्शदाता आशिष गजुरेलको भनाइ छ । गजुरेलले नेपालमा रेल यातायातका विविध पक्ष यसरी बताए :

विकसित देशमा रेल यातायात

रेल यातायात देश विकासको महत्वपूर्ण आधार (पूर्वाधार) बन्दै गएको छ । यसले आर्थिक विकासमा पु¥याउने योगदान ऐतिहासिक उदाहरणबाट पनि स्पष्ट हुन्छ । बेलायतको औद्योगीकरणमा मुख्यगरी रेलको विकासले महत्वपूर्ण भूमिका खेलेको थियो । भारत र चीन अहिले संसारभरकै सबैभन्दा गतिशील अर्थतन्त्र रहेका देश हुन् । यी दुवै देश नेपालका छिमेकीसमेत हुन् । यी दुई देशमा जसरी रेल सञ्जाल (नेटवर्क)को वृद्धि भइरहेको छ, त्यहीअनुरूप त्यहाँको आर्थिक अवस्थामा पनि सुधार हुँदै गएको देखिन्छ । चीन र भारतको आर्थिक गतिविधिलाई गतिशील बनाउन रेल सञ्जालले सहयोग पुर्‍याएको छ नै, देश विकासमा समेत अपूर्व सहयोग गरिरहेको छ । अमेरिकामा रेल प्रणाली २ लाख ५० हजार किलोमिटर रहेको छ । यो संसारकै ठूलोभन्दा ठूलो रेल्वे प्रणाली हो । त्यस्तै, रुसमा ८५ हजार, क्यानडामा ४८ हजार किलोमिटर रेल प्रणाली सञ्चालनमा रहेको छ । छिमेकी भारतमा रेलमार्गको कुल लम्बाइ ६८ हजार किलोमिटर छ । उत्तरी छिमेकी चीनमा १ लाख किमि रेल यातायात रहेको छ । यी उदाहरणले पनि विकसित देशको विकासको कारणमध्ये एउटा रेल सञ्जाल हो भन्न सकिन्छ ।

नेपालमा रेल योजना

नेपालमा रेल विकास गर्नुपर्छ भन्ने धारणा पछिल्लो समय प्रबल बन्दै गएको छ । अहिले पूर्व–पश्चिम विद्युतीय रेल, पूर्व–पश्चिम रेल, काठमाडौं मेट्रो रेल, काठमाडौं–पोखरा रेलका सम्भाव्यता अध्ययन पूरा भइसकेका छन् । त्यस्तै, चीनको केरुङ हुँदै राजधानी काठमाडौँसम्म  निकट भविष्यमा रेलमार्ग निर्माण गर्ने अवधारणाअनुसार आवश्यक अध्ययन गरिने विषय नेपाल र चीनबीचको दुईपक्षीय भेटघाट र भ्रमणमा उठ्ने गरेको छ । केही प्रारम्भिक अध्ययनलाई सुरु गर्ने तयारी पनि भइरहेको छ । काठमाडौं महानगरपालिकाले मोनोरेलको अध्ययन गर्न निजी क्षेत्रलाई अनुमतिसमेत दिइसकेको छ । त्यस्तै, पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास–लालबन्दी खण्डमा निर्माण सुरु भएको छ ।

रेल यातायातका फाइदा

रेलमार्गको विकासले आवतजावतका साथै मालसमान सुरक्षित ल्याउन–लैजान पनि सस्तो पर्छ । यसबाहेक छोटो समय र कम लागतमा सम्भव बनाउँछ । रेल सडकभन्दा भरपर्दो तथा सुरक्षित माध्यम मानिन्छ । अन्य यातायातका प्रकार (मोड) तुलनात्मक रूपमा बढी दुर्घटना हुने विश्वव्यापी ट्रेन्डले देखाएको छ । रेल दुर्घटनामा पर्ने सम्भावना न्यून हुन्छ । त्यस्तै, रेल विकासले देशको व्यापार, उद्योग र वाणिज्य विकासमा महत्वपूर्ण सहयोग पु¥याउ“छ । समग्रमा रेल यातायातले देशको औद्योगीकरण प्रक्रियामा मद्दत पुर्‍याउँछ । रोजगारी अवसर सिर्जना गर्छ । रेलको क्षमता अत्यन्तै ठूलो हुन्छ भने सजिलै थप्न पनि सकिन्छ । कतिपय सडक यातायातमार्फत ओसारपसार गर्न नसकिने भारी सामान लामो दूरीसम्म लैजान र ल्याउन पनि रेल यातायात विश्वसनीय मानिन्छ ।

रेलमार्ग विकास गर्नु एकदमै जटिल कार्य हो । नेपालसँग यसबारे पर्याप्त अनुभव छैन । रेलको प्रविधि जटिल हो । त्यसैले कम्तीमा पनि सुरुवाती केही योजनामा रेल यातायातको विकासमा विदेशी तथा स्वदेशी जनशक्ति प्रयोग गर्नुपर्छ । यसले रेल परियोजना विकास कसरी गर्ने भनेर अनुभव पनि दिन्छ । आत्मविश्वास पनि बढाउँछ । त्यस्तै, रेल विकासको छुट्टै परियोजना कार्यालय खोल्न आवश्यक हुन्छ ।

कसरी विकास गर्ने रेलमार्ग ?

रेल यातायातको विकासका लागि नेपालमा रेल विभागले काम गरिरहेको छ । रेलसम्बन्धी सम्पूर्ण काम गर्ने निकायको रूपमा विभाग रहे पनि नेपालसँग पर्याप्त रेल विकासको अनुभव छैन । नेपालमा अहिलेसम्म जम्मा ५३ किलोमिटर रेलमार्ग रहेको छ । आगामी दिनमा यसलाई वृद्धि गर्नु अत्यावश्यक भइसकेको छ । रेलमार्ग निर्माणका लागि चीन, भारत र मलेसियालगायत मुलुकबाट विभिन्न समयमा लगानी चासो आउने गरेको छ । जुन विषय आफैँमा सकारात्मक हो । नेपालको आर्थिक अवस्था कमजोर रहेकाले पनि अनुभवी देशको सहयोग र लगानीमा रेल यातायातको विकास गर्न सकिन्छ । अहिलेको आवश्यकता भनेको छिमेकी देशसँग रेल सञ्जाल स्थापित गर्नु रहेको छ । त्यसका लागि भारत र चीन जोड्ने रेलको सञ्जाल विस्तार गर्ने स्पष्ट योजना बनाएर कार्यान्वयनमा लानुपर्ने देखिन्छ । त्यस्तै, देशभित्रको आवश्यकता पूरा गर्न पनि पूर्व–पश्चिम, उत्तर–दक्षिण तथा ठूला सहरमा रेल यातायात विकास गर्नुपर्ने आवश्यकता छ ।

काठमाडौं उपत्यकामा मेट्रो रेल

काठमाडौं उपत्यकाजस्तो करिब ५० लाख जनसंख्या भएको सहरमा मेट्रो रेल आवश्यक हुन्छ । यो विश्वव्यापी रूपमै प्रचलित छ । यो किन पनि आवश्यक छ भने अहिले उपत्यकामा सडक व्यवस्थापन ठूलो समस्या बनिरहेको छ । यसकारण सडक व्यवस्थापनका लागि मेट्रो रेलको विकास आवश्यक भइसकेको छ । काठमाडौं उपत्यकामा १० लाख सवारीसाधन छन्, जुन धेरै हो । यति मात्र होइन, हरेक वर्षजसो निजी सवारीसाधन थपिने क्रम पनि बढिरहेको छ । उदाहरणका लागि काठमाडौंमा यो वर्ष निजी सवारीसाधन अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले वृद्धि भएको देखिएको छ । रेलको विकासमा लागिएन भने अझ बढ्दै जाने निश्चित छ । यसकारण पनि उपत्यकामा रेल विकास गर्नुपर्ने आवश्यकता देखिएको हो ।

चुस्त सुरक्षा र दुर्घटनामा कमी

नेपाल संसारमा धेरै सडक दुर्घटना हुने देशमध्ये पर्छ । यहाँ रेलमार्गको विकास गर्न सकियो भने सुरक्षा पनि रामो हुन्छ । किनकि, यसलाई सडकको तुलनामा बढी विश्वसनीय मानिन्छ । त्यस्तै, तोकिएको समयमा यात्रा गर्ने परिपाटी विकास हुन्छ ।

अहिले पूर्व–पश्चिम विद्युतीय रेल, पूर्व–पश्चिम रेल, काठमाडौं मेट्रो रेल, काठमाडौं–पोखरा रेलका सम्भाव्यता अध्ययन पूरा भइसकेका छन् । त्यस्तै, चीनको केरुङ हुँदै राजधानी काठमाडौंसम्म  निकट भविष्यमा रेलमार्ग निर्माण गर्ने  अवधारणाअनुसार आवश्यक अध्ययन गरिने विषय नेपाल र चीनबीचको दुईपक्षीय भेटघाट र भ्रमणमा उठ्ने गरेको छ । त्यस्तै, पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास–लालबन्दी खण्डमा निर्माण सुरु भएको छ ।

सञ्चालन र व्यवस्थापनमा पिपिपी मोडल

अहिलेसम्म रेलमार्ग विकास गर्न जति अध्ययन गरिएको छ, त्यसको निर्माणमा लाग्न जरुरी भइसकेको छ । रेलको विकास सरकार आफैँले गर्नु उत्तम हुन्छ । रेल परियोजना सार्वजनिक–निजी साझेदारी (पिपिपी) मा सफल भएका उदाहरण धेरै छैनन् । त्यसको विकल्पमा सरकारले रेलमार्ग निर्माण गर्ने त्यसपछि सञ्चालन र व्यवस्थापन भने सार्वजनिक–निजी साझेदारीमा गर्न सकिन्छ । उदाहरणका लागि दिल्ली मेट्रोलाई लिन सकिन्छ । यो परियोजना कर्पोरेसन बनाएर विकास गरिएको हो । यसका लागि छुट्टै मेट्रो ऐन कार्यान्वयनमा ल्याइएको थियो । नेपालले पनि यही अवधारणाबाट रेल यातायात विकास गर्न सक्छ ।

विदेशी सहयोग, जनशक्ति र प्रविधि

नेपालले रेल यातायातको विकास गर्ने हो भने विदेशी सहयोग लिन जरुरी हुन्छ । त्यो सहयोग, आर्थिक हुन सक्छ, प्राविधिक हुन सक्छ वा अन्य अनुभव पनि हुन सक्छ । रेलमार्ग विकास गर्नु एकदमै जटिल कार्य हो । नेपालस“ग यसबारे पर्याप्त अनुभव छैन । रेलको प्रविधि जटिल प्रविधि हो । त्यसैले कम्तीमा पनि सुरुवाती केही योजनामा रेल यातायातको विकासमा विदेशी तथा स्वदेशी जनशक्ति प्रयोग गर्नुपर्छ । यसले रेल परियोजना विकास कसरी गर्ने भनेर अनुभव पनि दिन्छ । आत्मविश्वास पनि बढाउँछ । त्यस्तै, रेल विकासको छुट्टै परियोजना कार्यालय खोल्न आवश्यक हुन्छ । त्यसमा दक्ष जनशक्तिले स्वतन्त्र रूपले काम गर्न पाउँछ ।

अर्थतन्त्रको विकास र रेल निर्माणका चुनौती

रेल यातायातको विकास गर्न सकेमा त्यसले समग्र अर्थतन्त्र उकास्ने काम गर्नेछ । रेल यातायातको विकासले मानिसको आवतजावत सहज हुने मात्र नभई सुरक्षित पनि हुनेछ । रेलको विकासले सिर्जना गर्ने रोजगारीले ठूलो महत्व राख्छ । उपभोग र खपत वृद्धि हुनेछ भने अर्थतन्त्रलाई चलायमान बनाउनेछ । नेपाल चीन र भारतको बीचमा पर्ने हुनाले जति पनि आयात–निर्यात यी दुई देशसँग नै हुन्छ । यी देशसँग राम्रो यातायात सञ्जाल भयो भने हाम्रो निर्यात बढ्छ र व्यापार घाटा घट्छ । नया“ बजारको सम्भावना बढ्नेछ । आयात मूल्य घट्छ र समयमै ठाउँमा सामान पुग्छ ।
अहिलेलाई रेल निर्माण नै नेपालको मुख्य चुनौती हो । नेपालसँग रेल बनाएको पर्याप्त अनुभव छैन भने नेपालको भू–भागमा डा“डाकाँडा बढी भएकाले निर्माण निकै चुनौतीपूर्ण पनि छ । रेल निर्माणको खर्च सडकको भन्दा धेरैगुना बढी लाग्छ । त्यसकारण बजेट जुटाउनु पनि चुनौतीका रूपमा रहेको छ । रेल सञ्चालनका लागि चाहिने विद्युत् पनि अर्को चुनौती हो । यस्ता कमजोरी हटाउन सरकारका तर्फबाट निश्चित पुँजी तथा दातृ निकायबाट सहुलियत ऋण लिन सकिन्छ । जनशक्तिको हकमा भने देशी तथा विदेशी प्रयोग गर्न सकिन्छ ।